झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चन्द्र बस्नेतकनकाई, ३० भदौ । ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी शुक्रबार मनाएको हो । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ । यसैबीच दिवसको अवसरमा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बालमैत्री वातावरणमा…

Read More

झापा, २९ भदौ । आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । नेपालमा विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ ।

Read More

झापा, २९ भदौ । श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । श्रीलङ्काले बिहीबार राति घरेलु मैदानमा खेलिएको ‘सुपर फोर’ चरणको खेलमा आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । अब उपाधिका लागि भारत र सह—आयोजक श्रीलङ्काबीच भिडन्त हुने भएको छ । प्रतियोगिताको फाइनल खेल भने आगामी आइतबार श्रीलङ्काको कोलम्बोमा खेलिने छ । वर्षाका कारण खेल ४२—४२ ओभरमा घटाइएको थियो । पाकिस्तानले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ४२ ओभरमा सात विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलङ्काले निर्धारित ओभरमा आठ विकेट गुमाएर विजय…

Read More

झापा, २९ भदौ । विद्यालय शिक्षा विधेयकमा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकलाई अत्यन्तै कडाइ गरिएको छ । सरकारको तलब सुविधा खाएर मनपरी क्रियाकलाप गर्ने शिक्षकलाई कारबाही गर्ने गरी कडाइ गरिएको हो । शिक्षकले १२ गल्ती गर्ने नहुने गरी आचरण सुधार्न विधेयकको मस्यौदा प्रस्ताव गरेको छ । मस्यौदामा समयपालनदेखि बिदा समाप्त भएको १५ दिनभित्र हाजिर नभए कडा कारबाही गर्नेसम्मको सजाय सिफारिस गरेको छ । विधेयकको दफा ७१ देखि ८८ सम्म सजाय र कारबाहीको बुँदा समावेश गरिएको छ । समय पालना नियमितता, अनुशासन र आदेशको पालना गर्नुपर्ने उल्लेख छ । शिक्षकले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले दिएको जिम्मेवारी तथा निर्देशन पालना गर्नुपर्ने र…

Read More

झापा, २९ भदौ । नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को विषयमा अन्योलता भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा सो परियोजना कार्यान्वयन हुने कि नहुने निश्चित हुनेछ । दाहाल आउँदो असोजको पहिलो साता अमेरिकाबाटै चीन भ्रमणमा जाँदै छन् । भ्रमणको दिन नजिकिँदै गर्दा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेको ६ वर्षपछि परियोजना कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषय शुक्रबार बस्ने मन्त्रिपरिषद्बाट निर्णय गर्नेछ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भने बीआरआई परियोजना कार्यान्वयन योजनाको सम्झौताको विषयमा गृहकार्य भइरहेको बताए । तर, यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उच्च अधिकारीले गरेको निर्णयका आधारमा परराष्ट्र सचिव भरतराज पौड्यालले भदौ ३…

Read More

झापा, २९ भदौ । भारत लैजान लागेको पाँचवटा गाई र दुईटा गोरु सहितको गाडी नियन्त्रणमा लिइएको छ । ॐकार सेना नेपालले गाई गोरुसहित एउटा गाडी नियन्त्रणमा लिएको हो । सताक्षीधामका प्रमुख सन्त नन्दकिशोर महाराजको नेतृत्वको ॐकार सेना नेपालले तस्करीको माध्यमबाट भारत लैजान लागेको सवारीसहित गोरु नियन्त्रणमा लिइएको हो । मे १ च ५६९३ नम्बरको पिकअप गाडीमा गाईगोरु खाँदाखाँद गरी कष्टपूर्ण तरिकालाई सीमा नाकामा तर्फ लैजान खोजिएको थियो । सोही क्रममा गाडी नियन्त्रणमा लिएर गाईगोरुलाई उद्धार गरी सताक्षीधाम गौशाला पठाइएको छ । गाडी धनी हाविल अलीलाई आइन्दा यस्तो कार्य नगर्ने लिखित प्रतिबद्धता गराई गाडी छाडिदिएको सन्त नन्दकिशोर महाराजले जानकारी दिए ।…

Read More

झापा, २९ भदौ । गोर्खा सैनिकलाई समानता दिलाउन नेपाल र बेलायत सरकारले उच्च चासो दिएर पहल थालेको छ । सरकारले बेलायतमा गोर्खा सैनिक बनेर काम गरेका र कार्यरत गोर्खा सैनिकको सवालमा उच्च चासो राख्दै यसलाई राज्यकै सरोकारको विषयका रूपमा लिएको बताएको छ । बेलायत सरकारले पनि विवादका अझ लम्ब्याइरहनुभन्दा समाधानतिर जानुपर्ने ठहर गर्दै सरकार स्तरीय वार्ताबाट टुङ्ग्याउन चाहेको छ । मन्त्रीस्तरीय वार्ताको पूर्वार्धमा प्राविधिक स्तरको बैठक गत सोमबार बसेको बेलायतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । नेपाली दूतावास, बेलायतको रक्षा मन्त्रालयका पदाधिकारी भूतपूर्व गोर्खा सैनिकको सहभागिता रहेको बैठकमा पेन्सन, गुडविल पेमेन्ट, कल्याणकारी सेवालगायतका समग्र विषयमा छलफल भएको थियो । सो…

Read More

झापा, २९ भदौ । झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरबाट प्रहरीले भारतीय माछा बरामद गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेस शनिश्चरेबाट खटिएको गस्ती टोलीले बिहीबार १२० केजी माछा बरामद गरेको हो । प्र१–०१–०१६प ९३१ नम्बरको मोटरसाइकलमा चार वटा झोलामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा गस्ती टोलीले करिब ४८ हजार रुपैयाँ मूल्य बराबरको रहु माछा बरामद गरेको थियो । पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्रतिनिधि, शनिश्चरे प्रहरी चौकी कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीयको उपस्थितीमा अर्जुनधारा–६स्थित बेस परिसरभित्र खाल्डोमा पुरेर माछाहरुलाई नष्ट गरिएको र मोटरसाइकललाई सम्बन्धित निकायमा अनुसन्धानको लागि पठाइने बताइएको छ ।

Read More

झापा, २९ भदौ । मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको पशुपति गौशाला धर्मशालाका सन्दर्भमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले गरेको सम्झौता खारेजीको निर्णय कार्यान्वयनका लागि बाटो खुलेको छ। काठमाडौँ जिल्ला अदालतले निर्णय कार्यान्वयन नगर्न यसअघि जारी भएको अन्तरकालीन आदेश भदौ २५ गते खारेज गरेसँगै पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिको कब्जाबाट मुक्त हुने भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले पशुपति क्षेत्र विकास कोषविरुद्ध मारवाडी सेवा समिति नेपालले दायर गरेको रिटमा सुनुवाइ गर्दै सम्झौता खारेजी कार्यान्वयन नगर्न साउन २९ गते जारी अल्पकालीन अन्तरकालीन आदेशलाई निरन्तरता नदिने आदेश जारी गरेको हो। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले…

Read More

सङ्खुवासभा, २८ भदौ । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको हो । जिल्ला अदालत सङ्खुवासभाका श्रेस्तेदार रामचन्द्र केसीका अनुसार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश दिएको हो । कारागार विभाग र जिल्ला सुरक्षा समितीको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइएको हो । बुधबार सरकार र प्रतिवादीतर्फका आठ कानुन व्यवसायीले बहस गरेका थिए । कैदी हत्या घटनामा मोरङको कटहरी गाउँपालिका–१ महेशपुर स्थायी घर…

Read More