
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २३ माघ । झापाको बुद्धशान्ति गाउँपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयले ६७ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले माघ २१ गतेदेखि २३ गतेसम्म विविध कार्यक्रमका साथ विद्यालयको वार्षिकोत्सव मनाइएको हो । २१ गते भएको वार्षिकोत्सव समारोहको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सदस्य तिलचन पाठकले गर्नुभएको थियो भने २३ गतेको समापन कार्यक्रमको प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं रहनुभएको थियो । अन्तरविद्यालय सामूहिक नृत्य प्रतियोगिताबाट शुरु भएको वार्षिकोत्सव समारोहको दोस्रो अभिभावकहरुको विभिन्न खेलकुद कार्यक्रम आयोजना गरिएको थियो भने सो दिनको प्रमुख आतिथ्य बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्लले गर्नुभएको थियो । वडाध्यक्ष स्वयम् विभिन्न खेलकुदहरुमा समेत सहभागी हुनुभएको थियो । शिक्षक…
झापा, २३ माघ । शिक्षासेवी तथा सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोषलाई ३ लाख ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ढुंगाना दम्पत्तिले आज उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरे । कोषमा सहयोग गर्ने दाताहरुमध्ये व्यक्तिगततर्फ ढुंगानाको सहयोग अंक सबैभन्दा बढी हो । ढुंगानाले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा कोषको ब्याजबाट उपचार खर्च दिने पत्रकार…
झापा, २३ माघ । झापाको शिवसताक्षी नगरपाालिका–४ मा निर्माण गरिएको ‘झापा इनर्जी लिमिलेड’को उद्घाटन भएको छ । कोशी प्रदेशमै सौर्य परियोजनामध्येको ठूलो परियोजनाका रुपमा रहेको झापा इनर्जीको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । झापा इनर्जी लिमिलेडले निर्माण गरेको १० मेगावाट क्षमताको ग्रीडमा जडित सौर्य विद्युत परियोजनाको हो । सौर्य ऊर्जा विद्युत परियोजना झापाको पहिलो विद्युत उत्पादन गृह हो । प्रतिनिधि सभा सदस्य एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको कुल लागत ८५ करोड रुपैंया रहेको छ । निर्माण सुरु भएको दुई वर्षमा यो परियोजना सम्पन्न भएको हो । परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर…
झापा, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तरमा सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मानव अधिकारसँग जोडिएका क्षेत्रमा लागनी अभिवृद्धि गरी जनताको जीवन स्तर उकास्न सरकार प्रतिबद्ध रहेको उनले बताए । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा लगानी विस्तार गरेर मानव अधिकार सुरक्षित सरकार निरन्तर लागि परेको बताए । सुशासन, पारदर्शीता, जवाफदेहिता, कानुनको शासनको जगमा मानव अधिकारमैत्री व्यवस्था सुनिश्चित गर्नु सरकारको प्राथमिकता भएको प्रधानमन्त्रीले स्पष्ट पारे । उनले मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई उच्च कदर गर्ने उद्देश्य साथ सरकारले मानव अधिकार पुरस्कार कोष स्थापना गर्ने निर्णय…
झापा, २३ माघ । कोशी प्रदेशको इलाम, धनकुटा र मोरङ जिल्लाका तिन छुट्टाछुट्टै स्थानबाट सोमवार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो फिदिम नगरपालिका–५ का ६२ वर्षीय यामबहादुर तुम्बापोलाई सूर्योदय नगरपालिका–२ बाट १०० ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । त्यसैगरी, धनकुटाको प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले सोमवार नै धनकुटा नगरपालिका–१ बाट धरान–१४ का २५ वर्षीय सुजन थापा र धरान–६ का २८ वर्षीय प्रज्वल थापालाई प्रतिबन्धित औषधी SPASMO २६० चक्की, TRAMOL २६० चक्की र SPASMO PROXMINO (+)…
बिर्तामोड, २३ भदौ । वीरता लेडी जेसीजले चर्चित भारतीय रियालिटी शो इन्डियन आइडलको गायन प्रतिस्पर्धाबाट बाहिरिएपछि स्वदेश फर्किएकी गायिका मेनुका पौडेललाई भव्य स्वागत गरेको छ । लेडी जेसीजको टोली काँकडभिट्टा पुगेर गायिका पौडेललाई स्वागत गरेको हो । गायिका पौडेललाई स्वागत गर्न वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीको नेतृत्वमा टोली काँकडभिट्टा पुगेको थियो । टोलीमा निवर्तमान अध्यक्ष संगीता गिरी, पूर्व अध्यक्ष सुष्मा पौडेल लगायत लेडी जेसीजका पदाधिकारीको सहभागिता रहेको थियो । स्वागत गर्दै अध्यक्ष ओलीले इन्डियन आइडलको प्रतिस्पर्धामा सशक्त भूमिका देखाएकी गायिका पौडेललाई संसारले चिन्ने अवसर प्राप्त गरेको बताउनुभयो । गायन प्रतिस्पर्धाकी धनी मेनुका स्वदेश फर्किए लगत्तै दर्जनौं सामाजिक संघसंस्थाले स्वागत…
झापा, २३ माघ । लागू औषध नियन्त्रण अभियानबाट पछिल्लो छ महिनामा मात्रै लागू औषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न ३ हजार ४५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये २ हजार ७५८ जना नेपाली पुरुष, १ सय ४४ जना नेपाली महिला, १ सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला रहेका छन् । यीमध्ये १ हजार ९६० मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, पोल्याण्ड र अन्य नियन्त्रित औषधि जस्ता लागू औषध सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेकाहरु छन् । उनीहरूबाट गाँजा ८ हजार ३२० केजी, चरेस ३ सय…
झापा, २३ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा निवासी बुढाथोकी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए । उनको उपचारको क्रममा सोमबार राति निधन भएको हो । नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमराज खरेलले उनको निधन भएको पुष्टि गरे । बिराट नर्सिङ होम बिराटनगरमा उनको उपचार भईरहेको थियो । उनी दुईपटक मन्त्री भएका थिए । उनी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए । ‘सेतो बाघ’ उपनामले समेत परिचित बुढाथोकी करिब चार बर्षदेखि प्रोष्टेट क्यान्सरसंग लडिरहेका थिए । लामो समय भारतमा उपचार गराएका बुढाथोकीलाई एकसाता अघिदेखि थप समस्या उत्पन्न भएपछि…
झापा, २३ माघ । प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती छिन्। केही अघिसम्म प्रहरी पोसाकबिनै उनी कार्यालय जान्थिन् । अहिले भने उनी बेग्लै पोसाकमा कार्यालय जान्छिन् । नेपाल प्रहरीले गर्भवती प्रहरीका लागि छुट्टै पोसाक व्यवस्था गरेपछि उनी जस्ता धेरै गर्भवती प्रहरी नयाँ बर्दीमा ठाँटिएर कार्यालय पुग्ने गरेका छन् । गर्भावस्था आफैँमा महिलाका लागि जटिल अवस्था हो । गर्भभित्र हुर्कंदै गरेको शिशुको सुरक्षा र कार्यालयको कामको जिम्मेवारी पूरा गर्न महिला प्रहरीका लागि तोकिएको प्रहरी पोसाक सर्ट र पाइन्ट बाधक थियो । पाइन्टमा बेल्ट लगाउनु शिशुका लागि ठिक हुँदैन । छालाको बुट कसेर बाँध्ने गर्दा गर्भावस्थामा खुट्टा सुनिने, हिँड्न गाह्रो…
बिर्तामोड, २२ माघ । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा वडादेखि केन्द्रसम्म एक्लै चुनाव लड्ने गरी मिहिनेत गरेर पार्टी संगठन बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । समुदायमा कांग्रेस अभियान अन्तर्गत आज झापा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो निर्देशन दिनुभएको हो । महाधिवेशनमा गुटगत राजनीति देखिनु स्वभाविक भएपनि त्यसको तिक्तता आम निर्वाचनमा पोखिदा समस्या उत्पन्न भएको बताउँदै नेता कोइरालाले बैचारिक गुटलाई पार्टी संगठन बलियो बनाउन लगाउनुपर्नेमा जोड दिनुभयो । अहिलेको निर्वाचन प्रणाली नै गठबन्धन नगरी सरकार बन्ने अवस्था नरहेको बताउँदै उहाँले आफू निर्वाचनपछिको गठबन्धनका पक्षमा रहेको धारणा राख्नुभयो । सहभागीहरुले…