झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १४ असोज । झापाको बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी होटल एण्ड लजबाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–४ घरका २१ वर्षीय उत्तम दर्जी र इलामको सूर्योदय नगरपालिका–२ का २० वर्षीय सन्ध्या बिश्वकर्मा रहेका छन् । होटल एण्ड लजमा ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा चेकजाँच इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले उनीहरुलाई १ ग्राम ९०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

नारायणगढ, १४ असोज । पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका बिरामी देखा पर्न थालेका छन् । भरतपुर आँखा अस्पतालमा विगत १५ दिनमा छ जना सापूका बिरामी जटिल अवस्थामा आएको अस्पतालका आँखारोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले बताइन् । केही समयअघि महामारीको रुपमा फैलिएको आँखा पाक्ने रोगसँग झुक्किएर सापू रोगका बिरामी अस्पताल उपचारका लागि समयमा नआउँदा यसमा जटिलता थपिएको उनको भनाइ छ । उनले भनिन्, “हामीकहाँ आउने बिरामी पाँच दिनदेखि नौ दिनको अन्तरालमा सापूका लक्षण बोकेर आउनुभएको छ ।” आँखा रातो भएको खण्डमा यसलाई सामान्य आँखा पाकेको भनी भर परेर नबस्न…

Read More

झापा, १४ असोज । गैरकानुनीरूपमा बसेका ७५ नेपालीलाई साउदी अरबले एक्जिट भिसा दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारका लागि बहिर्गमन भिसा ९एक्जिट भिसा०को प्रक्रिया गरिएका मध्ये थप ७५ जनाको एक्जिट भिसा प्राप्त भएको छ । दूतावासले उनीहरूलाई चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ । गैरकानुनी तथा अलपत्र नेपालीले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान दूतावासले अनुरोध गरेको छ । दूतावासले एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आइसकेको भए एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुने र एक्जिट पेपर लिनका लागि दूतावासमा आइरहनु नपर्ने पनि जनाएको छ । दूतावासले भनेको…

Read More

झापा, १४ असाेज । याे वर्ष असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो । यस वर्ष पनि रु. ५, रु. १०, रु. २०, रु. ५० र रु. १०० दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने नेपाल राष्ट्र बैंकका मुद्रण विभाग प्रमुख एवम् कार्यकारी निर्देशक ईडी नरेश शाक्यले जानकारी दिए ।

Read More

झापा, १४ असाेज । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको छ । हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० (प्रतिलिटर करिब ८ रुपैयाँ) बढाएको छ । एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएके निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८५ रुपैयाँ र डिजेल तथा मट्टितेलको १७९ रुपैयाँ पुगेको छ भने यस्तै एलपी ग्यासको २११० रुपैयाँ पुगेको छ । शनिबार इन्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएसँगै निगमले पनि बढाएको हो । निगमले स्वतालित मूल्य प्रणालीअनुसार…

Read More

बिर्तामोड, १३ असोज । नेकपा (माओवादी केन्द्र) ले झापाको बिर्तामोडमा गिरीबन्धु टि–स्टेट भ्रष्टाचार प्रकरण विरुद्धको ¥याली गरेको छ । पार्टीले गिरीबन्धु टि–स्टेटको फाइल तुरुन्त खोल, भष्ट्राचार विरुद्धको अभियान सफल पारौं, माओवादी केन्द्र जिन्दावाद, संसारका मजदुर एक हौं, सुकुम्बासीलाई लगाइएको कर निःशुल्क गर, श्रम ऐन तथा सामाजिक सुरक्षा सम्झौता तथा कार्यन्वयन गरलगायतका नारासहित ¥याली गरेको हो । बिर्तामोडस्थित सिटी सेन्टरबाट शुरु भएको भ्रष्टाचार प्रकरण विरुद्धको ¥याली मुक्तिचोक हुँदै अधुवा खोलाबाट पुनः मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिकुमार रानाले सम्बोधन गरेका थिए । उनले सामान्तबादी राज्यसत्ताको अन्त्य भएपनि शासकहरुमा सामान्तबादी चिन्तनले घर गरेको बताए ।…

Read More

झापा, १३ असोज । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज (आईएक्स) को रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ। भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टाअघि बिडिङ गरी विद्युत् बिक्री गर्न पाउने भएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले शनिबार रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । यसअन्तर्गत उत्पादनअनुसार प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युत्‌को कारोबार गर्न पाउने छ ।भारतको केन्द्रीय विद्युत प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी १ जलविद्युत्…

Read More

झापा, १३ असोज । वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको उषा बालवाटिका विद्यालयको होस्टेलमा बस्ने बालक मृत भेटिएका छन् । वीरेन्द्रनगर–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका सेकेन्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका हुन् । मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–१ का सलाम पुलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनी सोही विद्यालयमा कक्षा–२ मा अध्ययन गर्दै आएका थिए । प्रहरीका अनुसार शुक्रबार अपराह्न करिब ४ बजे बालक होस्टेलमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

Read More