
झापा, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाले बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अमर्यादित शब्द बोलेको भन्दै आपत्ति जनाएको छ ।
बिर्तामोड नगरपालिकाका न्यायिक समिति संयोजक समेत रहेका संग्रौलाले व्यक्तिगत पूर्वाग्रह राखेर सुनियोजित ढंगले नेपाल कम्युनिष्ट पार्टी माआोवादी कन्द्रका बिर्तामोड नगरअध्यक्ष मोहन सुब्बासहित सिंगो पार्टीलाई मिथ्या आरोप लगाएको र गालीगलौज गरेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
बिर्तामोडस्थित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका जिल्ला संयोजक राजु आचार्य अग्नि र सचिव मोहन टुडू(सरोज)ले नगर उपप्रमुखले पदीय मर्यादा र जिम्मेवारी भुलेर माओवादी पार्टी प्रति पटक–पटक पूर्वाग्रही ढंगले कपोकल्पित, भ्रामक र प्रमाणहीन अभिव्यक्ति दिएको र त्यस्ता अभिव्यक्ति नदिन भनेका छन् ।
केही दिन अघि पार्टी अध्यक्ष सुब्बा र बिर्तामोड नगरपालिकाका उपप्रमुख संग्रौलाबीच भएको श्रव्यदृष्य सामग्री विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएको थियो । सो क्रममा पार्टी अध्यक्ष सुब्बा र उपप्रमुख संग्रौलाबीच भनाभन भएको भिडियो सार्वजनिक भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



