
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ माघ । सङ्घीय कार्यालयमा अड्डा जमाएर बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने गरी सरकारले नयाँ मापदण्ड ल्याउँदै छ। नियमित रूपमा तीन वर्षसम्म सङ्घीय सरकारका कार्यालयमा बसेर सेवा गरेका कर्मचारीलाई स्थानीय तहमा सेवा गर्नैपर्ने गरी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी नयाँ मापदण्ड ल्याउन लागिएको हो। यसको तयारी कार्य अन्तिम चरणमा पुगेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले स्वीकृत गरेपछि केही दिनभित्रमै उक्त मापदण्ड कार्यान्वयनमा ल्याइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। सङ्घीय निजामती सेवा ऐन जारी हुन ढिलाइ हुँदा सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी नयाँ मापदण्ड निर्माण गरी लागु गर्न…
शिवसताक्षी, २० माघ । शिवसताक्षी नगरपालिकाले एकीकृत पाठ्क्रम (कक्षा १–३) प्रबोधीकरण तालिम गराएको छ । शिवसताक्षी नगरपालिकाको सभाहलमा प्राथमिक तहका सामुदायिक तथा संस्थागत विद्यालयका ३८ जना शिक्षकहरुलाई तीन दिवसीय एकीकृत पाठ्क्रम प्रबोधीकरण तालिम गराएको हो । विद्यालय तहको शिक्षालाई बढी उद्देश्यमूलक, व्यावहारिक, समसामयिक एवम् सान्दर्भिक बनाउने उद्देश्यले पाठ्यव्रmम प्रबोधीकरण तालिम गराइएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ । सानो कक्षाका विद्यार्थीहरुलाई शिक्षण सिकाईमा धेरै ठकिनाई महशुष गरी कक्षा १–३ का शिक्षकहरुलाई तालिम दिइएको शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छविलाल ढकालले जानकारी दिए । तालिममा एकीकृत पाठ्क्रम अनुसारको शिक्षण विधी, तथा विद्यार्थी मूल्यांकन सम्बन्धी सहजीकरण गरिएको थियो । तालिममा सहभागी शिक्षकहरुलाई…
झापा, २० माघ । झापाको बुद्धशान्तिमा एकजना श्रमिकको हत्या भएको छ । बुद्धशान्ति–३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिका २ घर भएका अन्दाजी ३५ वर्षीय बिक्रम सेनेहाङलाई झापा शिवसताक्षी–८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले हत्या गरेका हुन् । शुक्रबार साँझ ७ः५० बजेको समयमा पुरकोटीले सामान्य विवादका क्रममा काठको मुङ्ग्रो र फलामको हमरले सेनेहाङको टाउकोमा प्रहार गरी घाईते बनाएका थिए । उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा अवस्था गम्भीर भई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा आज बिहान ५ः१३ बजे उपचारको क्रममा सेनेहाङको मृत्यु भएको जिल्ला प्रहरी…
द्रोण अधिकारीचारकोशे झाडीको एउटा सानो अवशेषका रूपमा रहेको जलथल वन नेपालको सुदुर पूर्वको एक मात्र जैविक विविधता बोकेको प्राकृतिक सम्पदा हो । पूर्वी दक्षिणी झापाको भद्रपुर, कचनकवल, हल्दिवारी तथा बाह्रदशी गाउँपालिकाको सिमानासित गासिएको यस वनभित्र पाइने जैविकताको संरक्षणका लागि स्थानीय सरकार मुख्य जिम्मेवार हुनु पर्ने हो । नेपालमा रहेको वन क्षेत्र मध्ये विरलै मानिएको जैविक विविधताको वृहद स्वरूप भएको एक मात्र वन क्षेत्र भित्र जलथल वन पर्दछ । एशिया माहादेशमा रहेका वनहरू मध्येमा अधिक जैविक विविधता संरक्षित भएको मानिएको जलथल जंगल पछिल्ला वर्षहरूमा संकटमा पर्दै गएको छ । यस जंगलको संरक्षणको दायित्व पाएका सरोकारवालाहरू जैविक विविधता अनुकुल संरक्षणका काम गर्न…
शिवसताक्षी, २० माघ । झापा शिवसताक्षीको भगवती माध्यमिक विद्यालयले ६१ औं वार्षिकोत्सवमा संस्थापक तथा पूर्व प्रधानाध्यापकलाई सम्मान गरेको छ । शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित भगवती माविले शुक्रबार ६१ औं वार्षिकोत्सवका अवसरमा पूर्व प्रधानाध्यापक खोदनाथ चापागाई पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष गजबहादुर सोडारीलाई सम्मान गरेको हो । उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिक्षा शाखा प्रमुख छविलाल ढकाल, शिक्षक महासंघ शिवसताक्षी अध्यक्ष बेनुप्रसाद कार्कीले खादा लगाइदिएर सम्मान पत्र प्रदान गरेका हुन् । त्यस्तै विद्यालयले दुई संस्थापकहरुलाई मरणोपरान्त सम्मान गरेको छ । संस्थापकहरुमा स्व. रुपद्रसाद चापागाईं र पुष्पलाल खतिवडालाई मरणोपरात्न सम्मान गरेको विद्यालयका प्र.अ. रमेश दाहालले जानकारी दिए । उनीहरुको सम्मान पत्र…
शिवसताक्षी, २० माघ । झापाको शिवसताक्षीमा जारी आदिवासी ऐतिहासिक फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिका वडा नं. ३ पाराबारीले हात पारेको छ । पाराबारीले झापा गाउँपालिका वडा नं. ७ मदरगाछ टिमलाई ४– ० गोल अन्तरले हराउँदै पाराबारीले उपाधि हात पारेको हो । उपाधि हात पारेसँगै शिवसताक्षी ७ पाराबारीले नगद ३१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने, उपविजता झापा गाउँपालिकाले मदरगाछले नगद २१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उनीहरुलाई शिवसताक्षी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले पुरस्कार राशी प्रदान गरेका हुन् । पुरस्कार वितरणका क्रममा वडाध्यक्ष प्रसाईले आदिवासी समुदाय…
अर्जुनधारा, २० माघ । झापाको अर्जुनधारामा प्रथम अर्जुनधारा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।’राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद, लागुऔषध मुक्त अर्जुनधाराका लागि हामी सबै एकजुट भई जुटौ ‘ भन्ने मूल नाराका साथ शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै नेपाल विद्यार्थी संघ अर्जुनधाराले म्याराथन प्रतियोगिता सम्पन्न गरेको हो । खुदुनाबारी बजार देखि शनिश्चरे बहुमुखी क्याम्पस सम्मको ६ किलोमिटर दुरी तय गरिएको थियो । प्रतियोगितामा एलिस नेपालले प्रथम स्थान हासिल गरेका छन् भने क्रमश टिकाराम लम्साल र जय तामाङ्गले दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । नेवि संघ सभापति दिपेन धिमालको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री नेपाली कांग्रेस…
झापा, २१ माघ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवप्रवर्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । प्रतिष्ठाले शुक्रबार सूचना सार्वजनिक गरेर परियोजनाले प्रस्ताव पेस गर्न आह्वान गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यममा सहुलियतपूर्ण कर्जा दिने कार्यविधि हालै स्वीकृत गरेसँग कर्जा लिनका लागि परियोजना प्रस्ताव आह्वान गरिएको हो । स्टार्टअप उद्यमका मापदण्डहरू पूरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका स्टार्टअप उद्यमीले यस्तो कर्जा लिन सक्ने सूचनामा उल्लेख गरिएको छ । यस्तो कर्जा लिन चाहनेले सूचना प्रकाशित भएको २१ दिनभित्र तोकिएको ढाँचामा प्रस्ताव पेस गर्नुपर्ने प्रतिष्ठानले आह्वान गरेको छ…
झापा, २० माघ । काठमाडौँकी २३ वर्षीया सिर्जना (नाम परिवर्तन) दुई साताअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रसूति गृह पुगिन् । उनी निरन्तर रक्तस्राव भयो भन्ने समस्या लिएर त्यहाँ पुगेकी थिइन् । उनले आपत्कालीन बेलामा खानुपर्ने गर्भनिरोधक औषधि पटकपटक सेवन गरेका कारण समस्या आएको उपचारमा संलग्न प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। मधु श्रेष्ठले बताइन् । उनले अविवाहित अवस्थामै प्रेमीसँग सम्बन्धमा रहेकाले आपत्कालीन गर्भनिरोधक औषधि सेवन गर्थिन् । ‘विवाह नभएकाले उनीहरूमा बच्चा जन्माउने योजना हुने कुरा भएन तर सम्बन्धमा रहेकाले पटकपटक यस्तो चक्की खाएको देखियो’, डा. श्रेष्ठले भनिन् । पटकपटक आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्दा स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुग्ने धेरै…
बिर्तामोड, २० माघ । वीरता लेडी जेसीजले शुक्रवार झण्डोत्तोलन गरेको छ । बिर्तामोड–१ स्थित आफ्नै सचिवालयमा लेडी जेसीजले झण्डोत्तोलन गरेको हो । सचिवालयमा नेपालको झण्डा र वीरता लेडी जेसीजको झण्डा राखिएको छ । लेडी जेसीजको नयाँ कार्य समितिले आफ्नो कार्यकाल सुरुवातको पहिलो कार्यक्रमका रुपमा सचिवालयमा झण्डोत्तोलन गर्ने परम्परा छ । सन् २०२० की अध्यक्ष सुष्मा भण्डारीले झण्डोत्तोलन गर्ने परम्परा सुरु गरेकी हुन् । भण्डारीको कार्यकालयता हरेक नवनिर्वाचित कार्य समितिले झण्डोत्तोलन गर्दै आएको वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले बताइन् । झण्डोत्तोलनसँगै ओलीको कार्यकाल पनि प्रारम्भ भएको छ । एकपछि अर्काे जिम्मेवारीका बीच जेसीजमा प्रवेश गरेको पाँच वर्षमा अध्यक्षको जिम्मेवारी सम्हाल्ने…