झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

शिवसताक्षी, २९ असोज । झापाको शिवसताक्षी नगरपालिकाले शिवसताक्षी-६ को शिवगञ्ज बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका पेय पदार्थ फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख नरमाया कार्कीको अनुगमन टोलीले पेय पदार्थ (कोक, फेन्टा, जुस) लगायतका म्याद गुज्रिएका खाद्य पदार्थहरु फेला पारेको हो । अनुगमन टोली कुरमुरे पापड, टोष्ट लगायत खाद्य पदार्थ पनि म्याद गुज्रिएको फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । म्याद गुज्रिएका पेय पदार्थ पोतलमा प्वाल पारेर डिस्पोजल गरिएको उपप्रमुख नरमाया कार्कीले बताइन् । उनका अनुसार अहिले सम्मकै शिवगञ्ज बजारमा म्याद गुज्रिएका पेय पदार्थ फेला परेको हो । नगरको टोलीले फेला पारेका…

Read More

बिर्तामोड, २९ असोज । सरकारले दूधमा गरेको मूल्यबृद्धिका कारण दुग्ध व्यवसाय संकटमा परेको व्यवसायीहरुले बताएका छन् । नेपाल डेरी एसोसिएसन कोशी प्रदेशले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले दूधको मूल्य बढाएपछि दुग्ध व्यवसाय संकटमा परेको जनाएको हो । सरकारले किसानले उत्पादन गरेको दूधको मूल्यबृद्धि गरेपछि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको एसोसिएसनका कोशी प्रदेश अध्यक्ष गंगाबहादुर खड्काले बताउनुभयो । “सरकारले दूधको मूल्य बढाउने बेलामा समेत हामीले मूल्यबृद्धि गर्दा दुग्ध व्यवसायमा समस्या हुने जनाएका थियौं”, उहाँले भन्नुभयो, “तीन महिनायता व्यवसाय समस्याग्रस्त भएको छ ।” नेपालमा भन्दा भारतमा दूधको मूल्य सस्तो हुँदा भारतबाट नेपालमा भित्रिरहेको उहाँको भनाइ छ ।…

Read More

बिर्तामोड, २९ असोज । बिर्तामोड वडा नम्बर ५ चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भइरहेको प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड वडा नम्बर ४ लाई २–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड–५ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेश गरेसंगै बिर्तामोड–५ ले कम्तिमा नगद ५० हजार सुरक्षीत गरेको छ । भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासंग बिर्तामोड–५ ले कात्र्तिक २ गते उपाधिका लागि फाइनलमा प्रतिस्र्धा गर्ने छ । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार पुरस्कार पाउने छ । आजको खेलमा बिर्तामोड–५ का रोशन बोहोरा ‘म्यान अफ दि…

Read More

झापा, २९ असोज । नेपाल मुस्लिम संघ झापाको आयोजनामा बधाई, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल मुस्लिम संघको केन्द्रीय समितिमा निर्वाचित केन्द्रिय अध्यक्ष अताबुल मन्सुरी, केन्द्रिय उपाध्यक्ष सर्फराज शेख, केन्द्रिय सचिब अब्जल हुसेन गुल्जार, केन्द्रिय सदस्यहरू अमिन अली शेख, , शाहिद हुसेन, सेलेतुन खातुन, सहवाज हकलाई बधाईसहित सम्मान गरिएको थियो । सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले पार्टी संगठन निर्माणमा मुस्लिमहरुको भुमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । नेपाल मुस्लिम संघ झापाका अध्यक्ष सफिउल्ला अन्सारीको अध्यक्षतामा सप्पन्न कार्यक्रममा केन्द्रिय अध्यक्ष अताबुल मन्सुरी, कोशी प्रदेश सासद लख्खी…

Read More

धुलाबारी, २९ असोज । झापाको बिर्तामोडमा मुख्य कर्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारीले सदस्य सेवा केन्द्र धुलाबारीका सदस्यलाई सम्मान गरेको छ । संस्थाको एघारौं सधारण सभा अन्तर्गत आज धुलाबारीमा आयोजित इकाइगत सधारण सभामा उनीहरूलाई सम्मान गरेको हो । संस्थाले आवधिक बचत राम रिजाल, शिक्षा बचततर्फ नितिका रिजाल, उत्कृष्ट ऋणीतर्फ कमल सहनी र साधारणतर्फ सन्तोष बिस्वकर्मालाई सम्मान गरिएको हो । सम्मानितहरूलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सहकारी बैंककी धुलाबारी शाखाकी मुना घिमिरे, संस्थाका अध्यक्ष सुब्रत न्यौपाने लगायतले सम्मान पत्र प्रदान गर्नुभएको थियो । प्रमुख अतिथि घिमिरेले केही सहकारी संचालकको गलत नियत र हल्लाले सहकारी क्षेत्रमा समस्या देखिएको बताउनुभयो । सदस्यले सहकारीमा तिर्नुपर्ने ऋणको…

Read More

बिर्तामोड, २९ असोज । झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेण्ड दक्षिणमा ‘हाम्रो बजार’ सञ्चालनमा आएको छ । बुधबारे हटियाबाट विस्थापित भएका व्यवसायीहरुका लागि खोलिएको ‘हाम्रो बजार’ को आइतबार उद्घाटन गरिएको हो । दुई कठ्ठा १० धुर क्षेत्रफलमा फैलिएको बजारमा ४६ वटा सटर रहेको छ । घटस्थापनाको शुभ साइत पारेर बजारको उद्घाटन गरिएको हो ।

Read More

झापा, २९ असोज । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। सोमबार देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागको आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलि मंगलबार…

Read More

झापा, २९ असोज । सरकारले सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्ने उद्देश्यले ८० वटा नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाएको छ । स्थानीय तहको कामलाई थप प्रभावकारी र व्यवस्थित गर्न सङ्घीय सरकारले स्थानीय तहका लागि नमुना कानुन निर्माण गरेको हो । कतिपय कानुन निर्माणका लागि स्थानीय तहसँग अनुभव र दक्ष जनशक्तिको अभाव हुँदा सङ्घीय सरकारले स्थानीय तहको कामलाई सहजीकरण गर्न नमुना कानुन निर्माण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सरकारले २०७४ सालदेखि अहिलेसम्म नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाइसकेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफैँले ६० वटा र सम्बन्धित विषयको सम्बन्धित मन्त्रालयले २०…

Read More

झापा, २९ असोज । नेपालको राज्यसत्ता र राजनीति प्रमुख राजनीतिक दलहरूको सत्तालिप्सामा चलिरहँदा स्थायी सरकारका रूपमा रहेको प्रशासनमाथिको हस्तक्षेप व्यापक रूपमा बढेको पाइएको छ । प्रशासकहरू प्रधानमन्त्री र मन्त्रीको स्वार्थमा चल्दा निजामती प्रशासन दिनहुँ कमजोर र निम्छरो बन्न पुगेको हो । प्रशासकहरू राजनीतिक नेतृत्वको एसम्यान हुँदा प्रशासनमा झनै बेथिति बढेको प्रशासनका जानकारहरूको विश्लेषण छ । विशेषगरी, कर्मचारीको सरुवा व्यवस्थापन तथा अन्य नियमित काममा पनि मन्त्रीहरूले प्रशासकमाथि प्रत्यक्ष हस्तक्षेप बढाएको अधिकारीहरूको दाबी छ । पूर्व सचिव तथा प्रशासनविद् श्यामप्रसाद मैनालीले कर्मचारी संयन्त्रलाई पंगु बनाउने काम भएको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रीहरूले सिंगो प्रशासनलाई आफ्नो स्वार्थअनुसार अघि बढाउने कार्य गरेको र त्यसले…

Read More

झापा, २९ असोज । झापाको बाह्रदशी गाउँपालिका–१ बस्ने कर्णबहादुर केरुंगा साउदी अरबमा काम गर्दैगर्दा अचानक रिंगटा लागेर ढले । उनी साउदी अरब अलकासिमस्थित एक निजी कृषि फार्ममा लामो समयदेखि काम गर्दै आएका थिए । एक दिन काम गर्दागर्दै अचानक रिंगटा लागेर ढलेपछि सहकर्मी साथीहरू तथा कम्पनीको मालिकले अलकासिमस्थित किंग फाहाद हस्पिटलमा उपचारका लागि उनलाई लगेका थिए । तर, उनको स्वास्थ्यमा सुधार आएन । उपचारकै क्रममा गत ३० सेप्टेम्बरमा अस्पतालको बेडमा कहिल्यै नफर्किने गरी अस्ताए उनी । नेपाली राजदूतावास रियादका द्वितीय सचिव टीकाराम उपाध्याय र अलकासिमस्थित गैरआवासीय नेपाली संघ ९एनआरएनए० साउदी अरबका पूर्वउपाध्यक्ष तथा नेपाली राजदूतावास रियादका अवैतानिक प्रतिनिधि भक्तवीर राईलगायतको…

Read More