झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ असोज । दुई महिनाको अवधिमा चार लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुुई महिना (साउन, भदौ) मा इन्धन (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन, ग्यास) को आयात १९ प्रतिशतले बढेर ३९ अर्ब १२ करोड रुपियाँ बराबरको चार लाख १९० किलोलिटर इन्धन आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा तीन लाख ८९ हजार ८२० किलोलिटर इन्धन आयात भएको थियो । बजारमा इन्धनको खपत बढेसँगै आयातमा वृद्धि भएको हो । नेपाल आयल निगमको तथ्याङ्क अनुसार दुई महिनाको अवधिमा सबैभन्दा धेरै डिजेल एक लाख ७० हजार १११ किलोलिटर आयात भएको छ ।…

Read More

मानेभञ्ज्याङ (भारत), २४ असोज । बिएसके जलपाइगुडी सातौ मानेभञ्ज्याङ गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा कञ्चनजंघा एफसी सिलिगुडी माथि ७–२ गोल अन्तरको फराकिलो जितका साथ जलपाइगुडीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) सुरक्षित गरेको हो । खेलको सुरुवातबाट दबाब बनाएको जलपाइगुडीले ५ औ मिनेटमा अग्रता बनाउन सफल रहयो । करण राईले जलपाइगुडीका लागि फ्रिकिक मार्फत पहिलो गोल गरे । १९ औ मिनेटमा सिलिगुडीले खेल बराबरी गर्न सफल रहयो । १९ औ मिनेटमा अनिश राईले फ्रिकिक मार्फत गोल गरेका थिए । २३ औ मिनेटमा करणले व्यक्तिगत दोश्रो गोल गरे । २६ औ मिनेटमा पेनाल्टी…

Read More

झापा, २४ असोज । झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले लागूपदार्थ खैरो हिरोइनसहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१२ घर भई बिर्तामोड–२ मा डेरा गरी बस्दै आएका ३९ वर्षीय विशाल पाण्डे रहेका छन् । भारतबाट स्कुटर चढेर आउँदै गरेका पाण्डेले जुत्तामा लुकाएर १० ग्राम ५ सय मिलिग्राम खैरो हिरोइन लिएर आएको प्रहरी स्रोतले जनाएको छ । उनलाई लागु औषध नियन्त्रण ब्यूरो कार्यालय शाखा काँकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

Read More

बिर्तामोड, २४ असोज । बिर्तामोड वडा नम्बर ६ जारी चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा आज भएको खेलमा बिर्तामोड वडा नम्बर ९ लाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड–६ क्वाटरफाइनलमा प्रवेश हो । बिर्तामोड–६ का लागि नरेश तामाङको प्रहार गोलमा परिणत भएको थियो । ४१ औं मिनेटमा उनले गरेको प्रहार डि एरिया भित्र रहेका बिर्तामोड–९ का खेलाडीलाई टच गर्दै ‘अन गोल’ भएको थियो । निर्धारीत ७० मिनेटको खेलको पहिलो हाफमा भने दुवै टोलिले गोल गर्न सकेन्न । दोस्रो हाफको सुरुवाती ६ मिनेटमा अग्रता बनाएको बिर्तामोड–६ ले खेलमा थप गोल गर्न भने…

Read More

झापा, २४ असोज । चाडपर्वलाई लक्षित गर्दै झापाको सीमावर्ती क्षेत्रमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । झापा मेचीनगर नगरपालिका–६ स्थित नेपाल–भारत सीमा नाका काँकरभिट्टामा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान २०८०’ अन्तर्गत तालिमप्राप्त कुकुर परिचालन गरिएको हो । सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिविधि नियन्त्रणका लागि २ वटा तालिम प्राप्त कुकुरसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारतीको टोलीले Dog Sniffing कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ, २४ असोज । परराष्ट्र मन्त्रालयले इजरायलमा बेपत्ता नेपाली विद्यार्थीको खोजी जारी रहेको बताएको छ। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले कञ्चनपुरका विद्यार्थी विपिन जोशीको खोजी भइरहेको बताइन्। बेपत्ताको खोजीबारे सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता लम्सालले त्यहाँ विभिन्न माध्यमबाट ती विद्यार्थीको खोजी गरिरहेको र अहिले नै सबै कुरा भन्न नमिल्ने बताइन्।नेपालखबर गएको शनिबार गाँजा क्षेत्रमा प्यालेस्टाइनी विद्रोहीले गरेको आक्रमणका क्रममा १० जना विद्यार्थीको निधन भएको थियो। सोही घटनामा परी सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन सम्पर्कविहीन भएका छन्।नेपालखबर

Read More

झापा, २४ असोज । भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा वयस्क हात्ती मृत फेला परेको छ। डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेको बताइन्। उनका अनुसार स्थानीयले हात्ती मृत फेला परेको खबर गरेसँगै वनको टोली घटनास्थलमा पुगेको छ। कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट हात्ती विज्ञ टोली आउँदै गरेको उनले जानकारी दिइन्। टोली आएपछि मात्र हात्ती मरेको हो या मारिएको भन्ने पत्ता लाग्ने उनको भनाइ छ।रासस

Read More

एजेन्सी, २४ असोज । ्रपाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको छुट्टाछुटुटै कारबाहीमा दुई आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। सेनाले प्रान्तीय डेरा इस्माइल खान जिल्लाको जासुसी–आधारित कारबाहीमा दोहोरो भिडन्तमा एक आतंककारीलाई मार्न सफल भएको सेनाको मिडिया शाखाले इन्टर सर्भिस पब्लिक रिलेसनले विज्ञप्तिमा उल्लेख गरेको छ। मारिएका आतङ्ककारी आतङ्ककारी हमला तथा सुरक्षा बलविरुद्ध गतिविधिमा सक्रिय रहेको सेनाले जनाएको छ। यसैगरी, उत्तरी वाजिरिस्तान जिल्लामा आतङ्ककारीसँग भएको अर्को भिडन्तमा सेनाले लुकेर बसेका अर्का आतङ्ककारीलाई मारेको जनाएको छ। उक्त आतंककारीबाट हतियार र गोलाबारुद बरामद गरेको पनि सेनाले बताएको छ।

Read More

काठमाडौँ, २४असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा जारी काभा च्यालेन्ज कपमा नेपालले दोस्रो जित हात पारेको छ। बुधबार श्रीलंकाको कोलोम्बोमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हराउँदै दोस्रो जित निकालेको हो। नेपालले पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको थियो। त्यसपछिका दुई सेट भने नेपालले लगातार गुमायो। दोस्रो सेट २६–१९ ले गुमाएको नेपालले तेस्रो सेट पनि २५–२२ ले गुमाउन पुग्यो। तर प्रतिस्पर्धात्मक खेलको चौथो सेट नेपालले २५–२१ ले आफ्नो पक्षमा पार्दै खेललाई पाचौँ सेटसम्म पुर्याएको थियो। निकै प्रतिस्पर्धात्मक पाचौँ तथा निर्णायक सेटमा नेपालले १५–१० ले हराउँदै खेल आफ्नो पक्षमा पारेको हो। नेपालले अब शुक्रबार साउदी अरेबियासँग खेल्नेछ। राउण्ड…

Read More

काठमाडौँ, २४ असोज । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा कैद छुट पाएका योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै प्रदर्शन गरेका छन् । बुधवार महिला अधिकारकर्मीहरूले कैद छुट फिर्ता गरी ढकाललाई जेल चलान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । उनलाई कैद मिनाहा दिइएको भन्दै मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनसनरत छिन् । उनीहरुले चेतन मानन्धरको आत्मालाई शान्ति दिन माग गर्दै शान्तिपूर्ण खबरदारी विरोध र्‍याली गरेका छन् । नेपालगन्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाल ९रिगल० लाई सरकारले संविधान दिवसको अवसर पारेर बाँकी कैद मिनाहा गरेको थियो । रिगल २०७२ असार २८…

Read More