झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गौरबको संस्कृति भएकोले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयोजना गरेको चौथो बर्जु माघी महोत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकोले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएको बताएका हुन् । ‘थारू संस्कृतिलाई गौरवपूर्ण बनाऔं र यसको अन्तर्राष्ट्रियकरण गरौं’, उनले भने, ‘थारू संस्कृति यो प्रदेशको ठूलो सम्पति हो, यसलाई मास्न दिनुहुँदैन ।’ थारू समुदायको घरको भित्तामा महिलाहरूले बनाउने चित्र सम्पति भएकोले त्यसलाई मासिन नहुने मुख्यमन्त्री कार्कीले आग्रह गरेका छन् । ‘थारू संस्कृति, समाजको कथा र व्यथा झल्किने भित्ता भएको घरलाई थारू होमस्टे बनाएर बाहिरबाटआएका मान्छेलाई…

Read More

बिर्तामोड, ९ माघ । भारतको अयोध्यामा सोमबार राम मन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियाली झापाको बिर्तामोडमा पनि देखिएको छ । प्राण प्रतिष्ठाको सुखद अवसरमा बिर्तामोड–५ स्थित कृषिथोकमा पनि विविध धार्मिक कार्यक्रम गरिएको हो । कृषिथोक बजार व्यवसायी परिवारले आयोजना गरेको कार्यक्रममा हिजो सोमबार बिहान कृषिथोक बजार हुँदै दुर्गा मन्दिर र पुःन पुजा स्थलसम्म पुजा आरती, दिनको १ बजे ३ बजे पश्चात अखण्ड भजन (अष्टजाम २४ घण्टा) साँझ पुजा आरती, दीप प्रज्वलन गंगा आरती, आज मङ्लबार पुजा आरती, प्रसाद ग्रहण, साँझ पुजा आरती, भजन सन्ध्या साँझ गरिरहेको आयोजक समितिका उप संयोजक दिपक शाहले जानकारी दिए । शाहका अनुसार भोली बुधबार बिहान ९…

Read More

बिर्तामोड, ९ माघ । झापा गोल्डकपको छैठौं संस्करण फागुन १९ गतेदेखि शुरु हुने भएको छ । झापा गोल्डकप आयोजक समितिले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएको छ । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बिर्तामोडको डोमालाल रंगशालामा फागुन १९ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । यो वर्ष झापा गोल्डकपको पुरस्कार राशी समेत बृद्धि भएको छ । विजेता टिमले यो पटक नगद रू १३ लाख र उपविजेताले नगद रू ७ लाख प्राप्त गर्नेछन् भने मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकलसमेत प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक…

Read More

बिर्तामोड, ९ माघ । झापाको अर्जुनधारा नगरपालिका–१० चुथाईमा अवस्थित जलकन्या देवी मन्दिरमा श्रीमद् भागवत महापुराण तथा धन धान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । मन्दिर परिसरमा माघ ११ गतेदेखि १८ गतेसम्म महायज्ञ हुने भएको हो । मन्दिरको भौतिक विकास र धार्मिक पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको आज मन्दिरको प्रांगणमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । मन्दिरलाई सबै धर्मको साझा आस्थाको केन्द्रविन्दुको रुपमा विकास गर्ने उद्देश्यले पाँचौं धार्मिक अनुष्ठानको रुपमा महायज्ञको आयोजना गर्न लागिएको पुराण आयोजक समितिका सचिव ओमप्रकाश भट्टराईले जानकारी दिनुभयो । परापूर्व कालदेखि स्थानीय आदिवासीहरुबाट देवीस्थानको रुपमा पूजाअर्चना हुँदै आएको उक्त मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा…

Read More

झापा, ९ माघ । बिर्तामोड नगरपालिका–७ मा दुई वर्षअघि निर्माण भएको सहिद नेत्र स्मृति उद्यान ९पार्क० सञ्चालनमा नआउँदै खण्डहर बनेको छ । स्थानीय समुदायले पार्क सञ्चालनको वातावरण बनाउन सरसफाइ अभियान सुरुआत गरेका छन् । आन्तरिक पर्यटक आकर्षित गर्ने जनाउँदै दुई वर्षअघि नै बिर्तामोड नगरपालिकाको योजनाअन्तर्गत पार्क निर्माण भएको थियो । कोरोना महामारीका कारण सञ्चालनमा कठिनाइ भएपछि हालसम्म पार्क अलपत्र नै रह्यो । सरकारको एक सय एक गन्तव्य सूचीमा सूचीकृत उक्त पार्क सञ्चालनमा ल्याउन सर्वपक्षीय अभियान सुरु गरिएको वडाध्यक्ष कृष्ण खरेलले बताए । पार्क बन्नुअघि त्यस स्थानमा भुटानी शरणार्थी शिविर रहेको थियो । शरणार्थी तेस्रो मुलुक पुनर्वास भएपछि उक्त स्थानलाई पर्यटकीयस्थलका…

Read More

झापा, ९ माघ । सिमेन्ट उत्पादनमा ३० देखि ३६ प्रतिशतले गिरावट आएको छ । बजारमा माग न्यून हुँदा उत्पादनमा उल्लेख्य गिरावट आएको हो । आर्थिक सङ्कटका कारण विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ्न नसक्दा सिमेन्ट उत्पादनमा कमी आएको छ । ठुला जलविद्युत् आयोजना, हाउजिङ, घर निर्माण न्यून हुँदा बजारमा सिमेन्टको माग कम रहेको उद्योगीको भनाइ छ । सिमेन्ट उत्पादक सङ्घका अनुसार वार्षिक ५० करोड बोरा सिमेन्ट उत्पादन हुने क्षमता रहेकामा हाल १८ करोड बोरा मात्र उत्पादन भइरहेको छ । सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेलले आन्तरिक बजारमा माग कम हुँदा उत्पादनमा उल्लेख्य कमी आएको जानकारी दिए । “ठुला जलविद्युत् निर्माणको काम…

Read More

झापा, ९ माघ । रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले कोही पनि नेपालीलाई रुस आएर रुसी सेनामा भर्ती नहुन अनुरोध गरेका छन् । टिकटकमा एक भिडियो सन्देश जारी गर्दै ती युवाले भनेका छन्, ‘म गोली र बम लागेर घाइते भएको छु, यदि कोही नेपाली युवा रुसी सेनामा आउने सोचमा हुनुहुन्छ भने नआउनु होला । बरु यहाँ भएका, फसेका घाइते नेपाली दाजुभाइलाई जसरी भए पनि उद्धार गरेर नेपाल फर्काउन सहयोग गर्नुहोस् ।’ रुसी सेनामा भर्ती भएका धेरै नेपाली गोली लागेर छटपटाइरहेको र आफू…

Read More

इलाम, ९ माघ । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले पछिल्लो पाँच महिनादेखि दुध र दुग्धजन्य पदार्थको भुक्तानी नहुँदा समस्या भोग्नुपरेको गुनासो गरेका थिए । इलाम–५ का किसान वीरबहादुर अधिकारीले गतसाउन १५ देखि दुधको पैसा नपाएको गुनासो पोखे । “साउनयता दुधको भुक्तानी भएको छैन । पाउनुपर्ने रकम नपाएपछि परिवार चालाउन धौधौ भइसक्यो”, उनले भने, “हामीले कसलाई भन्दा भुक्तानी हुने हो, थाहा छैन । हाम्रो अभिभावक नगरपालिका हो । नगरपालिकाले आवश्यक पहल…

Read More

झापा, ९ माघ । सुनसरी र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट सोमबार गाँजा र ब्राउनसुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सोमबार दिउँसो अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीको टोलीले सुनसरीको देवानगंज गाउँपालिका–६ नहरचौक स्थितमा रासीबाट भारततर्फ जाँदै गरेको को १ ह ५०९९ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा अटोको पछाडीको डिकि र अटोको भित्र सिलिङको भागमा प्लाष्टिकको १ किलोको पोका बनाई राखेको ८० वटा पोकामा भएको जम्मा ८० किलो गाँजा बरामद गरेको थियो । बरामद गाँजा सहित अटो चालक सुनसरीको धरान उप महनगरपालिका ११ का २९ वर्षीय कुमार तामाङ र अटोमा सवार ३० वर्षीय रामबहादुर राई समेतलाई…

Read More

भद्रपुर, ८ माघ । झापाको विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन् । झापाको कनकाई नगरपालिका एक जना पुरुष, अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकामा एक/एक जना महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापा निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । झापाको अर्जुनधारा–६ बिहानी टोलमा आज बिहान इलाम माई नगरपालिका–१ महमाई कलकत्ते माइती भई बिर्तामोड–५ मा अस्थाई बसोबास गर्ने कुमार पुलामी मगरको श्रीमती ५० वर्षीया माया मगर मृत फेला परेकी छन् । टाउकोमा चोट लागेर मृत अवस्थामा स्थानीयबासीले मगरलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना शंकास्पद देखिएकाले कोशी प्रदेश प्रहरी केनाइन शाखाबाट कुकुरसहितको प्रहरी टोलीले…

Read More