
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ माघ । बजारमा डिजेलको खपतमा कमी आएको छ । आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको छ महिनामा डिजेल आयात १८ प्रतिशतले घटेर पाँच लाख १९ हजार २२८ किलोलिटर आयात भएको हो । निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द साहले विकास निर्माणको काम सुस्त हुनुका साथै विद्युतीय गाडीको प्रयोगले डिजेलको खपतमा कमी आएको जानकारी दिए । बजारमा माग कम हुँदा आयातमा समेत कमी आएको उनको भनाइ छ । सामान्य अवस्थामा एक लाख…
झापा, ११ माघ । साउदी अरबका धेरै कम्पनीले अकामा नवीकरण नगरिदिँदा धेरै नेपाली श्रमिक गैरकानुनी रूपमा काम गर्न बाध्य बनेका छन् । साउदीको अलअस्रा कम्पनीले अकामा नवीकरण नगरिदिएर समस्या परेका दुई नेपाली चेलीको भने उद्धार गरिएको छ । कम्पनीले अकामा नवीकरण नगरी काम मात्र लगाउने र समयमा तलबट नदिई अलपत्र परेका हेटौँडाकी अस्मिता तामाङ र गोरखाकी कविता गुरुङलाई उद्धार गरी नेपाल फर्काइएको हो । उनीहरू त एक प्रतिनिधि उदाहरण मात्र हुन् । रोजगारदाता कम्पनीले अकामा नबनाइदिने, करारबमोजिम तलब सुविधा नदिने प्रवृत्ति बढ्दै गएको छ । यसले गर्दा विदेशमा श्रम गर्न त्यहाँ पुगेकाहरू बाहिर हिँडडुल गर्न, आफूले कमाएको धेरथोर पैसा घर…
झापा, ११ माघ । दलित किशोरसँग प्रेम गरेको भन्दै १५ वर्षीया छोरीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा बाराको फेटा गाउँपालिका–१ त्रिवेणी टोलका हरिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो । महतोले साउन ११ गते छोरी कोशिलाको हत्या गरी पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुलनजिकै इमृतिया खोलाकिनारमा फालेको प्रहरीले बताएको छ । कोशिलाको शव पर्सा प्रहरीले साउन १३ गते फेला पारेको थियो । शरीर र टाउको छुट्टाछुट्टै पारी हत्यास्थलबाट ५० मिटर दुरीमा फालिएको अवस्थामा कोशिलाको शव फेला परेको थियो । प्रहरीको अनुसन्धान जारी राखेको थियो । घटनाको पाँच महिनापछि २० दिनअघि…
झापा, ११ माघ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। देशको पहाडी भू(भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।…
झापा, ११ माघ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् । वैदिक सनातन धर्मावलम्बी पनि विशेष गरी नेपालमा बसोबास गर्नेले नै यो पर्व मनाउँछन् । भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजा आराधना गर्छन् । यसैले यो नेपालकै मौलिक परम्पराको रूपमा रहेको छ ।…
शिवसताक्षी, १० माघ । झापाको शिवसताक्षी वडा नं. ९ र ११ मा महिलाहरुका लागि उद्यमशिलता सम्बन्धी ५ दिवशीय तालिम सञ्चालन भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ को कार्यालयमा महिलाहरुका लागि साबुन, हर्पिक र फिनेल बनाउने तालिम आजबाट सुरु भएको हो । तालिमको शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई र वडाध्यक्ष बहादुर आङ्गबोले उद्घाटन गरेका छन् । तालिममा महिलाहरुले घरमै बसेर उत्पादन गर्न सक्ने हर्पिक, फिनेल र साबुन बनाउनका लागि सिकाईने आयोजक सम्पन्न सवल नेपालले जनाएको छ । तालिम उद्घाटनका क्रममा प्रमुख प्रशासकीय अधिकृत राईले तालिममा सिकेको कुराहरुलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । उनले महिलाहरु आफै स्वलम्बी…
शिवसताक्षी, १० माघ । झापाको शिवसताक्षीमा आदिवासी ऐतिहासिक फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ बोलोचोक पश्चिमको खेल मैदानमा आजबाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा कमल सुनारा विजयी भएको छ । ट्राइवेकर कोरोबारीलाई ३–४ गोल अन्तरले हराउँदै कमल सुनारा विजयी भएको वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । प्रतियोगिताको संघीय सांसद एलपी साँवा लिम्बुले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै साँवाले खेल स्वास्थ्य र राष्ट्रिका लागि हुने भएकाले शिवसताक्षी खेलका लागि अग्रणी स्थान रहेको बताए ।…
हल्दिबारी, १० माघ । हल्दिबारी गाउँपालिकाको गाउँसभाको १६ औ अधिवेशन आजदेखि शुरु भएको छ । गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा भएको सभामा वडा नं २ का वडाध्यक्ष शुकलाल राजवंशी, कार्यपालिका सदस्य शान्ता शिवाकोटी, ३ नं वडा अध्यक्ष विष्णुप्रसाद ओलीले शुभकामना मन्तव्य राखेका थिए। आजको सभामा विनियोजन ऐन संसोधन गर्न बनेको विधयेक सर्वसम्मतले पारित भएको छ भने केही विधेयकहरु छलफलका लागि पेश गरिएको छ। त्यसैगरी, विषयगत समितिका संयोजकहरूले गत आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन पेश गरेका थिए।सभाध्यक्ष लिङदेनले अर्को बैठक माघ १९ गतेलाई बस्ने गरी स्थगन गरेका छन् ।
चारआली, १० माघ । नेपाल दशनामी समाज बिर्तामोड नगर समिति देशकै उत्कृष्ट भएको दशनामी समाजका बत्ताहरुले बताएका छन् । दशनामी बन्धुहरुलाई एकताबद्ध गर्ने उदेश्यले नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आयोजना गरेको बनभोज कार्यक्रम बत्ताहरुले त्यस्तो बताएका हुन् । समाजका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गोबिन्दबिक्रम गिरीले देशका ७६ वटा जिल्लामा दशनामीका संगठन रहेको बताएका छन् । जिल्ला अन्तरगत रहेका समाजका संगठन मध्ये देशकै सवैभन्दा उत्कृष्ट कार्य गर्ने बिर्तामोड नगर भएको गिरीले बताएका हुन् । समाजले नगर समिति, नगर सल्लाहकारसहित केन्द्र, प्रदेश र जिल्लाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा बुधवार (आज) मेचीनगरको धाइजनस्थित कालीका सिमसार क्षेत्रमा पिकनिकको आयोजना गरेको…
झापा, १० माघ । विश्वभर नै अन्तराष्ट्रिय झापाली समाजको शाखा खुल्ने क्रमलाई तीव्रता दिइएको छ । हालै झापाको बिर्तामोडमा भएको समाजको चौथो महाधिवेशनबाट मुकुन्द ढुङ्गानाको अध्यक्षतामा बनेको नयाँ समितिले विश्वभर छरिएर रहेका झापालीहरुलाई सोही देशमा पुगेर संगठित गर्न सुरु गर्नुभएको हो । मकाउमा समेत धमेन्द्र सिटौलाको संयोजकत्वमा तदर्थ समिति गठन भएको छ । जसमा सहसंयोजकमा मकर राई, सचिवमा बुद्धप्रसाद गिरी, सहसचिवमा बिजय प्रसाई र कोषाध्यक्षमा देउमान तामाङ रहनुभएको छ । अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाको प्रमुख आतिथ्यता तथा समाजका निर्वतमान अध्यक्ष छत्र सुब्बा हङकङको रोहबरमा समिति गठन भएको हो । समिति गठन भएपछि भौगोलिक रुपमा विश्वमा सानो मुलुक रहेको…