झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २७ असोज । विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिइरहेका बेला नेपालले भने जनताको मन जित्ने गरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लट उद्धार गरेको हो । सिधा हवाई सेवा भएका मुलुक पनि कूटनीतिक तवरले उद्धार गर्न ढिला भइरहेकामा नेपाल वायु सेवा निगममार्फत सरकारले दुबई हुँदै इजरायल पुगेर उद्धार गरेर शुक्रबार बिहान ३ बजे काठमाडौँ ल्याइपुर्‍याएको हो । बिहीबार इजरायलको तेलअभिभबाट नेपाली लिएर उडेको नेपाल एयरलाइन्सको विमान बिहान ३ बजे त्रिभुवन विमानस्थल अवतरण गरेको हो ।…

Read More

झापा, २६ असाेज । बिर्तामोड वडा नम्बर १ विरुद्ध ५–१ गोल अन्तरको जित निकाल्दै बिर्तामोड २ चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा आज भएको प्रतियोगिताको दोस्रोे क्वाटरफाइनलमा बिर्तामोड १ लाई ५–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड २ सेमिफाइनलमा प्रवेश हो । आजको खेलमा टिमका लागि ४ गोल गर्ने विजयी टिमका विराज लिम्बू ‘म्यान अफ दि म्याच’ घोषित भए । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्ने छ ।

Read More

शिवसताक्षी, २६ असाेज । सरकारले जारी गर्न लागेको संघीय ऐनको संसोधनको माग राख्दै आन्दोलनरत शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले आन्दोलनको स्वरुपमा परिवर्तन गरेका छन् । कर्मचारीहरुले कहिले नगरपालिकाको गेटमा धर्ना तथा पेन डाउन गर्दै आएका थिए । तर आज एका एक आन्दोलनको स्वरुप परिवर्तन गरी दुधे बजार सरसफाई गरिएको छ । आन्दोलनमा उत्रिएका कर्मचारीहरुले पेन डाउनको समयको सदुपयोग गर्दैै दूधे बजार सरसफाई गरेका हुन् । आन्दोलनमा जहिले पनि अराजक गतिविधी मात्र गर्ने प्रवृद्धिलाई निरुत्साहित गर्दै रचनात्मक काम गरेर पनि आन्दोलन गर्न सकिन्छ भन्ने सन्देश दिन आन्दोलनमा सरसफाई कार्यक्रम राखिएको नगरपालिकाका कर्मचारी डिल्ली नेपालले जानकारी दिए । सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि निर्मम…

Read More

बिर्तामोड, २६ असाेज । नगरपालिकाले आज पेट्रोल पम्पहरुको अनुगमन गरेको छ । नगर उप प्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा बजार क्षेत्रमा रहेका पम्पहरुको अनुगमन भएको हो । अनगमनका क्रममा अधिकास पम्पहरुमा रहेका सार्वजनिक शौचालयहरु फोहोर रहेको पाईएको छ । सफा नगरिएको, पानीको व्यवस्थापन नभएको, पानी जमेको लगायतका समस्या रहेको पाईएको हो ।नगरमा व्यवसाय नविकरण नगरेको, मूल्यसुची सबैले देख्ने ठाउंमा नराखेको, मूल्य सुची परिवर्तन नगरेको, नागरिकले देख्नेगरि सार्वजनिक शौचालय लेखेको स्पष्ट वोर्ड नराखेको, अग्नी नियन्त्रक सामाग्रीको म्याद गुज्रिएको लगायतका समस्या पम्पहरुमा फेला परेको नगर उप प्रमुख संग्रौलाले बताउनु भयो । समस्या देखिएका पम्पहरुलाई ३ दिन…

Read More

चन्द्र बस्नेतकनकाई, २६ असाेज । प्रजापति सामाजिक क्लवको आयोजना तथा झापाको कनकाई नगरपालिका वडा नम्बर १ र प्रजापति सामुदायिक वनको विशेष सहयोगमा कनकाई नगरपालिका वडा स्तरीय नकाउट फुटवल प्रतियोगिता यति बेला जारी छ । बडादशैँ तथा तिहारको अवसर पारेर झापाको कनकाई १ स्थित प्रजापतिमा हिजो बिहीवारदेखि प्रजापति सामुदायिक वनको खेल मैदानमा जारी प्रतियोगितामा आजभएका दुई खेलमा वडा न १ र ७ विजयी भएको क्लबका अध्यक्ष ईश्वर सुवेदीले जानकारी दिनुभयो । शुक्रबार आज दुई खेल मध्ये पहिलो खेलमा वडा न ७ ले वडा न ४ लाई ४–१ गोल अन्तरले पराजित गर्दै वडा न ७ विजयी भएको वडा न ७ का वडा…

Read More

बिर्तामोड २६ असोज । नेपाली काँग्रेस झापाका जिल्ला सचिव कृष्ण हुमागाँईले सबै धर्म, संस्कार, संस्कृति र परम्पराहरुको संरक्षण र संवद्र्धनमा नेपाली काँग्रेसको सबै तप्काले बिशेष ध्यान पु¥याउनु पर्नेमा जोड दिनुभएको छ । नेपाली काँग्रेस बिर्तामोड ५, जात्रुबाडी टोल समितिद्वारा आयोजित बडादशैंको शुभकामना तथा चियापान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्ने सचिव हुमागँईले देशकै जेठो र ठूलो पार्टी हुनुको नाताले जनताको आस्था र बिश्वास जोडिएका सवालहरुले जहिल्यै काँग्रेसले अगुवाई गर्दै आएको बताउनु भयो । नेपाल बहुजातीय, बहु सांस्कृतिक, बहु भाषिक, र बहुधार्मिक बिविधताले भरिएको मुलु भएको हुँदा नेपाली काँग्रेसले सबैको समान रुपमा संसक्षण र सम्मान गर्ने पनि हुमागाँईले बताउनु भयो ।…

Read More

बिराटनगर, २६असोज । “६८ औँ प्रहरी दिवस २०८०” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर महानगरपालिकाका उप(मेयर शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल प्रहरी अस्पताल बेलबारी र नेपाल रेडक्रस सोसाईटी बिराटनगरको प्राबिधिक सहयोगमा बिराटनगर–९ स्थित ट्राफिक चोकमा कार्यक्रम संचालन भएको हो । कार्यक्रमका प्रमुख अतिथि कार्कीले पहिलो रक्तदाता कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्‍घाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रममा नेपाल प्रहरीका ५९ जना, नेपाली सेनाका ४ जना, शशस्त्र प्रहरी बल नेपालका १३ जना र ३० जना…

Read More

सकेसम्म उच्चरक्तचाप हुने अबस्था आउनु नदिनुनै राम्रो हो । तर उच्चरक्तचाप भईहाल्यो भने त्यसको व्यवस्थापन सबै भन्दा महत्वपूर्ण कुरा हुन्छ । किनभने प्रेसरका बिरामीले गर्ने ससना गल्तिले जटिल समस्या निम्त्याउन सक्छ । त्यसकारण यी कुरामा ध्यान दिऔँ । मुटुरोग विशेषज्ञको सल्लाह लिने र सोही अनुसार चल्ने ः ब्लडप्रेसर देखिएको खण्डमा सबैभन्दा पहिले मुटुरोग बिशेषज्ञलाई भेटनुपर्छ । उनीहरुले दिएको सल्लाह अनुसार चल्नुजरुरी छ । औषधि खाने कि नखाने कि ः आदि बारेमा जानकारी लिनुपर्छ । म कहाँ आउने कतिपय बिरामीहरुले नियमित औषधि खान झ्याउ मान्ने गरेको पाएको छु धेरैजनाले सोध्नुहुन्छ औषधि सधैलाई खानुपर्छ भनेर रु मैले सबैलाई भन्छु, ‘प्राय जसो पर्छ…

Read More

काठमाडौँ, २६ असोज। श्रीलंकाको कोलोम्बोमा जारी काभा भलिबल च्यालेन्ज कपमा नेपालले दोस्रो हार व्यहोरेको छ। शुक्रबार सुगाथादासा इन्डोर स्टेडियममा भएको खेलमा नेपाल साउदी अरेबियासँग ३–२ को सेटमा पराजित भयो। नेपालले लिग चरणमा २ खेलमा जित निकाल्दा २ खेलमा हार भोगेको छ। राउण्ड रोविनको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ। पहिलो सेट २५–२२ ले गुमाएको नेपालले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो। तेस्रो सेट २५–२३ ले गुमाएको नेपालले प्रतिस्पर्धात्मक चौथो सेटमा २७–२५ को जित निकाल्न सफल भयो। प्रतिस्पर्धात्मक अन्तिम तथा पाँचाँै सेट १६–१४ ले गुमाएको हो। पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–१ को सेटमा हराएको थियो। दोस्रो खेलमा श्रीलंकासँग ३–० को…

Read More

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले गरेको राष्ट्रिय सरकार गठनको मागको माओवादी सांसदले प्रतिवाद गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर गौतमले राष्ट्रिय सरकार गठनको माग गरेका थिए । गौतम लगत्तै बोलेका माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार बनाउने मागको प्रतिवाद गरे । सुकुम्बासीको समस्या समाधान नगर्ने, विकासको काम नगर्ने, महँगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खालि सत्ताको लुछाचुँडीमा रहने हो भने ‘’ प्रचण्ड नेतृत्वको वर्तमान सरकारको विकल्प आवश्यक रहेको तर्क गर्दै कांग्रेस सांसद गौतमले भनेका थिए । कांग्रेस सांसद गौतमको भनाइको प्रतिवाद गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज…

Read More