झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ माघ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका दाजुभाइको मृत्यु भएको छ।मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र उनका सहोदर भाइ २४ वर्षीय सुरेन्द्रको घटनास्थलमै मृत्यु भएको हो। उनीहरू बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोरा भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए। घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन्। मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ ।…

Read More

मस्को, २३ माघ । रुसका एक वरिष्ठ जनरलमाथि शुक्रबार बिहान मस्कोको एक अपार्टमेन्ट भवनमा गोली प्रहार भएको छ । उहाँलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । पछिल्लो समय एक शीर्ष रूसी सैन्य व्यक्तित्वमाथि भएको यो घटनालाई स्पष्ट हत्या प्रयासका रूपमा हेरिएको छ । प्रमुख गम्भीर अपराधहरूको अनुसन्धान गर्ने रूसको अनुसन्धान समितिले रूसी जनरल स्टाफमा वरिष्ठ भूमिका निर्वाह गरिरहनुभएका जनरल भ्लादिमिर अलेक्सेभमाथि घटनास्थलबाट भाग्नुअघि ‘अज्ञात व्यक्तिले धेरै पटक गोली हानेको’ जनाएको छ । “पीडितलाई अस्पतालमा भर्ना गरिएको छ”, अनुसन्धान समितिले जारी गरेको विज्ञप्तिमा थप उल्लेख गरिएको छ । घटनामा संलग्न सन्दिग्ध व्यक्ति वा व्यक्तिहरूको पहिचानबारे भने समितिले कुनै विवरण दिएको…

Read More

काठमाण्डौ , २३ माघ । ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । काठमाण्डौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट उनी पक्राउ परेका हुन् । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । त्यही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो । मेडिकल व्यवसायी प्रसाईं यसअघि पनि पक्राउ परेर छुटेका थिए । यसअघि पछिल्लो पटक माघ ५ मा प्रसाईं पोखराबाट पक्राउ परेका थिए ।

Read More

झापा, २२ माघ । आज सुन तोलामा ९ हजार ५०० रुपैयाँले घटेको छ । हिजो तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको सुनको भाउ आज ९ हजार ५ सय रुपैयाँले घटेर तोलाको २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा ६ सय २० रुपैयाँले घटेको छ । चाँदी ६ सय २० रुपैयाँले घटेर तोलाको ४ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ ।

Read More

धनकुटा, २२ माघ । धनकुटा नगरपालिका–४, छारागाउँ बरबोटेस्थित एक कच्ची घरमा आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको छ । बिहीबार बिहान करिब करिब ९ः४० बजेबाट सुरुभएको आगोले घर पूर्णरूपमा जलेर नष्ट भएको हो । स्थानीय लोकबहादुर श्रेष्ठको गोठमा खोले पकाउने क्रममा अचानक आगो सल्किँएर टिन ढुङ्गा माटोले बनेको एक तले कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगो धनकुटा नगरपालिकाको दुई वटा दमकल, नगर प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीहरूको सहयोगमा आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको…

Read More

एजेन्सी, २२ माघ । इजरायली आक्रमणमा परि गाजामा २१ जना प्यालेस्टिनीको ज्यान गएको छ । गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बासलका अनुसार इजरायली सेनाले हिजो बिहानैदेखि गाजा शहर र दक्षिणी गाजाको खान युनिसमा व्यापक आक्रमण शुरू गरेको थियो । खान युनिसको पश्चिममा पर्ने अल–मवासी क्षेत्रमा विस्थापितहरू बसिरहेको एउटा पालमा इजरायली ड्रोनले प्रहार गर्दा २ महिला र १ प्यारामेडिकसहित तीन जनाको घटनास्थलमै ज्यान गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । त्यसैगरी गाजा शहरको पूर्वी भेगमा पर्ने जैतुन र तुफाह क्षेत्रको बाहिरी इलाकामा गरिएको तोपबारीमा तीन बालबालिका र पाँच महिलासहित १४ जनाको ज्यान गएको छ । आक्रमणमा कैयौँ मानिस घाइते…

Read More

काठमाडौँ, २२ माघ । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न परिपत्र जारी गरेको छ । निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिताका उल्लङ्घनका घटना हुन नदिन आवश्यक कार्य गर्न र सो सम्बन्धमा गरिएका कार्यहरूको प्रतिवेदन नियमित रूपमा मन्त्रालयमा उपलब्ध गराउन निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो । मन्त्रालयले सचिवको संयोजकत्वमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीयरुपमा सम्पन्न…

Read More

झापा, २२ माघ । झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिका–२ स्थित जयराम अधिकारीको घरमा रहेको रास्वपाको सम्पर्क कार्यालयलाई निशाना बनाउँदै मध्यरातमा ढुङ्गा प्रहार भएको छ । उक्त घरको माथिल्लो तलामा रास्वपाले चुनावी रणनीति बनाउन र उम्मेदवार बालेन शाहले स्थानीयसँग भेटघाट गर्न सम्पर्क कार्यालय स्थापना गरेको थियो । झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार गएराति अज्ञात समूहले अचानक ढुङ्गामुढा गरेको हो । ढुङ्गाले लागेर घरको एउटा झ्यालको सिसा फुटेको छ । ‘रास्वपाले एउटा कोठा भाडामा लिएको भए पनि तोडफोडबाट घरबेटी बस्ने तर्फका सिसाहरू समेत फुटेका छन्’ डीएसपी खड्काले भने । झापा ५ बाट यस पटक…

Read More

फिल्म ‘परान’ले प्रदर्शनको १०० दिन पूरा गर्न सफल भएको छ । आज (बुधबार)बाट फिल्मले प्रदर्शनको १०० दिन पुरा गरेको कलाकार केकी अधिकारीले बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्मले १०० दिन मनाएकोमा सबै प्रति आभार समेत व्यक्त गरेकी छन् । गत कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको फिल्म दीपक आचार्य ‘काकु’ले निर्देशन गरेका हुन् । आचार्यको यो निर्देशनमा डेब्यु फिल्म हो । बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकाङ्क्षाहरूलाई रोज्दा उत्पन्न हुने परिस्थितिलाई कथानको रुपमा उठाएको छ । फिल्म देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा.लि.’ले निर्माण…

Read More

काठमाडौँ, २१ माघ । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी र सदस्य, पूर्वपदाधिकारी र सदस्यबिचको छलफलपछि नेपाल राष्ट्रका लागि विसं २०८३ को पञ्चाङ्ग प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको हो । वर्तमान र पूर्वपदाधिकारीसँगै धर्मशास्त्रविद्, संस्कृतिविद्, सिद्धान्त तथा फलित ज्योतिषका विज्ञ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र र ज्योतिष विभागका प्राध्यापक, नेवारी तथा विभिन्न समुदायका विज्ञ, प्रदेश सरकार एवं स्थानीय तहका प्रतिनिधि, विभिन्न ज्योतिषीय, पुरोहित, धार्मिक एवं सांस्कृतिक सङ्घ संस्थाका प्रतिनिधिबिच घनिभूत छलफल गरी पञ्चाङ्ग निर्माण गरिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो । छलफलपछि…

Read More