झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ असोज । दसैं र तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले तयार गरेको एकीकृत सुरक्षा योजनाअन्तर्गत ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने भएका छन् । नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले चाडवाड लक्षित सुरक्षा योजनाअन्तर्गत विशेष सुरक्षा व्यवस्था गरेको जानकारी दिए । उनका अनुसार उपत्यकामा १४, कोशी प्रदेशमा ४५, मधेस प्रदेशमा ३७, वागमतीमा ४५, गण्डकीमा २१, लुम्बिनीमा ५०, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ३५ वटा नागरिक सहायता कक्ष सञ्चालन हुनेछन् । प्रहरीले ३ सय ५७ वटा सिभिल चेकपोस्ट, ५० क्षेत्रमा सीमा सुरक्षा चेकपोस्ट, ग्रामीण क्षेत्रमा १५ सुरक्षा चेकपोस्ट खडा गर्ने भएको छ । प्रहरी प्रवक्ता…

Read More

बिर्तामोड, २२ असोज । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडले आठ प्रतिशत व्याजदरमा उद्यमी बन्न चाहने सदस्यका लागि कर्जा प्रदान गरेको छ । सानो लगानीबाट आत्मनिर्भर बन्न खोज्ने सदस्यका लागि शिक्षा बहुउद्देश्यीयले सहुलियत दरमा कर्जा प्रवाह गरेको हो । युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँगको सहकार्यमा उद्यमशीलताको विकास गरी आत्मनिर्भर हुन चाहने सदस्यका लागि सहुलियत दरमा कर्जा प्रवाह गरिएको संस्थाले जनाएको छ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपाने कृषि तथा सेवामूलक व्यवसाय गर्न चाहने संस्थाका सदस्यले आठ प्रतिशत व्याजदरमा कर्जा पाएको बताउँछन् । शिक्षाले नियमित बचत गरिरहेका सदस्य छानेर ८ प्रतिशतमा कर्जा दिने गरेको छ । संस्थाले उपलब्ध गराएको…

Read More

झापा, २२ असोज । कार्ड सकिएपछि ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइको काम रोकिएको छ। अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक ३ सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए। अहिले आकस्मिक रूपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छापिएको तीन साताभन्दा बढी भएको विभागले जनाएको छ। नियमित रूपमा हुने छपाइ रोकिएपछि विभागका लागि छाप्नुपर्ने अनुमतिपत्रको संख्या भने बढिरहेको छ। थप कार्ड खरिदका लागि ठेक्काको तयारी अघि बढाइएको प्रवक्ता पनेरूले बताए। आजको अन्नपूर्ण पोस्टमा दैनिकमा छ ।

Read More

झापा, २२ असोज । साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा रहेका छन् । साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले जानकारी दिए । गैरआवासीय नेपाली संघ ९एनआरएनए० साउदीको आयोजना र नेपाली दूतावास रियादको सहकार्यमा आयोजित ‘श्रमिक समस्या समाधानमा दूतावास र नेपाली सामुदायिक संस्थाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै श्रम सहचारी कार्कीले तीन नेपालीलाई अदालतबाट मृत्युदण्डको फैसला भएर दूतावासमा जानकारी आएको बताए । मृत्युदण्डको फैसला सुनाइएका नेपालीहरू कुन अपराधमा दोषी देखिएको र उनीहरूको नाम के के हो त्यो भने केही खुलाइएको छैन । गतवर्ष पनि…

Read More

कनकाई, २१ असोज । देशकै बन्द निषेधित नगर झापाको कनकाईमा आन्दोलन नगर्न कर्मचारीहरुलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आग्रह गर्नुभएको छ । स्थानीय तहका कर्मचारीहरु आफ्नो हकहितको लागि चरणबद्ध संघर्षमा जुटेका कर्मचारीहरुबाट १७ बुँदे मागसहित ध्यानाकर्षणको लागि ज्ञापन पत्र बुज्दै नगर प्रमुख पोखरेलले सो कुरा बताउनुभएको हो । कर्मचारीहरुको मागप्रति आफू सकारात्मक रहेको र समाधान गर्नेकुरामा आफ्नो तर्फबाट लागिपर्नुका साथै सम्बन्धित निकायका लागि सक्दो प्रयास गर्ने प्रतिवधता जनाउनुभयो । झापाका १५ वटै स्थानीय तहका कर्मचारीले आफ्नो अधिकार र हकहितका लागि सरकारविरुद्ध आन्दोलन गर्न संघर्ष समिति नै बनाएका छन् । उनीहरुले समिति नै गठन गरेर आफ्नो हकहितको लागि चरणबद्ध संघर्षमा जुटेका हुन्…

Read More

झापा, २१ असोज । झापाको हल्दिबारीमा मुख्य कार्यालय रहेको सतलोक बहुउद्देश्यीय सहकारी संस्था लि.ले ऋणी सदस्यको कर्जा वापतको पाँच लाख रुपैयाँ ऋण मिनाहा गरेको छ । ऋणी सदस्य कन्काई–३ सुरुङ्गा निवासी अमितकुमार राजवंशीको भदौ ३० गते मृत्यु भएपछि उनले संस्थाबाट लिएको पाँच लाख कर्जा मिनाहा गरिएको हो । ऋण मिनाहासँगै काजक्रिया खर्च वापत २५ हजार रुपैयाँ परिवारलाई प्रदान गरिएको संस्थाका अध्यक्ष रघुनाथ सुबेदीले जानकारी दिनुभयो । बिमा दाबी भुक्तानी गार्डियन माइक्रो बिमा कम्पनीले बिर्तामोडमा एक कार्यक्रमका बीच बिमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोदकुमार पोख्रेल, बिर्तामोड नगरपालिका वडा–४ का वडाध्यक्ष राहुलकुमार शर्मा, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख महेश निरौलालगायतको…

Read More

शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोड, झापाको निर्वाचन सम्बन्धी सूचना !

Read More

झापा, २१ असोज । वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको छ । यसका लागि बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरिएको छ । प्रस्तावित व्यवस्था अनुसार खातामा पैसा नभए पनि चेक जारी गर्ने अथवा भए पनि चेक साटिन पर्याप्त रकम नभएको अवस्था प्रमाणित भएमा त्यस्तो चेक जारी गर्नेलाई दुई वर्षसम्म जेल सजायको व्यवस्था गर्न लागिएको हो । चेक बाउन्सको अवस्थामा विगतमा स्पष्ट कानुनी व्यवस्था नभएको र पुराना कानुनका आधारमा समेत कारबाही चलाउनुपर्दा…

Read More

झापा, २१ असोज । नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित नयाँ तथा सुकिलो नोट सटही घटस्थापनाको दिन नजिक पारेर सुरु गर्ने तयारी गरेको छ। यस वर्ष पनि गतवर्ष जस्तै चाडपर्वका लागि सबै दरका गरेर प्रतिव्यक्ति साढे १८ हजार हाराहारीमा नोट सटही गरिने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यले जानकारी दिए। कार्यकारी निर्देशक शाक्यका अनुसार सर्वसाधारणले रु। ५, रु। १०, रु। २०। रु। ५० र रु। १०० दरका एक–एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँका नयाँ तथा सफा नोट सटही गर्न पाउने छन्। करिब १० अर्ब रुपैयाँबराबरको नयाँ नोट सटही हुने लक्ष्यस्वरूप तयारी भइरहेको उनले जानकारी दिए।…

Read More

झापा, २१ असोज । नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने भएकोले ती क्षेत्रमा बसभित्रै सादा पोशाकका प्रहरी परिचालन गर्न लागिएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डीआईजी० कुवेर कडायतले विषेशगरी राजमार्गमा हुनसक्ने लुटपाट रोक्न सादा पोशाकका प्रहरी परिचालन गर्न लागेको जानकारी दिँदै भने– ‘कुन राजमार्गमा कति संख्यामा सादा पोशाकका प्रहरी परिचालन गर्ने भन्ने विषयमा प्रदेश प्रहरी कार्यालयले निर्देशन दिनेछ । महत्वपूर्ण र संवेदनशील मानिएका राजमार्गमा चेक प्वाइन्ट राख्ने व्यवस्था गरेका छौं । कुनै पनि घटना घटेमा…

Read More