
झापा, २० चैत । झापाको भद्रपुर नगरपालिका–९ मिलचोकमा आज लक्ष्मी प्रसाद चौलागाईको परालको कुन्युमा आगलागि भएको छ।
स्थानीयले फोहोरको झ्यास जलाउने क्रममा आगो परालमा सल्किँदा पराल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। यस घटनामा मानवीय क्षति भने भएको छैन।
भद्रपुर नगरपालिकाको दमकल तथा प्रहरीको सहयोगमा आगो बिहान ११ः४० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागिबाट करिब रु. ५,००० बराबरको क्षति भएको अनुमान गरिएको छ। प्रहरी चौकी घोडामाराबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


