
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यका तीनवटै तहमा भएगरेका कामकारबाहीलाई विशेष रुपमा नियालिरहेको छ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा योजना तर्जुमादेखि खरिद प्रक्रियामा हुने अनियमिततालाई रोक्न आफूले दिएको २२ बुँदे सुझावको कार्यान्वयन भए नभएको बुझ्न विशेष रुपमा निगरानी राख्न शुरू गरेको हो । आयोगले गत विहीबार २२ बुँदे सुझाव कार्यान्वयन गरी आयोगलाई जानकारी दिन सरकारी निकायलाई आग्रह गरेको थियो । आयोगले यसअघि दिएका विभिन्न सुझावहरू पनि खासै कार्यान्वनय नभएको स्थितिमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग, ७ वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला…
झापा, २३ कात्तिक । विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाको मुद्दाको सुनुवाइ मंसिर ५ गते उच्च अदालत पाटनमा हुने भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा साढे चार महिनादेखि थुनामा रहेका नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितको मुद्दामा तिहारपछि मात्रै सुनुवाइ हुने भएको हो । उच्च अदालत पाटनका न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दामा धेरै कानुन व्यवसायी रहेकाले मंसिर ५ का लागि पेसी तोक्ने आदेश गरेको हो । मुद्दामा बहस गर्ने कानुन व्यवसायीहरू धेरै भएकाले तिहारअघि बहस नसकिने भएकाले पछाडि सारिएको हो । ‘मुद्दाको प्रकृति र संलग्न कानुन व्यवसायीको संख्यासमेतलाई…
झापा, २३ कात्तिक । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले उक्त निर्देशिका जारी गरेको हो । निर्देशिका अनुसार सवारी सुविधा प्राप्त गर्ने कर्मचारीले अबदेखि इन्धनको सट्टा नगद प्राप्त गर्ने छन् । इन्धनबापत सम्बन्धित कर्मचारीलाई कार्यालयले इन्धनको मूल्य बराबरको रकम मासिक रूपमा र मोबिल, बे्रक आयलबापतको रकम त्रैमासिक रूपमा उपलब्ध गराउनुपर्ने छ । यसरी प्रदान गरिने इन्धनबापतको रकम मासिक रूपमा दिने तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने छन् । इन्धन सुविधा प्राप्त गर्ने कर्मचारीले कुनै कार्यक्रम वा सरकारी कामको…
झापा, २३ कात्तिक । एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उनलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो । न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन । सकिनसकी गेग्य्रान बाटोमा दुवै जना लड्खडाउँदै हिँडे । मीनाकी सासू एक दिनकी नातिनी बोकेर अघि अघि हिँड्दै थिइन् । मीना भाउन्न भएर लड्न लाग्दा दुई स्वयंसेवक युवतीले देखेपछि हात समातेर अड्याए । सासू सुनिता बादीले भनिन्, “लाने गाडी छैन, अहिले ननिकालिदेऊ, घर पनि छैन भन्दा पनि निकालिदिए, कहाँ लैजानु ? लिएर आया ।” अस्पतालबाट घर झन्डै आधा घण्टाको मात्र…
मेचीनगर, २३ कात्तिक । झापा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको महासमिति सदस्यमा १० जना निर्वाचित भएका छन् भने एक जना महिला निर्विरोध निर्वाचित भएकी छिन् । आदिवासी जनजाती महिला तर्फबाट महासमिति सदस्यमा डम्बरकुमारी थापा निर्विरोध भइन् । खुला पुरुषतर्फ ५ पदमा विमल आचार्य, केशवराज पाण्डे, राम कट्टेल, अशोक पोखरेल र मणिकुमार उप्रेती, खुला महिलातर्फ २ पदमा दुर्गादेवी खतिवडा र उषा गुरुङ निर्वाचित भएका छन् । त्यस्तै, खसआर्य खुलाको १ पदमा तेजप्रसाद चम्लागाई, खसआर्य महिलातर्फ चन्द्रकला भट्टराई, आदिवासी जनजाति खुलातर्फ प्रेम सम्बाहाम्फे निर्वाचित भएको निर्वाचन समिति संयोजक चन्द्रशेखर गुरगाईले जानकारी दिए । आज सम्पन्न महासमिति सदस्यको चुनावमा जम्मा ६०७ जनामध्ये…
झापा, २३ कात्तिक । अभिनेत्री तथा मोडल दीपाशा विसी ‘जलपरी’ को निधन भएको छ । उनको आज काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बुधबार राती विष सेवन गरेर सिकिस्त भएकी उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालले आज बिहान मृत घोषित गरेको हो । सुर्खेतमा जन्मिएकी २८ वर्षीया दीपाशाले केही नेपाली फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको फिल्ममा ‘बिरानो माया, छाल, झेली, दुलही रानी’ लगायत रहेका छन् । ‘जलपरी’ नामले समेत चर्चित उनले २०६८ सालमा फिल्म ‘दुलही रानी’ बाट फिल्ममा डेब्यू गरेकी थिइन् ।
झापा, २३ कात्तिक । आज बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० पारित गरेको छ । अब सामाजिक संजालहरू फेसबुक, एक्स, टिकटक, युट्यूब, इन्स्टाग्राम लगायतमा जथाभावी पोष्ट गर्न पाइनेछैन । सामाजिक सञ्जालहरू अब नेपालमा दर्ता हुन नआए ती सञ्जाललाई नेपालमा हेर्न वा प्रयोग गर्न नमिल्ने बनाउन पनि सकिनेछ । अब सामाजिक सञ्जालमा के के गर्न पाइँदैन ? १. बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) सिर्जना गर्न, २. बेनामे वा छद्मभेषी पहिचान ९फेक आइडी० मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी (कमेन्ट) व्यक्त गर्न वा कल गर्न, ३. कुनै समुदाय, जातजाति, लिंग,…
झापा, २३ कात्तिक । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को विज्ञ टोलीले झापाका तीन वटा जातिको रैथाने खानाको अध्ययन गरेको छ । पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको प्रतिष्ठानबाट रैथाने खानाको अध्ययनका लागि पर्यटन विज्ञ डा आलोक प्रसाइँको नेतृत्वमा चार सदस्यीय टोली झापा आएको हो । उक्त टोलीले झापामा पहिलो चरणमा राजबंशी, सन्थाल र जोगी समुदायको जातीय रैथाने खानाको पहिचान गर्ने टोली प्रमुख डा प्रसाइँले बताउनुभयो । उहाँका अनुसार मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा जोगी समुदाय, झापा गाउँपालिकामा सन्थाल समुदाय र कचनकबल गाउँपालिकामा राजबंशी समुदायको रैथाने खानाको खोज तथा अनुसन्धान गरेको छ । “राजबंशी र जोगी समुदायको…
झापा, २३ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको निर्देशनमा सुनसरीको धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन भएको छ । मन्त्री किराँतीको निर्देशनपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको संयोजकमा प्रबन्धक ई.नलबिक्रम थापा रहेका छन् भने प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य छन् । कार्यदललाई विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन छिटो प्रतिवेदन बुझाउन भनिएको छ ।
झापा, २३ कात्तिक । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण भएको छ । आज एक कार्यक्रमका बीच प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पुस्तक लोकार्पण गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताए । जनयुद्धलाई जति दबाउन खोजे पनि चिहानबाट भए पनि फेरि उठ्ने बताए । ‘पृथ्वीनारायण शाहको एक खालको कर्म पछिको ठूलो कर्म नेपाली जनताले अगाडि ल्याएको त्यहीँ (जनयुद्ध) नै हो । त्यसलाई अहिले जति दबाउन खोजे पनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ’, प्रधानमन्त्रीले भने, ‘त्यो चिहानबाट फेरि उठ्छ । किनभने हजारौँ मान्छेहरूले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर…