
फिदिम, २४ माघ । पाँचथर जिल्लाका एक हजार ३ सय किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सर विरुद्वको (एच.पि.भि.)खोप लगाइने भएको छ ।
जिल्लाको एक नगर र सात गाउँपालिका गरी ८ वटा स्थानीय तहका आधारभूत र माध्यामिक विद्यालयको कक्षा ६ मा अध्ययनरतसँगै विद्यालय बाहिर रहेका १० वर्ष उमेरका र गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई अभियान विद्यालयमै पुगेर खोप लगाइने जिल्ला स्वास्थ कार्यालय पाँचथरले जानकारी दिएको छ ।

खोप लगाउन माघ २७ देखि २९ गतेसम्म गतेसम्म विद्यालय केन्द्रित अभियान चलाइने अभिमुखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमूख महेश सुनारले जानकारी दिए। यो खोप लगाएपछि १५ वर्षसम्म पाठेघरको मुखमा लाग्ने क्यान्सरको जोखिम नहुने स्वास्थ्यकर्मीहरु बताँउछन् ।
नेपाल सरकारले देशव्यापी रुपमा पाठेघरको मुखमा लाग्ने क्यान्सर रोग न्यूनीकरणका लागि अभियान चलाउने घोषणा गरेसँगै पाचथर जिल्लाले किशोरीहरुलाई यो खोप दिन लागेको हो । खोप विद्यालय र तोकिएका केन्द्रमा गएर दिइने बताइएको छ ।
अभियानका लागि महिला स्वास्थ्यकर्मी र स्वयंसेवक खटाइनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

