
झापा, १९ चैत । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले घटेको हो ।
भाउ घटेर सुन आज तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९७ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार चाँदी आज तोलामा १६५ रुपैयाँले घटेको छ । चाँदी घटेर तोलाको ४ हजार ७८० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको चार हजार ९४५ रुपैयाँ रहेको थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


