झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इलाम, १९ पुस । इलामको सूूर्योदय नगरपालिका–७ कन्याममा २३ करोडको लगानीमा अर्थोडक्स चिया अनुसन्धान तथा प्रवद्र्धन केन्द्र निर्माण भएको छ । नगरपालिकाको एउटा ‘गौरवको आयोजना’ मानिएको यो केन्द्रको भौतिक निर्माण सम्पन्न भएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिनुभएको छ । “यो देशकै पहिलो चिया अनुसन्धान तथा प्रवद्र्धन केन्द्र हो, केन्द्रको पूर्वाधार निर्माणको सबै काम सम्पन्न भएको छ”, राईले भन्नुभयो । कोशी प्रदेश सरकार र नगरको साझेदारीमा करिब रु २३ करोडको लागतमा यो केन्द्र निर्माण भएको हो । इलाममा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको जनाइएको छ  ।

Read More

झापा, १९ पुस । झापाको झापा गाउँपालिकामा १६ वर्षीया किशोरी झुण्डिएको अवस्थामा फेला परेकी छन् । बुधबार झापा–३ गैरीगाउँकी १६ वर्षीया किशोरी अनुसा पराजुली आफ्नै घरको सुत्ने कोठाको बाँसको बलोमा सलको पासो लागि झुण्डिएको अवस्थामा फेला परेको जिलला प्रहरी कार्यालय झापाले जनाएको छ । अनुसालाई झुण्डिएको आफन्तले देखेर तत्काल पासो खोलेर भुँईमा झारेको र मृत्यु भइसकेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी शव पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो । किशोरीको शव आज मृतकका बुबा गोरखबहादुर पराजुलीले बुझेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…

Read More

झापा, १९ पुस । सुनसरी र माेरङबाट १ सय १५ किलो लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको हरिनगरा गाउँपालिका-६ ईदगाहबाट ७० किलोग्राम गाँजासहित भारत अररिया बासमतिया ग्राम बस्ने २७ वर्षीय ऐना तुला पक्राउ परेका छन् । प.१-०४-००१ त १२६० नम्बरको ट्याक्टरका चालक उनलाई ट्याक्टरको ट्रलीमा अतिरिक्त बाकस बनाई ६६ वटा पोकामा लुकाई राखेको उक्त गाँजा फेला पारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । यसैगरी मोरङको विराटनगर महानगरपालिका-१८ झटियाई मुसरी टोल नयाँबस्तीस्थित खेतबाट करिब ४५ किलोग्राम गाँजासहित पक्राउ पर्नेमा सोही महानगरपालिका-१८ बस्ने १९ वर्षीय नन्दु यादव…

Read More

झापा, १९ पुस । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित वाणिज्य संघको निर्माणाधीन भवनभित्र आज एक पुरुषको मृत अवस्थामा शव फेला परेको छ । सुनसरी धरान उपमहानगरपालिका–६ का ४२ वर्षीय यमकुमार धमला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मागेर जीविकोपार्जन गर्दै आएका धमलालाई आज बिहान वाणिज्य संघको निर्माणाधीन भवनमा स्थानीयबासीले मृत अवस्था फेला परेका थिए । पहिचान नखुलेका धमलाको भाउजु उमा बिष्ट सनाखत गर्नुभएको थियो । घटनाको खबर पाएपछि अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको, घटनास्थल अनुसन्धान तथा कानून प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि दमक अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ ।

Read More

झापा, १९ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान् महाशाखाका अनुसार यतिबेला कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीको अवस्था छ । देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाउको छ । आज दिउँसो पनि कोशी, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ। आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक(दुई स्थानमा हल्का…

Read More

झापा, १९ पुस । वैदेशिक रोजगार विभागले कोरियन भाषा परीक्षा फाराम भर्न दुई दिनको समय थपिएको छ । पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा आवेदन दिन विभागले दुई दिन समय थप गरेको हो । यसअघि पुस १६ देखि १८ सम्म फाराम भर्न पाउने गरी समय तोकिएको थियो । हाल दुई दिन थप गरी पुस २० सम्म पुर्‍याइएको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले जनाएको छ ।

Read More

झापा, १९ पुस । अस्पतालका नवजात संघन उपचार केन्द्र (एनआईसीयू) मा भर्ना हुने अवधि नपुगी जन्मिएका र कम तौल भएका नवजात शिशुहरूमध्ये करिब १० देखि १५ प्रतिशतको अवस्था स्तनपान गर्न नसक्ने किसिमका हुन्छन्। त्यस्तै, कतिपय सुत्केरी आमा बिरामी परेको वा सुत्केरीको दूध नआएको अवस्थामा पनि नवजात शिशु आमाको दूध खानबाट वञ्चित हुन्छन् । त्यस्ता शिशुको ज्यान बचाउन र उनीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउन दाता आमाबाट संकलन गरिएको दूध वैज्ञानिक विधिबाट भण्डारण गरी आवश्यक परेको बेला उपलब्ध गराउन ‘ह्युमन मिल्क बैंक’ अर्थात् आमाको दूध संकलन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। त्यति मात्रै होइन, दूध धेरै आएर दुहेर खेर फाल्नुपर्ने…

Read More

झापा, १९ पुस । सरकारले सबै सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम० अन्तिम चरणमा पुर्‍याएको छ । सङ्घमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले सरकारले सबै मन्त्रालय, विभागलगायतका सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अन्तिम चरणमा पुर्‍याएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घीय कार्यालयमा हाल भएको ५३ हजार निजामती कर्मचारीको दरबन्दीमध्ये करिब १० प्रतिशत दरबन्दी घटाउने गरी ओएनएमलाई अन्तिम चरणमा पुर्‍याइएको छ । मन्त्रालयका सहसचिव सुमन दाहालले सङ्घीय व्यवस्थाको मर्म अनुसार सङ्घको दरबन्दी घटाउँदै प्रदेश र स्थानीय तहको दरबन्दी बढाउने उद्देश्यले ओएनएमको काम अन्तिम चरणमा पुर्‍याइएको बताए । उनका अनुसार हालै मात्र…

Read More

कनकाई, १९ पुस । नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको अध्यक्षमा सन्तोष अग्रवाल सर्वसम्मत रुपमा चयन भएका छन् । झापाको दुर्गापुरमा सम्पन्न प्रतिष्ठानको अधिवेशनले अग्रवालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । प्रतिष्ठानको कार्यसमितिमा निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, दुईजना उपाध्यक्ष शुभकुमाई पाठक र लुवराज उप्रेती चयन भएका छन् । त्यस्तै, सचिवमा उषा श्रेष्ठ, सहसचिवमा रामप्रसाद निरौला, कोषाध्यक्षमा विनोद चापागाईँ र सहकोषाध्यक्षमा ससिम पोखरेल सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा क्रमशः लक्षेन्द्रप्रसाद यादव, दिनेशकुमार पोखरेल, रत्ना बुढाथोकी रहेका छन् । समितिको पहिलो बैठकले डिल्लीराम मैनाली र कमलप्रसाद कोइरालालाई समेत सदस्यमा मनोनित गरी १३ सदस्य कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको…

Read More

पाँचथर, १८ पुस । विशेषतः वर्षायाममा पूर्वी पहाडवासीलाई पिरोल्ने भेडेटार–रबि–राँके सडक निर्माणले पछिल्ला दिनमा गति लिएको छ । धनकुटा, इलाम र पाँचथरलाई जोड्ने १०० दशमलव ३६७ किलोमिटर लामो सडक निर्माणमा धनकुटातर्फ प्रगति देखिएको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट सुरुआत भएको सडक पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँसम्म चौडा विस्तार सम्पन्न भएको छ । उक्त खण्डको करिब ४५ किलोमिटर सडक चौडा सम्पन्न गरी नाली निर्माण, पर्खाल, टेवा पर्खाललगायतका भौतिक संरचना निर्माणलगायतका कार्य अघि बढेको छ । यस्तै इलाम–पाँचथर खण्डको राँकेबजार–घुर्विसेपञ्चमी खण्डमा समेत निर्माणकार्यले सामान्य गति लिएको छ । भेडेटार–रबि–राँके सडक आयोजनाका प्रमुख दीपेश रजकका अनुसार आयोजना निर्माणमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति…

Read More