झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इलाम, १३ पुस । पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका अनुसार गत वर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष तीन दशमलव दुई मेट्रिक टन उत्पादन भएको हो । माईजोगमाई गाउँपालिकाको सोयाङ, नामसालिङ इलाम नगरपालिकाको गोलाखर्क, माईखोला, भञ्ज्याङ तथा चुलाचुली गाउँपालिकाको तल्लो भू–भागलगायत क्षेत्रमा उक्त खेती विस्तार हुँदै गएको बर्देवाले बताए । “नयाँ खेतीमा किसानको आकर्षणलाई प्रोत्साहन दिन ज्ञान केन्द्रले अनुदान सहयोग सुरु गरेको छ,” उनले भने,…

Read More

काठमाडौँ, १३ पुस । नेपाली कांग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने भएको छ । बैठकमा हिजो समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरेका थिए । ‘समुदायमा कांग्रेस अभियान’को कार्य योजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराएका थिए । पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Read More

बिर्तामोड, १३ पुस। बिर्तामोड-३ स्थित सुर्यनगरमा रहेको प्लाइ फयाक्ट्रीमा आगलागी भएको छ । रिद्धिसिद्धी भेनियर प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अनुप अग्रवालले संचालन गरेको फ्याक्ट्रीमा शुक्रबार बिहान ४ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।  प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ राखेको ठाउमा अचानक आगलागि भएको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको नेपाल प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्याङ्कर, मेची नगरपालिकाको दमकल र स्थानिय मानिसहरुको सहयोगमा सवा पाँच बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Read More

बिर्तामोड, १३ पुस । हात्तीको आक्रमणबाट शिवसताक्षीमा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पौने दुई बजे हात्तीले आक्रमण गर्दा शिवसताक्षी नगरपालिका ११ दुधे बस्ने ४५ बर्षीय मेघराज राईको मृत्यु भएको हो । मध्यरातमा हात्तीले घर भत्काउन थालेपछि धपाउने क्रममा हात्तीले राईलाई आक्रमण गरेको थियो । राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । हात्तीको तोडफोडबाट एक लाख पचास हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि दमक अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

Read More

शिवसताक्षी, १२ पुस । झापा शिवसताक्षीको दूधेमा रहेको सेवारो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आज दूधे स्थित भुपु सैनिक संघको प्राङ्गणमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाले ४ करोड, ४४ लाख २ हजार १४९ रकम बराबरको वासलत सार्वजनिक गरेको छ । संस्थामा हाल ५६७ सदस्य रहेकोमा ६४ लाख ९६ हजार ३०० शेयर पुँजी रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । संस्थाबाट ३ करोड, ५० लाख ४२ हजार ०७ रुपैया लगानी भएको र हाल संस्थामा ३ करोड २७ लाख ८४ हजार २८९ बचत रकम रहेको सेवारो बचत तथा…

Read More

शिवसताक्षी, १२ पुस । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ ले वडाका अपाङ्ग तथा विपन्न परिवारका सदस्यहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाले अपाङ्ग तथा विपन्न परिवारका घरमै गएर जाडोमा लगाउने ज्याकेट वितरण गरेको हो । वडाध्यक्ष विष्णु प्रसाद प्रसाईले वडामा रहेका अपाङ्ग नागरिकहरु हिड्डुल गर्न नसक्ने भएकाले पनि घरमै गएर न्यानो कपडा वितरण गरेको बताए । उनका अनुसार २८ जनालाई ज्याकेट वितरण गरिएको हो । वडा नं. ४ मा अधिकांश आदिबासी समुदायहरुको बसोबास भएको विपन्न परिवारको संख्या धेरै छ । वडाले अपाङ्ग र अति विपन्न परिवारका सदस्यलाई छनोट गरी घरमै गएर वितरण गरिएको उनले बताए । वडामा भएका…

Read More

शिवसताक्षी, १२ पुस । शिवसताक्षी नगरपालिका वडा नं. १ वडाका १५ जना सुत्केरीहरुलाई सुत्केरी महिलाहरूलाई पौष्टिक तत्वयुक्त खानेकुरा वितरण गरिएको छ । वडाले सुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन पौष्टिक तत्त्वयुक्त खानेकुरा र सरसफाइका सामाग्री राखी वितरण गरेको हो । सुत्केरी पोषण कार्यक्रम अन्तर्गत वडाका सुत्केरीहरुलाई झुल, ध्यू, हर्लिक्स लगायतका सामग्री वितरण गरेको हो । गएको श्रावण महिना यता सुत्केरी भएका महिलाहरुको स्वाथ्य ख्याल गर्दै उनीहरुलाई आवश्यक खाद्य पदार्थ वितरण गरेको वडाध्यक्ष लक्ष्मी जेम्जोङ्गले बताए । वडा कार्यालयमा सुत्केरी भएको जानकारी गराएका महिलाहरुलाई पहिलो चरणमा सुत्केरी पोषण वितरण गरिएको हो । वडा सचिव नन्दिकिशोर भट्टराईले भने, वडाले अब…

Read More

बुद्धशान्ति, १२ पुस । झापाको बुद्धशान्ति गाउँपालिकाको तेह्रौं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा गाउँसभा बसेको हो । गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम १३ औं गाउँ अधिवेशन सञ्चालन गरिएको जनाइएको छ । सभामा प्रमुख प्रसाशकीय अधिकृत बिनोद पोखरेले सचिवको भूमिका निर्वाह गरेका थिए । गाउँ सभामा उपाध्यक्ष भवानी खतिवडा, वडा नं १ का वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता अनिल वाग्लेले सभामा समसामयिक बिषयमा गाउँसभाका सदस्यहरूले उठाएका विषयहरुमाथी सहजीकरण गरेका थिए । सभामा वडा नं ३ का वडा सदस्य तिलनाराण रिजाल, वडा नं ६ की वडा सदस्य प्रमिला परियार, वडा नं १…

Read More

फिदिम, १२ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ठूलो भ्रष्टाचारका काण्डहरुमा ठूला नेताहरुको हात रहेको दाबी गरेका छन् । नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भ्रष्टाचारको काण्डमा नेताहरुको नाम मुछिएपछि ढाकछोप गरिएको बताए । ‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो,’ पार्टीको केन्द्रीय समिति बैठक छाडेर पाँचथर पुगेका कोइरालाले भने, ‘एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ ।’ देशमा दलका नेता, व्यापारी र कर्मचारीहरु मिलेर ठूला–ठूला भ्रष्टाचार गरेको उनको आरोप छ । उनले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने बताए । देशलाई निकास दिन प्रधानमन्त्री परिवर्तन गर्न कोसिस भइरहेको कोइरालाको भनाइ थियो ।…

Read More

कालीस्थान, १२ पुस । कालिकापीठ कालीस्थानको १९ औं बार्षिक अनुष्ठान अन्तरगत श्रीमद्ब्रम्ह महापुराण एवं धनधान्याचल महायज्ञ सम्पन्न भएको छ । ब्यासाचार्य रघुनाथ रिजालको प्रमुख आतिथ्य एवं कालिकापीठका अध्यक्ष ज्यो पं लक्ष्मीप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा दानदाता भारत सिलगढी निवासी ललित अग्रवाललाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको छ । कार्यक्रममा श्रीमद्ब्रम्हमहापुराणका उपवाचक कृष्णराज भण्डारी, यज्ञाचार्य तोयानाथ खनाल, कालीस्थान बौद्ध चक्र गुम्बाका अध्यक्ष सन्तबहादुर तामाङ, कालिका सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, गुरुकुल शिक्षा परिषद अध्यक्ष डिल्लीराम दाहाल, गायक राम ढुङ्गाना, कालिका मातृ समूहका अध्यक्ष तारा गिरी, कालीस्थान पण्डित समूहका ओमप्रकाश मिश्र, कालिकापीठका सल्लाहकार सिता श्रेष्ठ, मिना दवाडी, पर्शुराम कटुवाल लगायतको आतिथ्य रहेको…

Read More