
एजेन्सी, २४ असोज । ्रपाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको छुट्टाछुटुटै कारबाहीमा दुई आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ।
सेनाले प्रान्तीय डेरा इस्माइल खान जिल्लाको जासुसी–आधारित कारबाहीमा दोहोरो भिडन्तमा एक आतंककारीलाई मार्न सफल भएको सेनाको मिडिया शाखाले इन्टर सर्भिस पब्लिक रिलेसनले विज्ञप्तिमा उल्लेख गरेको छ।
मारिएका आतङ्ककारी आतङ्ककारी हमला तथा सुरक्षा बलविरुद्ध गतिविधिमा सक्रिय रहेको सेनाले जनाएको छ।
यसैगरी, उत्तरी वाजिरिस्तान जिल्लामा आतङ्ककारीसँग भएको अर्को भिडन्तमा सेनाले लुकेर बसेका अर्का आतङ्ककारीलाई मारेको जनाएको छ। उक्त आतंककारीबाट हतियार र गोलाबारुद बरामद गरेको पनि सेनाले बताएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


