झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मेचीनगर, २७ माघ । मेचीनगर–९ धुलाबारीमा सञ्चालित इजी केयर मन्टेश्वरी होमको नवौं वार्षिकोत्सव कार्यक्रम शनिबार सम्पन्न भएको छ । धुलाबारीस्थित टाउन हलमा आयोजित कार्यक्रममा साना नानीहरुले विभिन्न प्रकारका सांस्कृतिक प्रस्तुती दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव प्रसाईंको अध्यक्षता तथा शैक्षिक अभियन्ता तेजप्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभिभावक ईश्वर घिमिरे, दिवस भण्डारी, सुभाष श्रेष्ठले मन्तव्य राखेका थिए । सोही अवसरमा विद्यालयमा रहेका सम्पूर्ण शिक्षकहरुलाई सम्मान गरिएको थियो । ‘शिक्षासँगै सिकाउँदैछौं संस्कार हामी’ भन्ने नाराका साथ उक्त विद्यालय धुलाबारी बजारमा सञ्चालित छ । विद्यालयमा हाल १८० भन्दा बढी नानीहरुलाई असल संस्कारसँगै शिक्षा प्रदान गरिँदै आएको सञ्चालक मातृका ओडारीले बताए…

Read More

धुलाबारी, २७ माघ । झापाको मेचीनगर–१० स्थित हिमालयन इङ्लिस एकाडेमी सेकेन्डरी स्कूलले शनिबार भव्य कार्यक्रमकाबीच वर्ष उत्कृष्ट शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले वर्ष उत्कृष्ट शिक्षकको रुपमा प्रनिसा गुरुङलाई सम्मान गरेको छ । उनलाई ५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी, उत्कृष्ट अभिभावक सम्मान सुजता थापालाई प्रदान गरेको छ । विद्यालयले वर्ष उत्कृष्ट विद्यार्थी सम्मान कक्षा १ की प्रन्जिला सिवाकोटीलाई प्रदान गरेको छ । विद्यालयले आयोजना गरेको विद्यार्थीको क्षमता अभिबृद्धि कार्यक्रममा सो सम्मान तथा पुरस्कार प्रदान गरेको हो । यो सँगै विद्यालयले विभिन्न समयमा आयोजना गर्दै आएको आन्तरिक प्रतियोगितामा…

Read More

शिवसताक्षी, २७ माघ । झापाको शिवसताक्षीमा भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लालपानी माध्यमिक विद्यालयले जितेको छ । प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र १ कास्य पदक प्राप्त गर्दै लालपानी माध्यमिक विद्यालयले उपाधि जितेको हो । त्यस्तै, रनिङ शिल्ड प्रतियोगितामा झिलझिले माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गरेको छ । झिलझिलेमा माविले ७ स्वर्ण, २ रजत र ६ कास्य पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । त्यस्तैगरी, प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ३ कास्य पदकसहित सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालयले तेस्रो स्थान प्राप्त गरेको छ । विजेता हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरुलाई नगर उपप्रमुख…

Read More

झापा, २७ माघ । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित संगमचोकमा अन्तर्राष्ट्रिस्तरको अत्याधुनिक पेट्रोल पम्प सञ्चालन आउने भएको छ । कोशी ‘प्रदेशकै ठूलो’ र सुविधा सम्पन्न इन्द्रेणी पेट्रोल पम्प सञ्चालन आउने लागेको हो । झापाका दुई युवा व्यवसायी दिपक चापागाईं र जनक कार्कीको ११ करोड रुपैयाँको लगानीमा अत्याधुनिक एवम् सुविधा सम्पन्न पेट्रोल पम्प सञ्चालनमा आउन लागेको हो । पम्प निर्माणको करिब ९९ प्रतिशत काम सकिएको सञ्चालक चापागाईंले बताउनुभयो । स्वदेशै लगानी गरेर केही गर्नुपर्छ भन्ने सोचका साथ पम्प सञ्चालनमा ल्याउन लागिएको दुवै युवा व्यवासायी बताउनुहुन्छ । एसियन हाइवेसँग जोडिएको पम्प एक बिघा क्षेत्रफलमा निर्माण गरिएको छ । पम्पबाट एकै पटकमा आठ वटा…

Read More

बिर्तामोड, २७ माघ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आज २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मेघराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलालले गरेको कार्यक्रमको सञ्चालन सचिव पारसमणि मैनालीले गरेका थिए । संस्थाका अध्यक्ष बास्तोलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समस्या तथा सुनौतीहरु, भावी योजनाहरु प्रस्तुत गरेको थिए । अध्यक्षको प्रतिवेदन अनुसार हाल तीन वटा ओभरहेड टुयांकी, १५ वटा डिप बोरिङ, १० वटा फिल्टर प्लान्ट र नौ हजार उपभोक्ताहरु छन् । लामो समयदेखि जडान भएका डिप बोरिङबाट समस्या आउन सक्ने सम्भावनालाई…

Read More

धरान, २७ माघ । सुनसरीको धरान उपमहानगरपालिका–११ रिटिङ टोलबाट आज १ सय २४ किलो गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान–११ रिटिङ टोलका १९ वर्षीय मौसम राई र सोही वडा रेसुङ्गा चोकका २२ वर्षीय अभिषेक शेर्मा रहेका छन् । मौसम राईको घर अगाडि सडकमा पार्किङ गरी राखेको दुई वटा टेम्पोलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रदेश १–०२–००३ ह ३७४ नम्बरको टेम्पोबाट ३६ किलो गाँजा फेला पारी टेम्पोका चालक मौसमलाई र को १ ह ५०९८ नम्बरको टेम्पोबाट ८८ किलो गाँजा फेला पारी उक्त टेम्पोका चालक अभिषेकलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले…

Read More

झापा, २७ माघ । झापाको मेचीनगर नगरपालिकामा आज दुई वटा घरमा आगलागी भएको छ । मेचिनगर–१५ भिडि बस्ति स्थित लिलमुनि किस्कु र बडका मुर्मुको घरमा आगलागी भएको हो । आगलागीबाट लिलमुनि किस्कुको टीनको छाना बासको बेरा भएको घर, घरभित्र रहेको अन्नापात, कपडा, भाडा वर्तन, नगद आठ हजार पूर्ण रुपले जल्दा करिब २ लाख ३८ हजारको क्षति भएको छ । त्यस्तै, सोही स्थानका बडका मुर्मुको टीनको छाना बासको बेरा भएको घर, घरभित्र रहेको अन्नापात, कपडा, भाडा वर्तन गरी करिब १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो स्थानीयबासी, नेपाल प्रहरीको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा लिइएको…

Read More

झापा, २७ माघ । झापाको दमक नगरपालिका–१ स्थित देवान चोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । को १० प ९९३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दमक–१ भाङबारी बस्ने ६४ वर्षीय रामकुमार राईको शुक्रबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको दमक अस्पतालमा उपचार भइरहेको छ । यता, मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित सडकमा ना ४ ख ७०७४ नम्बरको ट्रकले प्र.१–०२–०५३ प ५५२८ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–१० बस्ने ५५ वर्षीय…

Read More

भद्रपुर, २७ माघ । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन भद्रपुर इकाई समितिको १७ औं वार्षिक सधारण सभा सम्पन्न गरिएको छ । इकाई समितिका अध्यक्ष लावण्यकुमार पोखरेल (लव) को अध्यक्षता तथा झापा जिल्ला अदालतका न्यायाधिस अशोककुमार बस्नेतको प्रमुख आतिथ्यमा उत्कृष्टलाई सम्मान गर्दै सभा सम्पन्न गरिएको हो । कार्यक्रमममा शतप्रतिशत लिखत पास गराउने उतकृष्ट व्यवसायी सम्मानबाट प्रकाश निरौला, जेष्ठ सदस्य सम्मानबाट हर्कमानसिंह राजवंशी, उत्कृष्ट सञ्चालक सदस्य सम्मानबाट सुगम सुवेदी र आजीवन सदस्यता सम्मानबाट पुरूषोत्तम अधिकारीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट सन्तति सम्मानबाट एस ई ई परीक्षा २०७९ मा उत्कृष्ट अंक ल्याउन सफल एलिसा घिमिरे, भूमिका घिमिरे, समता भण्डारी, पुकार चौहान र अनिश…

Read More

झापा, २७ माघ । आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा,…

Read More