
झापा, २६ माघ । झापा जिल्लाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा बाघले खोरभित्र पसी बाख्रा आक्रमण गरी मारेको छ ।
माघ २५ गते राति करिब ११ः०० बजे स्थानीय वीरबहादुर राईको खोरमा बाँधि राखिएका दुई वटा ब्याउने बाख्रा बाघले आक्रमण गरी मारेको हो । दुर्घटनामा करिब रु. ४०,००० बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

स्थानीयबासीले राति बाघको आक्रमणपछि त्रास फैलिएको बताएका छन् । यस घटनाले गाउँमा पशुधन सुरक्षाबारे चिन्ता बढाएको छ ।
Facebook Comments Box

