झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भोजपुर, ६ माघ । भोजपुर नगरपालिका–१० को महभिर खोलामाथि मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ । महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा रु दुई करोड सात लाख लागतमा पक्की पुल निर्माण गरिएको हो । बीस मिटर लम्बाइ रहेको पुलको सुनसरी–४ का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरे । त्यस अवसरमा उनले यस क्षेत्रको विकासमा आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । “जनताको घरदैलोमा पुग्ने क्रममा यो खोलाले धेरै पटक मलाई पनि रोकेको थियो”, उनले भने, “स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर यहाँ पक्की पुल निर्माण सम्पन्न गरेका छौँ । अबका बाँकी दिनमा यो पुलले यहाँको…

Read More

झापा, ६ माघ । कुवेतले सन् २०२० पूर्व भिसा उल्लंघन गर्ने विदेशी कामदारलाई जरिमाना तिरेर आफ्नो स्थिति सुधार्ने अवसर दिने भएको छ । कुवेतको आन्तरिक मन्त्रालयले भर्खरै मन्त्रिस्तरीय संकल्प नं। २६–२०२४ जारी गर्दै सन् २०२० अघि बसोबास कानुन उल्लंघन गर्ने विदेशीहरूलाई जरिमाना तिरेर आफ्नो स्थिति सुधार्न अवसर प्रदान गर्ने लक्ष्य राखिएको जनाएको हो । यो निर्देशन रिजोल्युसन नम्बर २८८–२०२० को खारेजपछि आएको हो, जसले वैध निवास अनुमतिबिना देश निकाला गर्नेहरूलाई अनिवार्य गरेको थियो । त्यहाँको डिक्री–कानुन नम्बर ३८–१९८० को छानबिन पछि, सिभिल र वाणिज्य प्रक्रिया कानुनको कार्यान्वयनलाई सम्बोधन गर्दै मन्त्रीस्तरीय संकल्प नं. २८८–२०२० को पुनः मूल्यांकन गरी वैध आवास अनुमति…

Read More

भद्रपुर, ५ माघ । नेपाल पत्रकार महासंघ झापा शाखाले आज ‘पत्रकारिताका परिवर्तित क्षेत्रहरु’बारेमा अन्तरक्रिया गरेको छ । समय र प्रविधिसँगै पत्रकारिता क्षत्रे समेत परिवर्तिन हुँदै गएकाले अगामी दिनमा पत्रकारिता मुद्दा र क्षेत्रहरु के–के हुन सक्छन् भन्ने विषयमा केन्द्रीत रहेर अन्तरक्रिया गरिएको हो । महासंघको सभाहलमा आज आयोजित अन्तरक्रियामा स्रोत व्यक्तिका रुपमा बरिष्ठ पत्रकार तीर्थ कोइराला र द्वन्द्व विश्लेषक तथा प्रकृति अधिकार अभियन्ता श्रवण शर्मा रहनुभएको थियो । मुलुकमा भइरहेको विकास, त्यसको प्रभाव र असरका बारेमा चर्चा गर्दै बरिष्ठ पत्रकार कोइरालाले तथ्यपरक रुपमा पत्रकारले कलम चाउनुपर्नेमा जोड दिनुभयो । “विकास हुनु राम्रो भए पनि त्यसले पार्ने प्रभावका बारेमा ध्यान दिन जरुरी…

Read More

भद्रपुर, ५ माघ । दक्षिणी झापाको कचनकवलमा दैनिक हात्ती उपद्रो बढ्दै गएपछि स्थानीयमा त्रास बढेको छ । कचनकवलको १, ३ र ७ नम्वर वडामा दैनिक हात्तीको हुल आएर अन्नबाली खाइदिने, घर गोठमा क्षति गर्ने क्रम तीव्र गतिमा बढ्दै गएपछि स्थानीयमा त्रास बढेको हो । गएराति कचनकवल ३ डाँगीवारीमा हात्तीको एक हुल प्रवेश गरी ४ वटा घरमा क्षति पुर्याएको छ । मध्यरातमा ३ वटा जंगली हात्तीले कचनकवल ३ डाँगीवारी गाउँका धर्मप्रसाद पोखरेल, आमवती माझी, ताला मुर्मु र कृष्णप्रसाद निरौलाको घर भत्काएका थिए भने भण्डारण गरेर राखेको धान चामल खाएको छ गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिएका छन् । पछिल्लो समय झापामा…

Read More

बिर्तामोड, ५ माघ । बिर्तामोड नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडा नम्बर १ को सभाहलमा आज वडा नम्बर १, २ र ५ को आर्थिक वर्ष २०८०–८१ को प्रथम चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप(प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई र नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले सहभागीहरुका प्रश्नको जवाफ दिनुभयो । सहभागीहरुले विमाको औषधी अभाव, बजारमा बिना दर्ताको व्यवसाय सन्चालन, ईन्टरनेटका अव्यवस्थित तार, सडक निर्माण, मर्मत सम्भार, फोहोर व्यवस्थापन, पार्किंगको समस्या, लागुऔषध दुर्व्यसनी, निजी तथा सरकारी…

Read More

हल्दिबारी, ५ माघ । हल्दिबारी गाउँपालिका वडा नं. ५ को नयाँ प्रशासनिक भवन आज एक कार्यक्रमका बीच उद्घाटन भएको छ । निवर्तमान उपप्रधानमन्त्री तथा राप्रपाका केन्द्रीय अध्यक्ष माननीय राजेन्द्र लिङदेनले रिवन काटेर भवन उद्घाटन गरेका थिए । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान उपप्रधानमन्त्री तथा राप्रपाका केन्द्रीय अध्यक्ष माननीय राजेन्द्र लिङदेन रहेका थिए । हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), ४ वटै वडाका वडा अध्यक्षहरू क्रमशः देवीबहादुर थापा, शुकलाल राजवंशी, विष्णु ओली, सन्तकुमार थापा लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधिहरू, नेकपा एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा, नेकपा माओवादी केन्द्र कि…

Read More

झापा, ५ माघ । झापाको कमल गाउँपालिका–५ स्थित पाथिभारा टोल लगनशील सहकारी संस्था अगाडि दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । कमल–५ अन्तरगत राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को ९ प ७९२९ न. को मोटरसाइकलले तत्काल पहिचान नखुलेको पैदलयात्री ४५ वर्षीय पुरुष मानिस ठक्कर दिदा टाउकोमा चोट लागेर गम्भीर अवस्थामा रहेका छन् भने मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको मे १ च ५२१३ न को कारले ठक्कर दिँदा मोटरसाइकल चालक पाँचथर तुम्वेवा–५ का १९ वर्षीय दिपेश कुरुम्वाङको नाकमा समान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुबै घाइतेको लाइफ लाईन अस्पताल दमकमा उपचार भई रहेको छ…

Read More

मोरङ, ५ माघ । सहिद स्मृति प्रतिष्ठानले पार्क निर्माण गरी मोरङको लेटाङ–४ मा राखेको सहिद हरि भट्टराईको सालिक नगरपालिकाले हटाएको छ । नगरप्रमुख भूपेन्द्र लावतीको आदेशमा नगर प्रहरीले सालिक हटाएर निर्माणस्थलमा तोडफोड गरेको हो । १० वर्षे जनयुद्धको समयमा सहिद भएका भट्टराईको सालिक निर्माण गरिएको थियो । लेटाङबाट त्यसबेला १६ जनाले ज्यान गुमाएका थिए । जसमा ईश्वर ढुंगाना (प्रभात), हरि भट्टराई (परिवर्तन), डम्बर चेम्जोङ (अजम्बर), पुष्प भट्टराई (बादल), मेनुका चेम्जोङ (नमुना), डिल्ली पौडेल (दिलीप) लगायतको सालिकसहित पार्क बनाउने काम प्रतिष्ठानले सुरु गरेको थियो । तर, सालिक राखेको केही दिनमै नगरप्रमुख लावतीले नगरप्रहरी लगाएर हटाएको र निर्माणस्थलमा तोडफोड गरेको माओवादी केन्द्रले…

Read More

शिवसताक्षी, ५ माघ । झापाको शिवसताक्षीमा भावातीत ध्यान शिविर सञ्चालन हुने भएको छ । शिवसताक्षी नगरपालिका ११ दूधे स्थित सतासीधाम सामुदायिक अध्ययन केन्द्रको हलमा माघ ६ गतेबाट पाँच दिनसम्म शिविर सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिविरमा कम्तीमा ८० जनाले सहभागिता जनाउने छन् भने, शिविर विहान ७ बजेबाट सुरु हुने छ । शिविरमा नगरपालिका कार्यपालिका सदस्यहरु, राष्ट्रिय पार्टी नगरप्रमुखहरु, नगरका आधारभुत तहसम्मका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका प्रध्यानध्यापहरु, नगरपालिका शाखा प्रमुखहरु, नगरका धार्मिक तथा पर्यटकीय विकास समितिका प्रमुखहरु, स्थानीय सस्थाका प्रमुखहरुले सहभागिता जनाउने शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए । शिविरको उद्घाटन झापा क्षेत्र नं. ४ का…

Read More

झापा, ५ माघ । झापा कनकाई नगरपालिका–७ का ९० वर्षीय हरिध्वज खत्री तिमिल्सिनाले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरुको गोत्रको विषयलाई समेटेरे ‘नेपाल मण्डल’ पुस्तक लेखेका छन् । करिब १० वर्ष लगाएर उनले उक्त पुस्तक लेखेका हुन् । नेपाल निर्माता पृथ्वीनारायण शाहले ‘नेपाल चार जात ३६ वर्णको साझा फूलबारी हो’ भन्नु भए पनि अहिले नेपालमा चार जात १२४ वर्ण पुगिसकेको उनको भनाइ छ । जसमध्ये चार जात ९२ वर्णको बारेमा तथ्यपरक जानकारीसहित पुस्तक प्रकाशन गरेको उनी बताउँछन् । लोपोन्मुखदेखि बहुसंख्यकसम्मका जातजातिको थर र उनीहरुको गोत्रका बारेमा पुस्तकका उल्लेख गरिएको छ । नेपालका विभिन्न भू–भागमा रहेका मानिसको थर कसरी रहन…

Read More