
झापा, २३ असार । भ्याक्सिनेटरहरूको भुक्तानीबाट २० प्रतिशत कमिसनस्वरूप घुस मागेको आरोपमा सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा राम पवित्र दास र सवारी चालक भोगेन्द्र यादव पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले यादवलाई घुसस्वरूप लिएको ३३ हजार ३५० सहित पक्राउ गरेको हो ।उनीबाट स्रोत नखुलेको ४८ हजार ७० समेत बरामद भएपछि कुल ८१ हजार ४२० नगद फेला परेको आयोगले जनाएको छ । अख्तियारका अनुसार दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


