
झापा, २३ असार । झापाको कमल गाउँपालिका–३ मा कोब्रा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार साँझ करिब ७ः५० बजे कमल–३ निवासी ज्ञानबहादुर लिम्बूकी श्रीमती ४० वर्षीया सरस्वती मगर लिम्बूलाई आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा कोब्रा सर्पले डसेको थियो ।
सर्पले डसेपछि उनलाई उपचारका लागि नेपाल रेडक्रस सोसाइटी, दमक लगिएको थियो । घटनाको जानकारी राति १०ः२५ बजे इलाका प्रहरी कार्यालय दमकमा प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल तथा उपचारस्थलतर्फ खटिएको थियो ।
उपचारकै क्रममा राति १०ः४० बजे चिकित्सकले सरस्वतीलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments Box


