
कनकाई, १९ पुस । नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको अध्यक्षमा सन्तोष अग्रवाल सर्वसम्मत रुपमा चयन भएका छन् ।
झापाको दुर्गापुरमा सम्पन्न प्रतिष्ठानको अधिवेशनले अग्रवालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । प्रतिष्ठानको कार्यसमितिमा निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, दुईजना उपाध्यक्ष शुभकुमाई पाठक र लुवराज उप्रेती चयन भएका छन् । त्यस्तै, सचिवमा उषा श्रेष्ठ, सहसचिवमा रामप्रसाद निरौला, कोषाध्यक्षमा विनोद चापागाईँ र सहकोषाध्यक्षमा ससिम पोखरेल सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरुमा क्रमशः लक्षेन्द्रप्रसाद यादव, दिनेशकुमार पोखरेल, रत्ना बुढाथोकी रहेका छन् । समितिको पहिलो बैठकले डिल्लीराम मैनाली र कमलप्रसाद कोइरालालाई समेत सदस्यमा मनोनित गरी १३ सदस्य कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



