
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चन्द्र बस्नेतकनकाई, १४ माघ । झापाको कनकाई वडा नं. १ र ७ मा रहेको विहानी महिला समूहमा आवद्ध महिलाहरुका लागि सीप मुलुक धूप बनाउने सम्बन्धी ३ दिवशीय तालिम आइतबार समापन भएको छ । तालिम गएको १२ गतेबाट स्वरोजगार सिर्जना गर्न महिलाहरुका लागि सीपमुलक धुप बनाउने तालिम समापन भएको हो । तालिममा सहभागीलाई प्रमाण पत्र वितरण गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेतरहनु भएकी कनकाई नगरपालिकाकी उप प्रमुख आशाशर्मा शिवाकोटीले तालिम लिइएका सहभागीहरुलाई आफै पनि सामाग्री जुटाएर यहाँ सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाब दिनुभयो । उहाँले महिलाहरुले समूह बनाई सामाग्रीहरु उत्पादन गरी विक्री वितरण गरि स्व(रोजगार बन्न आग्रह गर्नुभयो । उहाँले नगर तथा…
झापा, १५ माघ । पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब रुपैयाँ सङ्कलन भएको छ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब ३५ करोड रुपैयाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको हो । सरकारले आर्थिक वर्ष २०७२–७३ को बजेटमार्फत एक हजार दुई सय मेगावाटको बुढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका लागि भन्सार बिन्दुमै पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको थियो । सरकारले आव २०७७–७८ को बजेटबाट पाँच रुपैयाँबाट डिजेल, पेट्रोल र हवाई इन्धनमा सङ्कलन गर्दै आएको कर बढाएर १० रुपैयाँ पुऱ्याएको थियो। इन्धन आयात गरेबापत मासिक रूपमा भन्सार…
झापा, १५ माघ । कोशी प्रदेश सभामुखको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक विवाद चुलिँदै गएको छ । पार्टी केन्द्रीय समितिका पदाधिकारीबीच पार्टी सरकारमा सहभागी नहुने भन्ने अनौपचारिक सहमति भए पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितको सहभागितामा कोशी प्रदेशमा अम्बरबहादुर विष्टलाई सभामुख बनाएपछि पार्टीमा विवाद उत्पन्न भएको हो । सोही विषयलाई लिएर पछिल्लो समय राप्रपाका अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबिच टकराब सुरु भएको छ। बागमती प्रदेशमा सभामुख हुँदा कोशीमा किन नहुने भन्ने एकाथरीको बुझाइ छ भने अर्काथरीका नेताले पार्टी सरकारमै भएको अवस्थामा बागमतीमा गठबन्धनभित्रको सहमतिअनुसार सभामुख लिएको र अहिलेको अवस्थामा भागबन्डामा पदीय जिम्मेवारी लिन नहुने तर्क गर्दै…
बिर्तामोड, १५ माघ । बिर्तामोड नगरपालिका ८ नं. वडा कार्यालयले अपांगता भएका र विपन्न ज्येष्ठ नागरिकहरुलाई यस वर्ष पनि जाडोको लुगा वितरण गरेको छ । वर्षेनी न्यानो लुगा बाँड्दै आएको ८ नं. वडा कार्यालयले आइतबार कार्यालयमा एक कार्यक्रम गरी अपांगता भएका ५० जना र ७७ जना विपन्न ज्येष्ठ नागरिक गरी १२७ जनालाई जाडोको लुगा वितरण गरेको हो । वडा कार्यालयले गत वर्ष ती लक्षित समूहलाई ब्लांकेट वितरण गरेको थियो । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष अजय कार्की, वडा सदस्य सोयालाल राजवंशी,वडा सचिव वेदप्रकाश अधिकारी , वडाको मेलमिलाप समितिका सदस्य कृष्ण श्रेष्ठलगायतले अपांगता भएका र ज्येष्ठ नागरिकलाई जाडोको लुगा वितरण गरेका…
झापा, १५ माघ । झापाको दुई भिन्न स्थानमा आज आगलागी हुँदा रू ११ लाख ५० हजार बराबरको क्षति भएको छ । झापाको गौरादह नगरपालिका–४ धरधरेका सोमबहादुर श्रेष्ठले सञ्चालन गरेको बोइलर कुखुरा फर्ममा आज बेलुका आगलागी हुँदा रू १० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कुखुरा फर्ममा कलमा जडान गरेको मोटरमा विद्युत सर्ट भई अचानक आगलागी हुँदा फर्म, फर्म भित्र रहेको कुखुराको दाना, सात सय वटा ३२ दिने कुखुरा जलेर नष्ट हुँदा उक्त क्षति भएको हो । आगलागी प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोली, स्थानीयबासी र गौरादह नगरपालिकाको बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो । यसैबीच, आजै बेलुका…
झापा, १५ माघ । इन्डियन आइडलमा प्रतिस्पर्धा एकपछि अर्को गर्दै चर्चा र सफलता हात पारिरहेकी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् । आइडलको आइतबार साँझको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन् । शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन गरेकी थिइन् । गायिका लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेज उक्लिएका थिए । चिकित्सकले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा दिएका थिए । चस्मामा मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने…
झापा, १४ माघ । झापा र मोरङको दुई स्थानबाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउपर्नेमा मोरङको विराटनगर महानगरपालिका–१२ का २३ बर्षीय शौरभ सोनी र झापाको दमक नगरपालिका ९ का २६ बर्षीय पासाङ तामाङ रहेका छन् । हिजो बेलुका विराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट लागुऔषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सोनीलाई लागुऔषध ब्राउन सुगर ०.५७ ग्राम सहित पक्राउ गरेको हो भने हिजो राति ८ बजे दमक नगरपालिका–८ स्थित सब्जीलाइनबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले तामाङलाई लागुऔषध ब्राउनसुगर २ ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड, १४ माघ । झापाको बिर्तामोड नगरपालिका–५ की माया पुलामी मगर हत्याको अभियोगमा बिर्तामोड–८ का चन्द्रप्रसाद प्रसाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीले आज आइतबार पत्रकार सम्मेलन गरी अभियुक्त प्रसाईलाई सार्वजनिक गरेको छ । पुलामीको माघ ८ गते बिहान ६ बजे अर्जुनधारा–६ बिहानीटोल ब्याडमिन्टन कबर्डहलको गेटछेउमा हत्या गरिएको थियो । पुलामीको हत्या अभियोगमा बिर्तामोड ८ स्थायी घर भई हाल बिर्तामोड ५ मा बस्दै आएका ४६ वर्षीय प्रसाईंले हत्या गरेको स्वीकारेको प्रहरीको भनाई छ । हर्कलालमार्गमा दिलु मुखियाको घरमा कामको सिलसिलामा बस्दै आएका प्रसाईंले अवैध शारीरिक सम्बन्ध कारण उनको हत्या गरेको अनुसन्धानमा खुल्न आएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी…
बिर्तामोड, १४ माघ । अंग्रेजी महिना जनवरीलाई पाठेघर क्यान्सर विरुद्धको अभियानका रुपमा मनाइने गरिन्छ । झापाको बिर्तामोडमा आइतबार पाठेघरमा हुने क्यान्सर रोग बारे सचेतना सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापा, प्यासिफिक एसिया ट्राभल एसोसिएसन स्टुडेन्ट च्यापटर को सहआयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुका लागि पाठेघरको क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा स्त्रीरोग तथा क्यान्सर रोग बिशेषज्ञ डाक्टर प्रीयंका कटुवालले विद्यार्थीहरुलाई क्यान्सर रोग बारेको जिज्ञासालाई सहजीकरण गर्नु भएको थियो। अल्प बिकास भएका देशका अधिकांश महिलाहरुमा पाठेघरको क्यान्सर धेरै देखिन थालेको तथ्याङक लाई मध्यनजर गदै विशेषत बालिका तथा…
शिवसताक्षी, १४ माघ । नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ शिवसताक्षीको अध्यक्षमा देवीप्रसाद तुम्बापो (दर्शन) सर्वसम्मत चयन भएका छन् । शनिबार शिवसताक्षीको दूधेमा भएको नेपाली कांग्रेसको भातृ संस्था आदिबासी जनजाति महासंघको प्रथम अधिवेशनबाट तुम्बापो सर्वसम्मत चयन भएका हुन । त्यस्तै अधिवेशनबाट उपाध्यक्षद्वय देउकुमार आङदम्बे, विमला सुब्बा, सचिवद्वय रामचन्द्र राई, मंगलसिंह राजवंशी, सह–सचिवद्वय दुर्गा ताजपुरिया, सन्तकुमार राई चयन भएका छन् । सदस्यहरुमा पवित्रा ताजपुरिया, ज्ञानबहादुर राजवंशी, मुना सुनुवार, इन्द्रकुमारी गुरुङ्ग, सावित्रा फ्याक, राम धनु मुर्मू, लालबहादुर फागो सर्वसम्मत चयन भएको नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले जनाएको छ । अधिवेशन नेपाली कांग्रेस जिल्ला सह सचिव कमल भण्डारीको प्रमुख आथित्यमा भएको थियो । अधिवेशनमा…