
शिवसताक्षी, १२ पुस । शिवसताक्षी नगरपालिका वडा नं. १ वडाका १५ जना सुत्केरीहरुलाई सुत्केरी महिलाहरूलाई पौष्टिक तत्वयुक्त खानेकुरा वितरण गरिएको छ ।
वडाले सुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन पौष्टिक तत्त्वयुक्त खानेकुरा र सरसफाइका सामाग्री राखी वितरण गरेको हो । सुत्केरी पोषण कार्यक्रम अन्तर्गत वडाका सुत्केरीहरुलाई झुल, ध्यू, हर्लिक्स लगायतका सामग्री वितरण गरेको हो ।
गएको श्रावण महिना यता सुत्केरी भएका महिलाहरुको स्वाथ्य ख्याल गर्दै उनीहरुलाई आवश्यक खाद्य पदार्थ वितरण गरेको वडाध्यक्ष लक्ष्मी जेम्जोङ्गले बताए ।
वडा कार्यालयमा सुत्केरी भएको जानकारी गराएका महिलाहरुलाई पहिलो चरणमा सुत्केरी पोषण वितरण गरिएको हो । वडा सचिव नन्दिकिशोर भट्टराईले भने, वडाले अब ३÷३ महिनामा सुत्केरी पोषण वितरण गर्नेछ ।

हाल १५ जनालाई १ थान झुल, १ केजी घ्यू, १ थान हर्लिक्स, साबुन वितरण गरेको वडा नं. १ को कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



