
झापा, २२ माघ । आज सुन तोलामा ९ हजार ५०० रुपैयाँले घटेको छ ।
हिजो तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको सुनको भाउ आज ९ हजार ५ सय रुपैयाँले घटेर तोलाको २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ६ सय २० रुपैयाँले घटेको छ । चाँदी ६ सय २० रुपैयाँले घटेर तोलाको ४ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

