झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मोरङ, २५ असोज । जिल्ला प्रहरी कार्यालय मोरङले लुटपाटमा संग्लग्न रहेका दुई जनालाई पक्राउ गरेको छ । असोज २२ गते बिराटनगर–१२ का रविकुमार साह सुडीलाई बिराटनगर–११ मा रोकेर ‘हामी प्रहरी हौ’ भन्दै नियन्त्रण लिई लुटपाट गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न दुई जनालाई असोज २४ गते पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिराटनगर–१ का ३८ वर्षीय दीपक तामाङ र बिराटनगर–४ का सुनिल थापा रहेका छन् । पक्राउ परेका यी दुबै जनाले सुडीलाई घर नजिकैबाट पिछा गरेको र बिराटनगरको रोडसेष चोकमा पुगेपछि मोटरसाइकल रोक्न लगाई हामी प्रहरी हौ भनी बिराटनगरको हनुमान मन्दिर छेउमा लगी…

Read More

बिर्तामोड, २५ असोज । बिर्तामोड वडा नम्बर ५ जारी चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा आज भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा बिर्तामोड वडा नम्बर ७ लाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड–५ सेमिफाइनलमा प्रवेश हो । आजको खेलमा एक मात्र गोल गर्दै टिमलाई जित दिलाएका बिर्तामोड–५ का खेलाडी विक्की चौधरी ‘म्यान अफ दि म्याच’ चुनीए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेनले पुरस्कार प्रदान गर्नुभएको थियो । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५०…

Read More

झापा, २५ असोज । नेपाली युवा टोलीले एसिसी यू–१९ प्रिमियर कपमा जितको सुरुआत गरेको छ। मलेसियामा आजदेखिदेखि सुरु प्रिमियर कपमा इरानलाई २ सय ७४ को फराकिलो रनले पराजित गर्दै नेपालले विजय सुरुआत गरेको हो। नेपालले दिएको ३ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा मात्र ७९ रन बनाउँदा अलआउट भयो ।

Read More

झापा, २५ असोज । इजरायलमा रहेका नेपालीलाई आज राति ल्याइने भएको छ । नेपाली लिन इजराइल गएको नेपाल एयरलाइन्सको विमान आज राति ९ बजे काठमाडौं अवतरण गर्ने भएको छ। हिजो राति पुगेको ए ३३० विमान नेपाली विद्यार्थी लिएर काठमाडौं फर्कने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। प्लोस्टाइन विद्रोही समूह हमासले असोज २० गते इजरायलका विभिन्न स्थानमा आक्रमण गर्दा १० नेपालीको मृत्यु भएको थियो भने सो क्षेत्रमा रहेका ५० भन्दा धेरैको उद्धार भएको थियो । इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ। इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको कारण ज्यान गुमाएका नेपालीको शव ल्याउन भने ढिलाइ हुने…

Read More

कनकाई, २५ भदौ । झापाको कनकाईबाट प्रकाशित कनकाई खबर साप्ताहिक छैटौं वर्षमा प्रवेश गरेको छ । झापाका पालिकाहरुलाई प्राथमिकतामा राखेर गतिविधि गरिरहेको कनकाई खबर आजसम्मको यात्रामा प्रेस काउन्सील नेपालको मुल्यांकनका आधारमा स्थानीय (क) श्रेणीमा पर्न सफल भएको छ । कनकाई खबरलाई थप व्यवस्थित बनाएर सञ्चालन गर्ने अभियानमा निरन्तरता दिँदै जाने प्रतिवद्धता जनाउँदै सम्पादक राम निरौलाले वार्षिकोत्सवको अवसरमा सम्पूर्ण अग्रज महानुभावहरु, पाठक, लेखक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक एवं सञ्चार माध्यममा आबद्ध पत्रकार साथै सम्पूर्ण सहयात्रीहरूप्रति विशेष आभार प्रकट गरेका छन् ।

Read More

झापा, २५ असोज । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगिताअन्तर्गत नेपाल आज लाओससँग भिड्दै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा लाओससँग प्रतिस्पर्धा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप एसिया क्षेत्र छनोट यात्रा सुरु गर्ने भएको हो। फिफा वरीयतामा नेपाल १७५औँ स्थानमा छ भने प्रतिस्पर्धी लाओस १८६औँ स्थानमा छ। नेपालले गत चैतमा घरेलु मैदानमा भुटान र लाओससम्मिलित त्रिकोणात्मक सिरज खेलेको थियो। जसमा नेपालले लाओसलाई समूह चरणमा २–० ले हराएको थियो भने फाइनलमा २–१ को जित हासिल गरेको थियो। एसिया क्षेत्र छनोटअन्तर्गत पहिलो लेगमा नेपालले घरेलु मैदानमा खेल्न लागेको हो। यसपछि अर्को खेलका लागि भने…

Read More

झापा, २५ असोज । झापामा डेढ महिनाभित्र १० मेगावाट सौर्य ऊर्जा उत्पादन हुने भएको छ । झापा इनर्जी लिमिटेडद्वारा शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा निर्माणाधीन अवस्थामा रहेको झापा इनर्जीको निर्माण कार्य डेढ महिनाभित्र सकिने र बिजुली उत्पादन हुने भएको हो । ७९ करोड ८० लाख रुपैयाँको लगानीमा ४ बर्ष अघि शुरु भएको परियोजना दुई बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य भएपनि कोभिड महामारी र आर्थिक मन्दीका कारण केही ढिला भएको कम्पनीका प्रबन्ध निर्देशक सुवास भट्टराईले जानकारी दिए । परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने समय डेढ महिना ढिलो भएको उनले बताए । करिब ७०० शेयर सदस्यको सामूहिक २२ करोड र बैंकको ५७ करोड…

Read More

झापा, २५ असोज । वन तथा वातावरण मन्त्रालयले देशभर संरक्षित क्षेत्रभित्र जलविद्युत् गृह, होटेल, केबुलकार, रिसोर्टजस्ता भौतिक संरचना निर्माण गर्न सहज हुनेगरी कार्यविधि तयार पारेको छ । ‘संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८०’ मस्यौदामा आयोजना सञ्चालनका लागि संरक्षित क्षेत्र प्रयोग गरेबापत समान भौगोलिक अवस्था भएको ठाउँको जग्गा सट्टाभर्ना गर्न सक्ने प्रावधान राखिएको छ । निजी कम्पनीहरूले आयोजना सञ्चालनका लागि संरक्षित क्षेत्रको जग्गा चलाउन पाउने र त्यसबापत समान भौगोलिक क्षेत्रमा रहेको जग्गा सट्टाभर्ना गर्न सक्ने मस्यौदामा उल्लेख छ । विज्ञहरूले प्रस्तावित मस्यौदा पारित भए संरक्षित क्षेत्र निजी कम्पनीले हात पार्ने, सट्टाभर्नाका नाममा अनुत्पादक जग्गाको दायित्व सरकारमा आउन सक्ने र संरक्षित क्षेत्र जोखिममा पर्ने भन्दै…

Read More