झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

खोटाङ, १ कात्तिक । जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी ९एनेस्थेसिया सहायक० रुद्र ढुङ्गाना आफैं बिरामी भएपछि उक्त सेवा ठप्प भएको हो । ‘ढुङ्गाना उपचारका लागि काठमाडौँ जानुभएको छ । उहाँ उपचारका लागि जानुभएपछि अस्पतालले प्रसूति सेवा बन्द भएको बारे सूचना जारी गरेको छ । गत असोज ३० गते जारी गरिएको सूचनामा भनिएको छ, ‘अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला अस्पतालमा सुत्केरी र शल्यक्रिया सेवा बन्द भएको छ ।’ जिल्ला अस्पतालका निमित्त प्रमुख डा चतुरानन्द यादवले कार्यरत एकमात्र स्वास्थ्यकर्मी बिरामी…

Read More

ताप्लेजुङ, १ कात्तिक । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा तीर्थयात्रीको घुइँचो लागेको छ । मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजाआराधना तथा मन्दिरको दर्शनका लागि दर्शनार्थीको घुइँचो लागेको हो । मङ्गलबार एकै दिन दुई हजार पाँच सय ५५ दर्शनार्थी पाथीभरा माताको दर्शन गर्न पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । नवरात्र सुरु भएसँगै मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको हो । नवरात्र सुरु भएयता करिब पाँच हजार बढी तीर्थयात्री पाथीभरा आएका छन् । यो वर्षदेखि पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या यकिन गर्नका लागि व्यक्ति गणना (फेस काउण्ट) गर्ने सिसी क्यामेरा जडान गरिएको छ । नवरात्रका समयमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले…

Read More

झापा, १ कात्तिक । कोशी प्रदेशमा नेपाली कांग्रेसमा भएको विद्रोह २०५१ सालयताको सबैभन्दा ठूलो हो । २०५१ सालमा नेपाली कांग्रेसमा कोइराला परिवारका विरुद्धमा विद्रोह भएको थियो । तर, यसपटक कोइराला परिवारका सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाका विरुद्धमा विद्रोह गरेका छन् । डा. शेखरको आडमा नेपाली कांग्रेसका नेता केदार कार्कीले नेकपा ९एमाले० को समर्थन जुटाएर सरकार गठन गरे । कांग्रेस र एमालेका एक एक जनालाई मन्त्री बनाएर सपथ ग्रहण पनि गरे । योसँगै संघ र अरू प्रदेशमा विपक्षमा रहेको एमाले कोसीमा ‘किङ मेकर’ बन्ने हो कि भन्ने आशंका कांग्रेसवृत्तमा पनि देखिएको छ । वर्तमान गठबन्धन बनेको बेला कोशीको मुख्यमन्त्री…

Read More

झापा, १ कात्तिक ।पछिल्ला घट्नाघट्ना नं १ – असोज २९ गते नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर ७० हजार रुपैया घुस सहित पक्राउ परे घट्ना नं २ – असोज १५ गते चन्द्रागिरि नगरपालिका काठमाडौका असिष्टेन्ट सब इञ्जिनियर विजयलक्ष्मी पन्त २५ हजार घुस सहित पक्राउ घट्ना नं ३ – असोज १२ गते भुमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी १ लाख ५० हजार घुस सहित पक्राउ घट्ना नं ४ – विष्णुपुर गाउपालिकामा कार्यरत लेखापाल टेकनारायण यादव २ लाख रुपैया घुस सहित पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशन टोलीले विशेष सूचनाका आधारमा विभिन्न…

Read More

बिर्तामोड, १ कात्तिक । साहित्य चौतारी झापाले दिवङ्गत श्रष्टा सर्जकलाई स्मरण गर्दै दीप प्रज्वलन गरेको छ । २०५६ असार ३१ देखियता दिवङ्गत भएका कार्य समिति सदस्य, सल्लाहकार, निर्णायक, प्रमुख तथा विशेष अतिथि, पुरस्कृत, सम्मानित एवम् अभिनन्दित ५० जना व्यक्तित्वको सम्मानमा साहित्य चौतारीले दीप प्रज्वलन गरेको हो । आफ्नो सिर्जनशील प्रतिभाका माध्यमबाट भाषा, कला, संगीत र संस्कृतिको संरक्षणमा योगदान गर्ने व्यक्तित्वहरुको सम्मानमा पितृ पक्ष सोह्र श्राद्धको अवसरमा दीप प्रज्वलन गरी रचना वाचन, गायन तथा योगदानको चर्चा परिचर्चा गरिएको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । संरक्षक श्रेष्ठका अनुसार साहित्य, संगीत र कलाको माध्यमबाट साहित्य चौतारीको श्रीवृद्धिमा प्रत्यक्ष परोक्ष योगदान गर्ने…

Read More

झापा, १ कात्तिक । नवरात्रको चौँथो दिन आज देवालयहरुमा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५…

Read More

शिवसताक्षी, ३० असोज । झापाको शिवसताक्षीमा भएको झापा नगरस्तरीय पाराबारी भेट्रान क्लबको उपाधि बिर्तामोड भेट्रान क्लबले उचालेको छ । उर्लाबारी भेट्रान क्लबलाई ट्राइबेकरमा हराउँदै बिर्तामोड भेट्रान क्लबले उपाधि हात पारेको हो । खेलको २९ मिनेटमा उर्लाबारीको तर्फबाट जर्सी नं. ११ का धनबहादुर मगरले पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए । अत्यत्न प्रतिश्पर्धामक रहेको खेलको ३२ औं मिनेटमा विर्तामोडका तर्फबाट जर्सी नं. ७ का सन्तोष राईले गोल गर्न सफल भएपछि खेल बराबरीमा रहयो । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा ४ – २ गोल अन्तरले विर्तामोडले उपाधि हात पार्न सफल भयो । विजेता टिमले…

Read More

बिर्तामोड, ३० असोज । बिर्तामोड नगरपालिकाले वडा नम्बर–३ स्थित बिर्ता बजारमा अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा आज खाद्यन्न तथा मासु पसलहरुको अनुगमन गरिएको हो । अनुगमनमा केहि डेट एक्सपायर पेय पदार्थ फेला परेको थियो । अर्विन आछामेले सन्चालन गरेको अम्बिका किराना पसलमा भारतीय ब्राण्डको केही थान ‘निम्बु फ्रेस’ म्याद नाघेको तर बिक्रीका लागि राखिएको फेला परेको थियो । अनुगमन टोलीले म्याद नाघेको अखाद्य वस्तु जफत गरी आगामी दिनमा यस प्रकारको गल्ती दोहोरिन नदिन सचेत गराएको छ । यस्तै, गणेश फ्रेस हाउस दुर्गन्धित रहेको पाइएकोले सरसफाईमा ध्यान दिन निर्देशन गरिएको छ । अनुगमनका क्रममा अधिकांशले नगरमा व्यवसाय…

Read More

झापा, ३० असोज । सरल नेपाली भाषामा लेखिएको दुर्गासप्तशती चण्डीको मंगलबार विराटनगरमा विमोचन गरिएको छ । संस्कृत भाषामा सात सय श्लोकमा लेखिएको मूल गन्थ्रलाई नेपालीमा पनि जस्ताको तस्तै अनुवाद गरिएको सो पुस्तकको विमोचन गरिएको हो । प्राडा चन्द्रमणि नेपाल, प्राडा मेदिनी शर्मा नेपाल, डा बाबुराम तिमल्सेना, कविराज न्यौपाने, अनुवादक एकनाथ ढकाल, प्रकाशिका राधा ढकाल, समाजसेवी गणेश पोखरेलले सो पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् । सनातन धर्म सेवा समिति विराटनगरको आयोजनामा भएको कार्यक्रममा प्राडा चन्द्रमणि नेपालले जसोतसो संस्कृतका श्लोक पाठ गर्ने तर अर्थ नबुझ्ने तथा संस्कृत पाठ गर्दा नसक्ने पाठकका लागि यो गन्थ महान मनचिन्ते उपहार भएको दावी गरे ।…

Read More

कनकाई, ३० असोज । राजवंशी समाज विकास समिति अन्तर्गत राजवंशी धर्म संस्कार विकास समितिको प्रथम झापा जिल्ला सम्मेलन आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सम्मेलन आयोजक समितिका संयोजक देवचरण राजवंशीको अध्यक्षता र राजवंशी समाज विकास समिति झापाकी अध्यक्ष नौताली राजवंशीको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीको विशेष उपस्थिति थियो । झापाका दुई सयभन्दा बढी राजवंशी (गुरुगसाई) कुल गुरुहरुको उपस्थितिमा झापाको कनकाई–८ लक्ष्मीपुरमा सम्मेलन सम्पन्न भएको हो । राजवंशीका कुल गुरुहरु गुरुगसाइ, गाइन, रावणीया, माली, पाञ्जियारहरुको उपस्थिति रहेको थियो । राजवंशी समुदायको जन्म, विवाह र मृत्यु संस्कारमा एकरुपता…

Read More