
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २० कात्तिक । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको २१ औं राष्ट्रिय पार्षद भेला सम्पन्न भएको छ । बिद्यार्थी छोंज धींको आयोजनामा धादिङमा सम्पन्न भेला सम्पन्न भएको हो । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्णबहादुर गुरुङकले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । २१ औं राष्ट्रिय पार्षद भेलाको अवसरमा निम्न आर्थिक अवस्था र शारीरिक रुपले अशक्त तर तेज दिमाग भएका विद्यार्थीलाई आधारभूत वा उच्च शिक्षा हासिल गराउने उदेश्यले तमू विद्यार्थी छात्रवृत्ति शैक्षिक अक्षयकोष को लागि नेपालमा कम्तिमा १०० र विदेशमा कम्तिमा रु १ डलर अभियानको सुरुवात गरिएको नेपाल तमू विद्यार्थी छोंज धीं अध्यक्ष विश्वराज गुरुङले जानकारी दिनुभयो ।…
अर्जुनधारा, २० कात्तिक । झापाको अर्जुनधारा नगरपालिका–३ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड खुदुनावारीले ४० प्रतिशत अनुदानमा आधुनिक तान्ने फलामको हलो वितरण गर्न भएको छ । खेती लगाउँदा लागत कम लाग्ने, श्रम र समयको बचत, उत्पादनमा बृद्धि गर्न सकिने भएकाले सो उपकरण वितरण गर्न तयारी गरिएको संस्थाका मुख्य प्रबन्धक गोपिकृष्ण लुइटेलले जानकारी दिनुभयो । उहाँले मुख्यगरी आलु, सीवि, राजमा, प्रोथे सीवि, मकै लगायत तरकारी बालीका लागि बहुउपयोगी रहेको लुइटेलले बताउनुभयो । संस्थाको २४ औं साधारणसभाबाट पारित निर्णय अनुसार किसानलाई व्यावसायिक कृषि खेतीमा आकर्षित गर्न ४० प्रतिशत संस्थाको अनुदान र ६० प्रतिशत समूहको लगानी रहने छ । फलामको हलो…
बिर्तामोड, २० कात्तिक । बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलालाई गलत हर्कत नगर्न नेकपा माओवादी केन्द्र बिर्तामोड नगर समितिले चेतावनी दिएको छ । नगर उपप्रमुख संग्रौलाले बिर्तामोड नगर कमिटीका अध्यक्ष मोहन सुब्बालाई भाटे कारबाही गर्ने अडियो भिडियो सार्वजनिक भएकोप्रति नेकपा माओवादी केन्द्र बिर्तामोड नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संग्रौलाले माओवादी केन्द्र र सिंगो पार्टीप्रति गलत आक्षेप लगाउँदै दिएको अभिव्यक्ति बिरुद्ध पार्टीले विज्ञप्ति जारी गर्दै संग्रौलालाई गलत हर्कत नदोहोर्याउन चेतावनी दिएको हो । सोह्र बर्ष अघि भएको जग्गाको बिषयलाई लिएर संग्रौलाले कपोकल्पित र भ्रामक अभिव्यक्ति दिंदै पार्टी र नेतृत्व बिरुद्ध योजनाबद्ध ढंगमा लागेको भन्दै बिर्तामोड…
भद्रपुर, २० कात्तिक । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिग सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ । आयोजक भद्रपुर झापा गोल्डकपको सचिवालय भद्रपुरमा आज सम्पन्न बैठकले अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताका लागि आर्थिक, प्राविधिक, व्यवस्थापन, अतिथि सत्कार, पार्किङ, प्रचारप्रसार लगायतका समिति गठन गरिएको अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले यही मंसिर ७ गतेदेखि झापा लिग गर्न लागेको छ । भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १७ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा…
झापा, २० कात्तिक । बिर्तामोड नगरपालिकाले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितका लागि ५ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (सोमबार) बसेको कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । घटनाको बारेमा दुख व्यक्त गर्दै नगर प्रमुख प्रसाईले भूकम्पबाट पीडित परिवारको उद्धारको लागि सहयोगको घोषणा गरिएको जानकारी दिनु भयो । नगरपालिकाले विपत व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ दिने भएको हो । शुक्रबारको भूकम्पले जाजरकोटमा १०५ र रुकुमपश्चिममा ५२ गरी १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार भूकम्पमा परी २४६ जना घाइते भएका…
झापा, २० कात्तिक । लामो समयदेखि बेपत्ता रहेका नेपाल टेलिकमको झापास्थित सुरुङ्गा शाखाका लेखा अधिकृत एवम् निमित्त प्रमुख ३१ वर्षीय दिलीप सुवेदीको खोजीका लागि परिवारका सदस्यले हारगुहार गरेका छन् । बुवा नेत्रप्रसाद र दाजु लक्ष्मीप्रसाद सुवेदीलगायतले आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै दिलीपको खोजीमा सहयोग गरिदिन सबै समक्ष अनुरोध गरेका हुन् । दिलीप ५१ दिनदेखि बेपत्ता छन् । उनी सम्पर्कविहीन बनेसँगै पीडामा परेको परिवारले अहिलेसम्म घटनाका बारेमा यथार्थ जानकारी पाउन नसकिएको गुनासो गरेको छ । छोरा बेपत्ता भएपछि बुवा नेत्रप्रसाद सम्हालिनसक्ने अवस्थामा छैनन् । भुल्नै नसक्ने पीडामा परेका उनले रुँदै छोराको खोजीका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । दिलीप…
बिर्तामोड, २० कात्तिक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको राम जानकी बचत तथा ऋण सहकारी संस्थाले चार जना सदस्यको ऋण मिनाह गरेको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा ऋणी सदस्यको मृत्यु पश्चातपछि उनीहरुको ३ लाख २४ हजार ९७२ रुपैयाँ २९ पैसा ऋण मिनाह गरिएको संस्थाका व्यवस्थापक शुक्रराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाका सदस्य कनकाई–२ की बेलाकुमारी दाहाल पौडेल १८ हजार ४८३ रुपैयाँ ५१ पैसा, कनकाई–८ का चन्द्रमाया तिम्सिनाको १६ हजार ७५०, हल्दिबारी–२ का विकास मुर्मूको १ लाख ५७ हजार ३९० र झापा गापा–३ का मोहनकुमारी राजवंशीको १ लाख ३२ हजार ३४८ रुपैयाँ ७८ पैसा ऋण मिनाह गरिएको…
झापा, २० कात्तिक । बहुविवाह मुद्दामा फरार रहेका झापा सुरुङ्गाका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका वडा–३, सुरुङ्गाका ४२ वर्षीय हरि भन्ने प्रेमप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बहुविबाह मुद्दामा झापा जिल्ला अदालतले २०६७ भदौ ६ गरेको फैसला र सोही फैसला सदर गर्ने गरी तत्कालीन पुनरावेदन अदालत इलामको २०७१ माघ २७ गतेको फैसला अन्तरगत १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । अधिकारीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनका लागि खटिएको प्रहरी टोलीले कात्तिक १८ गते पक्राउ गरी १९ गते फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र अदालतको…
झापा, २० कात्तिक । गत वर्ष डोटीमा गएको ६।६ रेक्टरस्केलको भूकम्प जाँदा ६ जनाको मात्र मृत्यु हुँदा अहिले जाजरकोटमा ६।४ रेक्टरस्केलको भूकम्प जाँदा १५८ जनाको मृत्यु भएको छ । यसो हुनुका कारणबारे भूकम्पविदहरुले विभिन्न कारण औल्याउनुभएको छ । २०७२ मा गोरखा बारपाकपछि जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति सबैभन्दा बढी मानवीय क्षति गर्ने भूकम्प गएको छ । २०७२ सालमा गएको भूकम्पमा परी नौ हजार बढीको मृत्यु भएको थियो । २२ हजार बढी घाइते भएका थिए । यो भूकम्पपछि सयौँ साना पराकम्पहरु गएका थिए । तर ठूलो मानवीय क्षति गर्नेगरी पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भएर ६।४ रेक्टरस्केलको भूकम्प गयो । गृह मन्त्रालयको…
झापा, २० कात्तिक । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मुगु पुगेर सामूहिक हत्या घटनाको अनुसन्धान थालेको छ । यही कात्तिक ८ गते मुगुको छायानाथ रारा नगरपालिका ६ मुन्दुगाउँमा सामूहिक हत्याका घटना भएको थियो । घटना भएको नौ दिन बितिसक्दा पनि प्रहरीबाट घटनाको दोषी पत्ता लाग्न नसकेपछि अनुसन्धानका लागि सीआईबी टोली मुगु पुगेको हो । जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाका अनुसार डिएसपी धर्म भण्डारी नेतृत्वको टोली मुगु पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ । सीआईबी टोलीले स्थानीय घटनास्थल र अन्य स्थलबाट अनुसन्धान गरिरहेको छ । घटना अनुसन्धानमा सिआईबी टोली खटिएपछि पीडित परिवार पनि अनुसन्धान निष्कर्षमा पुग्नेमा विश्वस्त देखिन्छ…