झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १९ कात्तिक । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । आज दिउँसो पनि देशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार देशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Read More

झापा, १९ कात्तिक । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि ८ महिना की छोरी प्रार्थना रहेका छन् । घाइते हुनेमा हिमाली गाउँपालिका–५ बस्ने…

Read More

झापा, १९ कात्तिक । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो । उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । “कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ”, उनले भने । केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जानकारी दिए…

Read More

बिर्तामोड, १९ कात्तिक । साहित्य चौतारी झापाले रजत उत्सव विशेष देउसी सञ्चालन गर्ने भएको छ । कात्तिक २८ गते गोवद्र्धन पूजाको दिन अघिल्ला वर्षमा जस्तै साहित्य चौतारीले देउसी आयोजना गरेको हो । देउसीमा सहभागिताका लागि स्रष्टा सर्जकलाई अपिल गरिएको साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १५५ औँ जन्म जयन्ती समेतको अवसरमा देउसी आयोजना गरिएको छ । नेपाल सम्वत ११४४ र महपूजाको समेत अवसर रहेको संरक्षक श्रेष्ठले बताए । बिहान ११ बजे दुर्गा मन्दिर परिसरबाट दक्षिणारहित देउसी सुरु हुनेछ । रजत उत्सव विशेष देउसीमा सहभागी हुँदा परम्परागत पोसाकमा उपस्थित भइदिन साहित्य चौतारीले अनुरोध पनि गरेको छ ।

Read More

बिर्तामोड, १८ कात्तिक । होटल संघ पोखरा नेपालले शुरु गरेको ‘जाउँ है पोखरा अभियान’ लाई यसवर्ष पनि निरन्तरता दिएको छ । आन्तरिक पर्यटनको विकासका लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवर्धनको मुख्य उद्देश्य राखेर शुरु गरिएको अभियानको टोली आज बिर्तामोड आइपुगेको हो । बिर्तामोडमा टोलीले झापाका पर्यटन व्यवसायी र पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ । अभियानको टोलीलाई नाटा कोशी प्रदेशले स्वागत गरेको थियो । अभियानले देशैभरि नेपालीलाई घुम्ने बानीको विकासमा सघाउ पुगेकाले कार्यक्रमलाई निरन्तरता दिएका होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताएका छन् । पोखरा महानगरपालिकाको प्रवर्धनमा यही कात्तिक १६ गतेबाट २० गतेसम्म सञ्चालन हुने अभियानः अन्तर्गत यसपटक जनकपुर,…

Read More

बिर्तामोड, १८ कात्तिक । बौद्धिक नेता तथा विश्लेषक राम कार्की ‘पार्थ’ द्वारा लिखित विकल्प समता, समाजवाद र मुक्त दुनियाँ पुस्तक परिचर्चा कार्यक्रमका सहभागी वक्ताहरुले कम्युनिष्टका नाममा बेथिति र अराजकता बढ्दै गएको बताएका छन् । बिर्तामोडस्थित गौरीशंकर प्रतिष्ठानको सभाहलमा शनिबार आयोजित पुस्तक परिचर्चा कार्यक्रममा प्राध्यापक कृष्ण पोखरेल र युवा बुद्धिजीवी उज्ज्वल प्रसाईंले राम कार्कीको यस पुस्तकले समग्र कम्युनिष्ट पार्टीहरू उत्थान, पतन र नयाँ वैचारिकीका निम्ति रिफ्रेन्सको रूपमा काम गर्ने बताए । समाजमा विचारलाई मर्न नदिन र विचार अनि सिद्धान्तले समाजलाई जीवन्त राख्ने हुनाले आफूले यो पुस्तक लेखेको लेखक कार्कीले बताए । नेकपा माओवादी केन्द्रका सचिव तथा माक्र्सवादी चिन्तक कार्कीको उक्त पुस्तक…

Read More

झापा, १८ कात्तिक । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितलाई सहयोगको घोषणा गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले सो घोषणा गरेका हुन् ।

Read More

हल्दिबारी, १८ कात्तिक । झापाको हल्दिबारीमा गाउँपालिकास्तरीय प्रथम बुद्धिचाल प्रतियोगिताको शुरु भएको छ। हल्दिबारी बुद्धिचाल संघद्वारा आयोजनामा आजदेखि दुई दिने प्रतियोगिता शुरु भएको हो । हल्दिबारी बुद्धिचाल संघका अध्यक्ष दिलकेशर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए । हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र खेलका निर्णायक झापा बुद्धिचाल संघका महासचिव भूपेन्द्र निरौला को विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, कार्यपालिका सदस्य शान्ता शिवाकोटी, वडा सदस्यहरू प्रकाश कार्की, रूपा रसाइली, कुलबहादुर राई,वडा नं २ का वडा सदस्य गणेश मगर, नेकपा एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा, पूर्व शिक्षक त्रिलोचन मैनाली…

Read More

झापा, १८ कात्तिक । कोशी प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले अपिलमार्फत जानकारी दिएका छन् । मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश सरकारलाई आवश्यक मानवीय सहयोग सामाग्री पठाउने व्यवस्था मिलाइएको र सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुयाउन कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

Read More

झापा, १८ कात्तिक । नेपाल र दक्षिण कोरियाका कृषिमन्त्रीबीच दुई देशको कृषि क्षेत्रबिच समझदारीको हस्ताक्षर पत्रमा सम्झौता भएको छ । नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाल र दक्षिण कोरियाका कृषि, खाद्यान्न र ग्रामीण मामिला मन्त्री चुङ ह्वाङ्गकेउनबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल भ्रमणमा रहेका कोरियाली कृषि मन्त्रीसँगको सम्झौताले नेपालमा कृषि क्षेत्रले फड्को मार्ने मन्त्रालयको भनाई छ । नेपाल र दक्षिण कोरियाका कृषि मन्त्रीले हस्ताक्षर गरेको सम्झौतापत्रमा दुवै पक्षले आ–आफ्नो राष्ट्रिय कानुन र नियमावली बमोजिम दुई देशबिचको कृषि विज्ञान तथा प्रविधि र कृषि तथा पशुपन्छी उत्पादनलाई प्रोत्साहन दिने उल्लेख छ । यस्तै, कृषि प्रशोधन र कृषि उत्पादनको…

Read More