
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ६ मंसिर । झापाको दमक नगरपालिका–३ स्थित हम्से दुम्से सामुदायिक वनमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–३ भुटानी शरणार्थी शिविर सेक्टर नम्बर बी टू, हट नम्बर २५२ बस्ने ७२ वर्षीय पदमलाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । मंगलबार बिहान ११ः३० बजे साइकल लिएर सामुदायिक वनभित्र दाउरा काट्न गएका तामाङ बेलुका अबेरसम्म नफर्किएपछि आफन्तले खोज्न जाँदा हात्तीले किचेर मारेको अवस्थामा फेला परेका थिए । वनभित्र हात्तीले किचेर मान्छे मारेको अवस्थामा फेला परेको भन्ने सूचना पाएपछि प्रहरी चौकी बाघखोर र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले कानूनी प्रक्रिया…
झापा, ६ मंसिर । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारिने र खाग, खुर पनि गायब हुने घटना भएपछि त्यसको अनुसन्धान विभिन्न पक्षबाट भइरहेको छ । पेसेवर सिकारी नै त्यसमा संलग्न भएको प्रारम्भिक निष्कर्षसहित अनुसन्धानको पाटो यसअघि यस्ता घटनामा संलग्न भई पक्राउ परेका, दोषी प्रमाणित भई थुनामा रहेका र कैद भुक्तान गरी बाहिरिएका व्यक्तितिर सोझिएको छ । चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार २०५८ यता गैँडा मारेको अभियोग लागेका ८८ जना त फरार नै छन् । २०६० यता १३३ जनाले कैद भुक्तान गरेका छन् । तर यसरी फरार रहेका वा जेल भुक्तान गरेका कति जना पुनः यो पेसामा फर्किए भन्ने तथ्याङ्क निकुञ्जसँग छैन…
झापा, ६ मंसिर । देशभरबाट राजधानी आउनेमाथि कडा निगरानी शुरू भएको छ । सुरक्षा निकायले राजधानीमा साना हतियार भित्रिएको आशंका गर्दै उच्च सतर्कता अपनाएको छ । भोलि मंसिर ७ गते एकै दिन काठमाडौंको तीनकुने र बल्खुमा राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति नागरिक बचाउ महाअभियान घोषणाको आह्वान गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र ‘भ्रष्टाचार, अनियमितता र सामाजिक अराजकताविरुद्ध’ नेकपा एमालेका भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले प्रदर्शन गर्ने भएपछि उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको हो । प्रहरीले उपत्यका प्रवेश गर्ने सबै नाकामा सवारीसाधनको विशेष चेकजाँच शुरू गरेको छ । विशेष गरी मोटरसाइकलबाट साना हतियार भित्रन सक्ने आशंका गर्दै प्रहरीले मोटरसाइकल र…
झापा, ६ मंसिर । बैंकहरूले एउटै प्रकारका कर्जामा पनि फरकफरक किसिमका ब्याजदर कायम गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले यसमा कडाइ गरेको छ । केन्द्रीय बैंकले कर्जाको ब्याजमा अधिक भिन्नता हुन नदिन एउटै किसिमको कर्जामा २ प्रतिशतभन्दा माथि ब्याजदर बनाउन नपाउने प्रावधान बनाएको हो । बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा लगानी र ब्याजदरको विषयमा नेपाल राष्ट्र बैंकले एकै प्रकारका कर्जामा ऋणीहरूबीचको ब्याजदरअन्तर २ प्रतिशतभन्दा बढी पार्न नपाइने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एकै प्रकारका कर्जामा समेत ग्राहकहरूका बीच ब्याजदरमा अत्यधिक असमानता देखिएकाले यस्ता कर्जा प्रदान गर्दा ग्राहकको जोखिम विश्लेषण गरी २…
कनकाई, ६ मंसिर । झापाको बिर्तामोड—४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस) को २३औं वार्षिक साधारण सभा अन्तर्गत इकाइ–७ को इकाइगत साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षता एवम्ं कनकाई नगरपालिका वडा नं. ३ का वडाध्यक्ष युवराज चम्लागाईँको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा उत्कृष्ट बचत कर्ता तर्फ बिमला पाठक (सुरुङ्गा), सीतादेवी विश्वकर्मा (शरणामति), रमेश शाह (शिवगञ्ज), नविन बस्नेत (बैगुनधुरा), अनुज रोक्का (झिलझिले) लाई सम्मान गरिएको छ । उत्कृष्ट ऋणीतर्फ सावित्रा खत्री (सुरुङ्गा), सावित्री राजवंशी (शरणामति), देवीप्रसाद खरेल (शिवगञ्ज), सुनिलकुमार दास (बैगुनधुरा) र भगवती बि.क. (झिलझिले) लाई सम्मान…
इलाम, ५ मंसिर । आगामी माघ ६ देखि प्रथम ‘इलाम गोल्डकप’ हुने भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा इलाम सदरमुकाममा माघ ६ देखि १३ गतेसम्म गोल्डकप गर्न लागिएको हो । ठूलो टुँडिखेलमा हुने प्रथम इलाम गोल्डकपमा आयोजकसहित ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरीसहित आठ वटा टोली सहभागी हुने आयोजक क्लबका सचिव प्रकाश घिमिरेले बताउनुभयो । प्रतियोगितामा सहभागी हुने केही टिमको टुङ्गो लाग्न बाँकी रहेको आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले पाँच लाख र उपविजेताले तीन लाखसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
झापा, ५ मंसिर । आर्थिक मन्दीका कारण झापाका इँटा उद्योग धराशयी भएका छन् । उद्योगीहरु कोभिड–१९ को महामारी खेपेलगत्तै वित्तीय सङ्कट थपिएकाले व्यवसायबाटै पलायन हुने अवस्था आएको बताउँछन् । झापा इँटा उद्योग सङ्घका अध्यक्ष गुणराज थापा जिल्लाका २३ वटा इँटा उद्योगमध्ये आर्थिक मन्दीका कारण १६ वटा बन्द भएको र चलिरहेका उद्योगले समेत ७० प्रतिशत उत्पादन कटौती गरिसकेको बताए। जिल्लाको हल्दिबारी, बाह्रदशी, विर्तामोड, गौरादह, कमल, दमक, मेचीनगर र गौरीगञ्जमा इँटा उद्योगहरु सञ्चालनमा रहेका छन् । यहाँ उत्पादित इँटाले जिल्लाबाहिर इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ र सुनसरीसम्म बजार ओगटेको थियो । दमकको गरिमा टायल्स उद्योग र गौरादहको ए–वान इँटा उद्योगका प्रोपाइटरसमेत रहेका थापाले…
बिर्तामोड, ५ मंसिर । बैंकिङ कसुर मुद्दामा फरार बिर्तामोड नगरपालिकाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–५ घर भई हाल बिर्तामोड–१ निवासी ५५ वर्षीया मिना तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । उच्च अदालत विराटनगर इलाम इजलासले गत जेठ १० गते बैंकिङ कसुर मुद्दामा २ दिन कैद, २ दुई लाख जरिवाना र पीडित राहत कोषमा ८ हजार जम्मा गर्नु पर्ने फैसला सुनाएको थियो । उक्त फैसला भएदेखि फरार रहेका फरार उनलाई मंसिर ३ गते पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र जरिवाना…
झापा, ५ मंसिर । आज सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज तोलामा पाँच सय रुपौयाँले सुनको मूल्य बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो । सोमबार छापावाल सुनको भाउ १ लाख १५ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार १५० रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय ५५…
झापा, ६ मंसिर । झापाको मेचीनगर–११ बासबारीमा हात्तीले घरको पर्खाल भत्काएर धान–चामल नष्ट गरेको छ । मंगलबार राति चारआली जंगलबाट आएको एक वटा हात्तीले सोही स्थानका विशाल साही दाहालको टिनको छाना भएको एक तले अर्ध पक्की घरको पर्खाल भत्काएर घरभित्र राखेको धान करिब ४ सय, चामल २ सय केजी नष्ट गरेको हो । हात्तीले पर्खाल भत्काएर धान–चामल नष्ट गर्दा करिब ९० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।