झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

शिवसताक्षी, १६ माघ । किरात मुन्दुम अध्ययन केन्द्र नेपालको झापा जिल्ला अध्यक्षमा रमेशकुमार राई सर्वसम्मत चयन भएका छन् । शिवसताक्षीको दूधेमा भएको दोस्रो अधिवेशनले राईलाई सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा प्रेमदुमी राई, सह उपाध्यक्षमा कमला थुलुङ राई, सचिवमा आसिका राई, सह सचिवमा रामचन्द्र राई, कोषाध्यक्षमा सन्तोष राई, सह कोषाध्यक्षमा हरिचन्द्र राई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा गंगा चाम्लिङ, नरमाया लिम्बु राई, विनोद राई, बुद्धिराज राई, युवराज राई, टिका साम्पाङ, श्याम राई, कृष्ण राई, टंकमणी राई, देवकुमार राई, उत्तम राई, रचना राई, हरिकृष्ण राई, एन एस साम्पाङ रहेका छन् । कार्यक्रममा किरात मुन्दुम अध्ययन केन्द्र नेपालका अध्यक्ष जितेन…

Read More

लक्ष्मीपुर, १६ माघ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ पाण्डवपुरस्थित बागेश्वरी दुर्गा भगवती मन्दिरमा महापुराणको तयारी गरिएको छ । जीर्णद्वार मन्दिर पुनः निर्माणको उदेश्यसहित माघ १८ देखि २५ गतेसम्म समावेशी श्रीमद भागवत महापुराण धार्मिक महामहोत्सव आयोजना गर्न लागिएको आयोजक समितिले जानकारी दिएको हो । महाभारकालीन ऐतिहासिक स्थानका रुपमा रहेको पाण्डवपुरलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजनासहित धार्मिक महामहोत्सव आयोजनाको तयारी गरिएको मुल आयोजक समितिका संयोजक इन्द्रमणि पौडेलले जानकारी दिए । एक सय ५१ जना मुल आयोजक समिति रहेको र धार्मिक महामहोत्सव सम्पन्न गर्नका लागि चार वटा उपसमितिहरु निर्माण गरिएको मुल आयोजक समितिका सचिव देवराज बुढाथोकीले बताएका छन्…

Read More

झापा, १६ माघ । शहिद दिवसको अवसर पारेर नेपाली कांग्रेस झापाले जिल्लाका १० वटा प्रदेश निर्वाचन क्षेत्रका १० स्थानमा विभिन्न कार्यक्रम गर्नुका साथै आजैबाट समुदायमा कांग्रेस अभियानको समेत शुभारम्भ गरेको छ । बिर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका योद्धा सिके प्रसाईको योगदान विषयक विचार गोष्ठी सम्पन्न गरिएको छ । सिके चिन्तन प्रतिष्ठानका अध्यक्ष टिका प्रसाईको अध्यक्षता तथा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत उमा शिवाकोटी र सञ्चालन लक्ष्मीप्रसाद आचार्यले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि बस्नेत, विशेष अतिथि जलकुमार गुरुङ, रन्जिता कार्की, पुष्पलाल चौधरी, विष्णु खरेल, भोजराज सिटौला, बासु अधिकारी लगायतले आ आफ्नो धारणा राखेका…

Read More

भद्रपुर, १६ माघ । झापाको भद्रपुर–१० चन्द्रगढिमा रहेको विभुति विद्या मन्दिरले ३० औं अभिभावक दिवसको अवसरमा विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ । विद्यालय प्राङ्गणमा आज आयोजित कार्यक्रममा विद्यालयमा अध्यानरत खेलकुद लगायतका विभिन्न विधामा उत्कृष्ट ४ सय भन्दा बढी छात्रछात्रालाई मेडल, प्रमाणपत्र र शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो । यो वर्ष विद्यालयले दिपिका स्मृति पुरस्कारबाट कक्षा–९ मा उत्कृष्ट हुने २ जना छात्रा श्रेया भट्टराई र ईसा पाण्डेलाई नगद पुरस्कार प्रदान गरिएको विद्यालयका भाईस प्रिन्सिपल राजेश निरौलाले जानकारी दिनुभयो । व्यवस्थापन समितिका अध्यक्ष घनश्याम लम्सालको अध्यक्षतामा तथा…

Read More

झापा, १६ माघ । झापा बाह्रदर्शी गाउँपालिका–६ बलुवानीस्थित घरको आँगनमा सोही एरियामा मागी खाई हिँड्ने तेह्रथुम आठराई गाउँपालिका–४ घर भएका ५७ वर्षीय मचिन्द्र सुयल मगर सोमबार मृत अवस्थामा फेला परेका छन् । यता चितवनको माडी नगरपालिका–७ गौरीनगरस्थित सुपेन्द्र आचार्यको खेतमा सालनाल सहितको नवजात शिशुको शव फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

रेवतिराज घिमिरेभद्रपुर, १६ माघ । सहिद दिवसको सन्दर्भमा बन्दी विकास पुस्तकालय जिल्ला कारागार झापाले बृहत् सांस्कृतिक कार्यक्रम सहित पुस्तकालयको २७ औं वार्षिकोत्सव तथा २६ औं साधारणसभा सम्पन्न गरेको छ । कारागार प्राङ्गणमा मंगलबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशमा सुधार गृहको विस्तार गर्नु भन्दा बन्दी भएर कारागार आउनु पर्ने परिस्थितिको अन्त गर्नु पर्ने बताउनुभयो । उहाले बन्दिहरुले विगतको गल्तीको प्राश्चित गर्नु पर्नेमा जोड दिदै बन्दिहरुका समस्याहरु प्रति आफ्नो ध्यानाकर्षण भएकोले समस्याको समाधान गर्न आफु प्रतिबद्ध भएर लाग्ने बताउनु भयो । कार्यक्रममा बोल्दै कारगार प्रमुख मोहनलाल पनेरुले ७०० को क्षमता रहेको झापा कारागारमा हाल महिला पुरुष गरि…

Read More

झापा, १६ माघ । झापामा कटन क्यान्डीको बिक्री वितरणमा प्रतिवन्ध लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले जिल्लाका सबै स्थानीय तहहरूलाई पत्र पठाउँदै बालबालिका तथा आमउपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पु¥याउने कटन क्यान्डीको बिक्री वितरण कडाइका साथ रोक्न आग्रह गरेको छ । बजारमा बालबालिकालाई लक्षित गरी खुल्ला रुपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री वितरण भइरहेको कटन क्यान्डीको परीक्षण गर्दा अखाद्य रङ्ग पाइएकाले त्यसको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो । अनुमति लिएका, लेवल भएका बाहेकको कटन क्यान्डीको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउनका लागि आवश्यक अनुगमन र नियमन गरिदिन कार्यालयले आग्रह गरेको छ ।

Read More

झापा, १६ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताएका छन्। शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाल र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका शहीदहरूको आकाङ्क्षा साकार पार्न सबैले आ–आफ्नातर्फबाट इमान्दारीका साथ उल्लेखनीय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। ‘महान् शहीदहरूको बलिदानले नै संविधानमार्फत मुलुकले सर्वोत्कृष्ट शासन प्रणाली सङ्घीय लोकतान्त्रिक गणतन्त्र पाएको छ । संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य…

Read More

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन् । शहीद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले शहीदको योगदानलाई सम्मान गर्दै उनीहरूको योगदान र कृति चीरस्थायी तुल्याउने एवं शहीद परिवारको उचित सम्मान, संरक्षण र जीवनवृत्तिका निम्ति समर्पित हुने दिनका रूपमा शहीद दिवस रहिआएको बताए । उनले भने, “यही यथार्थलाई आत्मसात्…

Read More

झापा, १६ माघ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका सहिदप्रति सम्मान गर्दै आज देशभर सहिद दिवस मनाइँदै छ। प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न काल खण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै यो दिवस मनाइँदै आइएको छ। वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा…

Read More