
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १८ फागुन । हालै सम्पन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनबाट निर्वाचित स्वतन्त्र व्यावसायिक प्यानलको तर्फबाट निर्वाचित पदाधिकारी तथा सदस्यले निर्वाचतताका गरिएका प्रतिबद्धता पूरा गर्ने बताएका छन् । बिर्तामोडमा बिहीबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै निर्वाचनको दौरान प्यानलले जारी गरेको २९ बुँदे प्रतिबद्धता पूरा गर्न लागिपर्ने बताए । मतदान गरी व्यवसायीको पक्षमा काम गर्ने मौका दिएकोमा सरोकारवाला सबैलाई धन्यवाद दिँदै उनीहरुले व्यवसायीको हितविपरित कार्य नगर्ने उल्लेख गरे । प्यानलका तर्फबाट बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु) ले घरबहाल करको समस्या समाधान गर्न लागिपर्ने बताए । जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराईले व्यवसायीको हितमा काम गर्न लागिपर्ने बताए । कोषाध्यक्षमा युवराज निरौलाले बाणिज्य संघको आर्थिक पारदर्शीतालाई…
झापा, १८ फागुन । पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान सुरु भएको छ । दुई लेन’सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एसियन राजमार्गमा आजदेखि रुख कटान सुरु भएको ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले बताए । एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सितापुरीलाई पूर्वीखण्ड र सितापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । उनका अनुसार पूर्वी खण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेकाले काँकरभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका चार हजार ७२३ रुख आजदेखि काट्न थालिएको हो । उनले निर्माण ठेक्का पाएको कम्पनीले दुई महिनाभित्रमा काँकरभिट्टादेखि केर्खासम्मका रुख कटान गरिसक्नुपर्ने जानकारी दिए । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले आज बिहान धुलाबारीमा…
झापा, १७ फागुन । सहकारी संघ–संस्थामा देखिएका समस्या तथा समाधानका उपायहरु विषयक सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । झापाको भद्रपुरमा कोशी प्रदेश सहकारी रजिष्टार प्रशिक्षण कार्यालय इनरुवा, झापा जिल्ला सहकारी संघको संयुक्त आयोजना र जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा बिहीबार अन्तरक्रिया गरिएको हो । सहकारी रजिष्टार हरिबहादुर खत्रीको अध्यक्षतामा भएको अन्तरिक्रया कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्का रहेकी थिइन् । पछिल्लो समय केही समूह र व्यक्तिहरुका कारण सहकारी अभियान धरासायी बन्दै गएको उपस्थित सहकारीकर्मीहरुले बताए । उनीहरुले सहकारी संस्था तथा कर्मचारीमाथि दैनिकजसो हुने अराजक गतिविधि बन्द गर्न सरकारसमक्ष माग अघि सारेका छन् । वित्तीय संस्थामा आक्रमण गर्ने…
बिर्तामोड, १७ फागुन । झापामा आजदेखि दादुरा–रुबेला खोप अभियान शुरु भएको छ । कनकाई नगरपालिकास्थित आदर्श विद्या मन्दिर आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काले खोप अभियानको उद्घाटन गर्नुभयो । कनकाई नगरपालिकामा आजदेखि फागुन ३० गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ । कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा कार्यक्रम भएको थियो । स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले झापाका अन्य पालिकामा फागुन २० गतेदेखि ३० गतेसम्म अभियान सञ्चालन हुने बताउनुभयो । जिल्लाभरि भने चैत ४ गतेसम्म अभियान सञ्चालन हुनेछ । कनकाईमा ९ महिनादेखि १५ वर्ष मुनिका छ हजार ७ सय ५६ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने…
बिर्तामोड, १७ फागुन । झापाका मेचीनगर नगरपालिका–६ बाट प्रहरीले लागुऔषध ४७ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार राति इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी ढुण्डीराज गिरीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–१० कालिस्थान घर भई मेचीनगर–६ मा डेरा गरी बस्दै आएका २६ वर्षीय प्रकाश पौडेल, काठमाडौं महानगरपालिका–१६ का ३० वर्षीय इश्वर आधिकारी र अर्जुनधारा–१० का २२ वर्षीय पुजन तामाङ रहेका छन् । चेकजाँचका क्रममा उनीहरु साथबाट ब्राउनसुगर बरामद भएकाले तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय…
बिर्तामोड, १७ फागुन । अर्ना छैटौँ झापा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटनमा गायक महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिने भएका छन् । फागुन १९ गते दिउँसो १२ बजेदेखि हुने औपचारिक कार्यक्रममा महेश र अस्मिताले आफ्नो चर्चित गीत प्रस्तुत गर्ने छन् । उनीहरुको युगल गीत लज्जावती झार, जून टिपी दिउँकी गीत चर्चित छन् । त्यस्तै, महेशका गीतहरु नाच फिरिरी, माया बिरानी तथा अस्मिताका काले केटाले, बाबरी रङ, टाढा भए पनि गीत लोकप्रिय छन् । दर्शकलाई फुटबलसँगै सांगीतिक मनोरञ्जन दिने उद्देश्यले आयोजकले कलाकारद्वयलाई रंगशालामा उतार्ने भएको हो । त्यस्तै, धुलाबारीको इस्ट होराइजन माविका विद्यार्थीहरुले पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने…
झापा, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेशको इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । बुधबार बसेको स्थायी समितिको बैठकले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा साबित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको हो । गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीनानाथ शर्मा, सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्जमा स्थायी समिति सदस्य कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालिबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य बीना मगरलाई तोकिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकले…
झापा, १७ फागुन । अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्डकपलाई सात लाख रुपैयाँ दिएको छ । बुधबार गोल्ड कपको कार्यालयमा आयोजित संक्षिप्त समारोहकाबीच समाजले सात लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पोखरेलले गोल्डकपका अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेललाई चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले कोरोना संक्रमणदेखि अन्तर्राष्ट्रिय झापाली समाजसँग सहकार्य भएको उल्लेख गर्दै यसपटक समाजले गोल्डकपका लागि झन् महत्वपूर्ण सहयोग गरेको बताए । गोल्डकपको बिजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । झापा गोल्डकपको छैठौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने…
झापा, १७ फागुन । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। भोलि शुक्रबार भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा छुटफुट देखि हल्का वर्षाको…