
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कनकाई, ७ माघ । कुनै पनि काम सानो र ठुलो हुँदैन, जबसम्म श्रमलाई समाजले सम्मान गर्न सक्दैन तबसम्म समुदायका नागरिकहरूले आर्थिक उन्नति गर्न सक्दैनन् भन्ने तथ्यलाई जनचेतना फैलाउने उद्देश्यले शिक्षा क्षेत्रमा काम गर्दै आएका पूजा संग्रौला र गायत्री लिम्बुले झापाको सुरुंगा बजारमा प्याजी तथा आलु चप बिक्री सुरु गर्नुभएको छ । शनिबारदेखि सुरु भएको उक्त व्यवसाय १५ दिनसम्म सञ्चालन हुने उनीहरुले बताएका छन् । समाजप्रति सकारात्मक सोचको विकास गराउने उद्देश्यले सुरु गरेको आलु चप व्यापारमा प्रयोग गरिएका सामग्रीहरू पन्ध्र दिनपछि कोही व्यक्तिले उक्त व्यवसाय गर्न चाहेमा हस्तान्तरण गर्ने सोच रहेको व्यापारी पूजा सङ्ग्रौलाले बताउनुभयो । संग्रौला र लिम्बू हरिकुल नमुना…
झापा, ६ माघ । नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा रु आठ करोड चार लाख ५६ हजार सात सय नौ भएको छ । पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ । सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा रु सात करोड ८२ लाख ६८ हजार आठ सय ११ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलका अनुसार रु २१ लाख ८७ हजार आठ सय ९८ रकम बचत भएको छ । चालु आवको…
झापा, ६ माघ । सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट रु तीन अर्ब १५ करोड ५१ लाख ८८ हजार बराबरको रोयल्टी सङ्कलन गरेको छ । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत सङ्कलन गर्ने गर्छ । विगतमा आयोजनाका प्रवर्द्धकले आफ्नो अनुकूलतामा रोयल्टी बुझाउने गरेका थिए । पछिल्ला केही वर्षदेखि भने नेपाल विद्युत् प्राधिकरणले बिल भुक्तानी गर्ने समयमा नै रोयल्टी कटाएर राख्ने गरेको छ । सोही कारण नियमितरूपमा रोयल्टी सङ्कलन हुने गरेको छ । विद्युत् विकास विभागले नियमितरूपमा रोयल्टी उपलब्ध गराउन आयोजनाका प्रवर्द्धकलाई आग्रह गर्दै आएको छ । विद्युत् ऐन, २०४९ तथा विद्युत् नियमावली, २०५० बमोजिम विद्युत् उत्पादनको अनमुतिपत्र प्राप्त…
भद्रपुर, ६ माघ । भद्रपुर जेसीजको ४९ औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट सन् २०२४ का लागि अध्यक्षमा टिकाराम पाण्डे दिपकको नेतृत्वमा सर्वसम्मत नयाँ समिति गठन गरिएको छ । समितिको कार्यकारी उपाध्यक्षमा अभिषेक प्रधान तथा रविन कार्की सर्वसम्मत भएका छन् भने उपाध्यक्षमा क्रमशः आदित्य दास, सुरज श्रेष्ठ, भुपाल घिमिरे र हेडम्बराज निरौलालाई सर्वसम्मत चयन गरिएको सन् २०२३ का अध्यक्ष युवराज न्यौपानेले जानकारी दिएका छन् ।
भद्रपुर, ६ माघ । स्थापनाको १३ औं वर्ष प्रवेशको अवसर पारेर वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर–१० ले विविध कार्यक्रम सम्पन्न गरेको छ । सहकारी स्थापनाको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रक्तदान तथा विपन्न सदस्यका लागि निशुल्क स्वास्थ्य विमा कार्यक्रम सम्पन्न गरिएको हो । रक्तदान कार्यक्रममा ४ महिला सहित २४ जनाले रक्तदान गरेका थिए भने सहकारीमा आबद्ध रहेर नियमित कारोवार गर्ने आर्थिक अवस्था कमजोर रहेकाकारण स्वास्थ्य विमा गर्न समस्या परिरहेका सदस्य रामबहादुर माझीको एक वर्षको ३५००।— (तीन हजार पाँच सय रूपैया) तिरेर उनको परिवारको एक वर्षको विमा निःशुल्क गरिएको थियो । बचत तथा ऋण सहकारी संघका केन्द्रीय महासचिव…
झापा, ६ माघ । झापाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् । कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा रैथाने जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेका छन् । यहाँका स्थानीयवासी धन जोगाउने कि ज्यान भन्ने चिन्तामा छन् । हात्तीले पक्की घरभन्दा टिनको छानो र टाटीले बेरेको घरलाई बढी निशाना बनाउने गरेको छ । हात्तीले घर भत्काउनुका साथै दुःख गरेर वर्षभरि खानाका लागि भण्डारण गरेको धान, चामल, मकै खाने, छरिदिने हात्ती पीडितको गुनासो…
भद्रपुर, ६ माघ । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित सामुदायिक वनमा आज बिहान रुखबाट दाउरा झार्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी–११ स्थित दुधेका ५९ वर्षीय गंगाराम राईको आज बिहान रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राई सामुदायिक वनको रुखमा चढेर सुकेको दाउरा झार्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । रुखबाट लडेर घाइते अवस्थामा स्थानीयबासीले देखेर आफन्तलाई खबर गरेको र आफन्तले उपचारका लागि दमक आम्दा अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको कार्यालयले जनाएको छ । शव आम्दा अस्पतालमा राखिएको छ भने घटनाका बारेमा इलाका प्रहरी कार्यालय झिलझिलले अनुसन्धान गरिरहेको छ ।
सन्तोष शर्मा झापा, ६ माघ । झापाको हल्दिबारीमा एकता बहुउद्देश्यीय सहकारीले तोरीको तेल उत्पादन र प्रशोधन शुरु गरेको छ । कृषकले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन तथा बिक्री वितरण गरिरहेको संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले बताउनुभयो । “किसानले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन गरिरहेका छौं”, उहाँले भन्नुभयो, “सहुलियतमा किसानलाई कृषि सामग्री र मल–बिऊ पनि उपलब्ध गराउने गरेका छौं ।” कृषकलाई तोरी खेती गर्न प्रौत्साहनसँगै उत्पादनलाई बजारीकरण गर्नका लागि तेल मिल सञ्चालन गरेको उहाँको भनाइ छ । शुरुमा तेल मिलका लागि गाउँपालिकाले सहयोग गरेको थियो भने कृषि ज्ञान केन्द्र झापाले गत आव २०७९/८० मा सहकारीलाई तेल फिल्टर र…
बिर्तामोड, ६ माघ । झापाको मेचीनगर–१३ चारआलीस्थित पाउ पाथीभरा मन्दिर अगाडी बेवारिसे अवस्थामा एफजेड मोटरसाइकल फेला परेको छ । आज बिहान १०ः१५ बजेको समयमा प्रदेश १–०१–०१६ प ७११७ नं. को निलो रंगको १५० सीसी को एफजेड मोटरसाइकल बेवारीसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयबासीले प्रहरी चौकी चारआलीमा जानकारी गराएपछि उक्त मोटरसाइकल प्रहरी चौकी चारआलीमा राखिएको छ ।
झापा, ६ माघ । झापाको हल्दिबारी गाउँपालिकामा उल्लेख्य मात्रामा तोरी खेती गरिएको छ । गाउँपालिकाका पाँच वटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिनुभयो । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बिऊ वितरण गरेको उहाँले बताउनुभयो । प्रतिहेक्टर १ दशमलव ९ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान गाउँपालिकाको छ । हल्दिबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ । अहिले यहाँका खेत तोरी फुलेर पहेँलपुर भएका छन् । हल्दिबारी–२ का कृषक डम्बरप्रसाद चम्लागाईंले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने बताउनुभयो । “अरु बालीमा जस्तो झन्झट छैन”, उहाँले…