
झापा,२० चैत । झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषधसहित ४ जनालाई
पक्राउ गरिएको छ ।
झापाको गौरादह नगरपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले प्र.१.०१.००२ ह ८६३१ नम्बरको
अटोलाई चेकजाँच गर्दा चालक बिर्तामोड नगरपालिका–२ का भवानी प्रसाईलाई १ ग्राम ७९० मिलिग्राम ब्राउन सुगरसहित र मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त प्रहरी टोलीले विराटनगर महानगरपालिका–१६ का अजय कुमार राय र ग्रामथान गाउँपालिका–६ का निरञ्जन माझीलाई २ ग्राम ९१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


