
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ असोज । कमल गाउँपालिका भित्र पर्ने तीन ‘ब्लयाक स्पट’मा सीसी क्यामेरा जडानका लागि तयारी भएको छ । कमल गाउँपालिका अन्तर्गत पर्ने सितापुरी, पाडाजुँगी र लभडाँडा छेउ (रतुवा पूल पूर्व) गरी तीन स्थानमा आवश्यक निगरानी बढाउन र दुर्घटना भइ हालेमा विवरण यकिन गर्न समेत मद्दत पुर्याउने उद्देश्यले सीसी क्यामेरा जडानको तयारी गरिएको हो । ट्राफिक प्रहरीको तथ्याङकमा सवारी दुर्घटना अधिक मात्रामा हुने गरेका पूर्वपश्चिम राजमार्ग अन्तर्गत यो क्षेत्र पर्छ । कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यसहितको टिमले स्थलगत निरिक्षण गरी उपयुक्तस्थल यकिन गरेको छन् । गाउँपालिका अध्यक्ष राईले केर्खा र रिजाल पेट्रोल पम्प एरियामा निगरानीका…
झापा, ७ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा…
झापा, ७ असोज । आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ ? तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको बोटमा बाधेर आउँदा त्यो आमाको मन कस्तो भयो होला ? आफैले जन्म दिएकी आमा कति निर्दयी बन्न सकिन होला ? ९ महिने दुधे शिशु छोरीलाई उखुबारीमा बाँधेर परपुरुषसँग भागेकी एक महिला कञ्चनपुरको बेलडाडी गाउँ पालिकाबाट पक्राउ परेकी छिन । शुक्रबार बिहानै ९ महिने शिशुलाई बेलौरी नगरपालिका–७ बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर परपुरुषसंग भाग्न लागेकी महिला पक्राउ परेकी हुन । पुनर्वास नगरपालिका–२ अमरैया माईती घरमै बस्दै आएकी सर्मिला चौधरी…
झापा, ७ असोज । संसद्को दोस्रो ठूलो दल नेकपा एमाले पुनः लोकतान्त्रिक अभ्यासको चरणमा प्रवेश गरेको छ । लामो समय केन्द्रीय नेतृत्वले तल्लो तहको नेतृत्व चयनमा हस्तक्षेप गर्दै आएको एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा पहिलोपटक मतदानबाट नेतृत्व चयन भएसँगै एमालेमा लोकतान्त्रिक अभ्यासको पुनरागमन भएको हो । करिब एक साताको रस्साकस्सीका बीच गत भदौ १९ मा सम्पन्न प्रथम प्रदेश अधिवेशनमा १ हजार ५ प्रतिनिधिको मतदानबाट नेताहरू निर्वाचित भए । प्रदेशसभाको प्रथम अधिवेशनमा ४ सय ७९ मतका साथ राधाकृष्ण कँडेल प्रदेश अध्यक्षमा निर्वाचित हुँदा ४ सय ७७ मत ल्याएर हरि रिजाल उपविजेता भए । माओवादीसँग एकतासँगै प्रतिनिधिहरूको मतका आधारमा नेतृत्व चयन प्रक्रिया बन्द…
झापा, ७ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी’ नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न नसकेको बताउनु भएको छ । प्रगतिशल तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु प¥थ्यो त्यसरी उठेन, बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागि भएको पाइयो ।’ तत्कालिन प्रदेश नं १ को कोशी नामकरण ठिक भएको र यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उहाँले प्रस्ट पार्नुभयो । उहाँले कोशी नामकरण विरुद्ध जवर्जस्ति आन्दोलन उठाइएको बताउँदै स्थानीय स्तरबाट…
एक अध्ययनअनुसार अमेरिकामा हरेक वर्ष करिब डेढ लाख मानिसलाई पिसाबसम्बन्धी समस्याले सताउँछ । विश्वभर हरेक वर्ष करिब डेढ करोड मानिसले यसको उपचार गराउँछन् । पिसाबथैली सुन्निनुलाई चिकित्सकीय भाषामा ‘सिस्टिटिस’ भनिन्छ । यसलाई युरिनरी ट्र्याक्ट इन्फेक्सन अर्थात् यूटीआई भनिन्छ, जुन धेरैजसो अवस्थामा ब्याक्टेरियाबाट हुने संक्रमणले हुन्छ । यो तब हुन्छ जब पिसाबथैली (मूत्रमार्ग) र यसको पाइप (ट्र्याक्ट) संक्रमित हुन्छ । यूटीआई सामान्य रोग हो । यो नवजात शिशुदेखि वृद्धवृद्धासम्म जुनसुकै उमेरका व्यक्तिलाई लाग्न सक्छ । अध्ययनले के निष्कर्ष निकालेको छ भने यूटीआई पुरुषमा भन्दा महिलामा बढी देखिन्छ । महिलामा यसको संक्रमण हुने सम्भावना ६० प्रतिशत हुन्छ भने पुरुषमा १३ प्रतिशत मात्रै…
काठमाडौं, ६ असोज । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले शुक्रबार भएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिले राहत तथा अस्थायी प्रकृतिका शिक्षकको बचाउ गर्न नसकेको बताए । ‘उहाँहरुले अस्थायी शिक्षकहरुको डिफेन्स लिन…
भद्रपुर, ६ असोज । भद्रपुर ८ स्थित ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ । सहकारीका अध्यक्ष गोपीकृष्ण न्यौपानेको अध्यक्षता तथा सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान गर्दै विविध गतिविधि सहित सभा सम्पन्न गरिएको हो । अध्यक्ष न्यौपानेले वार्षिक गतिविधि प्रस्तुत गर्दै सहकारीमा महिला २०६ तथा पुरूष २०५ गरी ४११ जना शेयरधनी र ५ करोड ३९ लाख ९९ हजार ३११ रूपैया कुल पूँजी विवरण पेश गरेका थिए । उपाध्यक्ष धनकुमारी खरेल लताले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट कारोवार सम्मानबाट सुस्मा निरौला दाहाल बचत तथा जानुका…
भद्रपुर, ६ असोज । कोशी प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री एकराज कार्कीले कोशी शब्द नै सवै जाति र वर्गको साझा पहिचान भएकाले एकल जातीय पहिचानको नारा आवश्यक नभएको बताएका छन् । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुर १० चन्द्रगढीको २४ औं वार्षिक सभालाई सम्बोधन गर्दे मन्त्री कार्कीले ९० बढी जातजातिको साझा बसोबास भएको केशी प्रदेशमा पहिचानका नाममा संकटको आवश्यकता नभएको बताएका हुन् । उनले कसैलाई प्रदेशको नाम फेर्ने रहर भए अबको ४ वर्ष पर्खेर सदनमा दुईतिहाई जनमत प्राप्त गरी नामाकरण गर्दा हुन्छ भन्देै पहिचानका नाममा अराजकता निम्त्याउन कसैलाई छुट नभएको प्रष्ट पारेका थिए । मन्त्री कार्कीले कोशी…
काठमाडौं, ६ असोज । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् । क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भइसकेका छन् । सदस्यहरुमा पनि महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन भएका छन् । अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक एक जना सदस्य…