
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ कात्तिक । तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउछन् । गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष…
झापा, २७ कात्तिक । दयाहाङ राई अभिनित फिल्म ‘रंगेली’को फस्टलुक सार्वजनिक गरिएको छ । तिहारको लक्ष्मीपूजाको अवसर पारेर दयाहाङ राईको ग्याङस्टर लुक देखाइएको छ । दयाहाङ पोस्टरमा हतियारसहित क्रुद्ध देखिन्छन् । पोस्टरमा दयाहाङको पात्रको नाम ‘विजय’ उल्लेख छ । पोस्टरले धेरै कुरा त खुलाउँदैन तर दयाहाङ ‘एन्टी–हिरो’ पात्र हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । अर्कोतर्फ, ‘नियो नोइर’ जनराको फिल्मको झल्को पनि आउँछ । शिवरात्री छेकोमा फागुन २५ गते प्रदर्शन हुने फिल्ममा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको यो फिल्ममा संसार चौलागाईं र रमेश भट्टराईको लगानी छ ।
एजेन्सी । एक युवतीको आफ्नो प्रेमीसँग ब्रेकअप भयो । प्रेम सम्बन्ध टुट्दा उनलाई यतिधेरै पीडा भयो कि उनले त्यो स्थितिलाई आफ्नो मृत्युसँग तुलना गरिन् । त्यसपछि उनले आफ्नै अन्तिम संस्कारको आयोजना गरिन् । चीनको सिचुआन प्रान्तको छेंग्दुमा यो घटना भएको हो । ब्वायफ्रेण्डसँग ब्रेकअप हुँदा पीडामा छटपटाउँदै आफ्नै अन्तिम संस्कार कार्यक्रमको आयोजना गर्ने ती २५ वर्षे युवतीको नाम वांग हो । वांगले आफ्नो अन्तिम संस्कार कार्यक्रममा आफ्ना साथीहरुलाई बोलाएकी थिइन् । करिब तीन वर्षको प्रेम सम्बन्धपछि ६ महिनाअघि वांगको उनका प्रेमीसँग ब्रेकअप भएको थियो । साउथ चाइना मर्निङ पोस्टका अनुसार वांगले आफू पछिल्ला दिनहरुमा विभिन्न बिहे समारोहमा गएको र त्यस…
झापा, २७ कात्तिक । मुस्ताङको कोरला नाका आज (कात्तिक २७ गते) बाट सञ्चालनमा आउँदैछ। बिहान १० बजे नेपाल र चिनियाँ अधिकारीले एक समारोहका बीच नाका सञ्चालनमा आएको औपाचारिक घोषणा गर्ने तयारी भएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टासीनर्बु गुरुङले जानकारी दिए । कोरोना संक्रमणको बेला चार वर्षअघि चीनले कोरला नाका बन्द गरेको थियो । विगत केही समयदेखि सरकारले कोरला नाका सञ्चालनको लागि चीनसँग कुटनीतिक पहल गर्दै आएको थियो। नाका सञ्चालनमा आउने भएपछि स्थानीयबासी खुशी भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गएको असोजमा गरेको चीन भ्रमणका क्रममा चीनले कोरलालगायतका १४ वटा नेपाल ९ चीन सिमानाका सञ्चालनमा ल्याउने सहमति भएको थियो ।
झापा, २७ कात्तिक । देशको पहाडी भू–भागमा आज दिउँसो आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
झापा, २७ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा…
झापा, २६ कात्तिक । नेपाल हज समितिको सचिवालयले यसपालि सन् २०२४ (हज १४४५)को हजयात्राका लागि आवेदन दिने म्याद थप गरिएको छ । हजयात्रामा जानका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीलाई आवेदन दिनका लागि यही कात्तिक २२ गतेसम्मको म्याद रहेकामा त्यसलाई थप गरेर मङ्सिर १० सम्म पु¥याइएको नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँले जानकारी दिनुभयो । अध्यक्ष मियाँले आवेदन दिन छुट भएका नेपाली मुस्लिम समुदायबाट यस वर्ष विगतका वर्षभन्दा छिटो हजको आवेदन खुलेकाले आवेदनको समय थप गर्न माग भएको हुँदा नेपाल हज समितिको निर्णयानुसार आवेदन दिने अवधि थप गरेर मङ्सिर १० सम्म तोकिएको उहाँले जानकारी दिनुभयो । इच्छुक आवेदकले आवेदन फाराम…
कनकाई, २६ कात्तिक । झापाको कनकाई नगरपालिका–५ चप्रामारीमा आयोजित प्रथम मेयर कप जिल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ । हिजो भएको फाईनल खेलमा कनकाई नगरपालिकालाई हराउदै झापा गाउँपालिकाले उक्त उपाधिको रक्षा गरेको हो । जितसँगै झापा गाउँपालिकाले नगद ५१ हजार रुपैयाँँ प्राप्त गरेको छ भने उपबिजयी कनकाई नगरपालिकाले ३१ हजार रुपैयाँ पाएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी कनकाई नगरपालिकाका अमृत बल्लभ ठकुरी, फाइनल खेलको म्यान अफ द म्याच झापा गाउँपालिकाका रोमन बस्नेत, बेस्ट डिफेन्स झापा गापाका मिलन कार्की, बेस्ट सर्भरमा समेत झापाकै सागरकिरण भट्टराई, बेस्ट स्पीकर झापाकै रोषन शिवाकोटी, बेस्ट ब्लकर कनकाईका अनिस निरौला र…
झापा, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाले बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अमर्यादित शब्द बोलेको भन्दै आपत्ति जनाएको छ । बिर्तामोड नगरपालिकाका न्यायिक समिति संयोजक समेत रहेका संग्रौलाले व्यक्तिगत पूर्वाग्रह राखेर सुनियोजित ढंगले नेपाल कम्युनिष्ट पार्टी माआोवादी कन्द्रका बिर्तामोड नगरअध्यक्ष मोहन सुब्बासहित सिंगो पार्टीलाई मिथ्या आरोप लगाएको र गालीगलौज गरेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । बिर्तामोडस्थित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका जिल्ला संयोजक राजु आचार्य अग्नि र सचिव मोहन टुडू(सरोज)ले नगर उपप्रमुखले पदीय मर्यादा र जिम्मेवारी भुलेर माओवादी पार्टी प्रति पटक–पटक पूर्वाग्रही ढंगले कपोकल्पित, भ्रामक र प्रमाणहीन…
झापा, २६ कात्तिक । यम पञ्चक अन्तर्गत आज कुकुर तिहार पर्व। घर–घरमा कुकुरको पूजा तथा मीठामीठा खानेकुरा दिएर यो पर्व मनाइँदैछ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ। कुकुर तिहारलाई नरके चतुर्दशी पनि भनिन्छ। कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने धार्मिक मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ। वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन,…