
झापा, १८ कात्तिक । कोशी प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले अपिलमार्फत जानकारी दिएका छन् ।
मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश सरकारलाई आवश्यक मानवीय सहयोग सामाग्री पठाउने व्यवस्था मिलाइएको र सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुयाउन कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



