
झापा, २३ माघ । सुनचाँदीको भाउ आज पनि घटेको छ ।
सुन आज तोलामा ४ हजार २ सय रुपैयाँले घटेर तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा २ सय ७० रुपैयाँले घटेको छ । चाँदी २ सय ७० रुपैयाँले घटेर तोलाको ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

