
झापा, २३ असार । बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरुप ५२ करोड एक साताभित्र किसानलाई उपलब्ध गराउने पशुसेवा विभागले तयारी गरेको छ ।
विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पन्छी, अण्डा तथा दानाबापत सम्बन्धित धनीलाई क्षतिका रकम मूल्याङ्कनका आधारमा ७५ प्रतिशत राहतस्वरूप उपलब्ध गराउने तयारी गरेको हो ।
बर्डफ्लु सङ्क्रमणका कारण झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्ला बढी प्रभावित भएका छन् । हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको तथा करिब रु ७० करोड बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको विभागले जनाएको छ ।
Facebook Comments Box


