
बिर्तामोड २६ असोज । नेपाली काँग्रेस झापाका जिल्ला सचिव कृष्ण हुमागाँईले सबै धर्म, संस्कार, संस्कृति र परम्पराहरुको संरक्षण र संवद्र्धनमा नेपाली काँग्रेसको सबै तप्काले बिशेष ध्यान पु¥याउनु पर्नेमा जोड दिनुभएको छ ।
नेपाली काँग्रेस बिर्तामोड ५, जात्रुबाडी टोल समितिद्वारा आयोजित बडादशैंको शुभकामना तथा चियापान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्ने सचिव हुमागँईले देशकै जेठो र ठूलो पार्टी हुनुको नाताले जनताको आस्था र बिश्वास जोडिएका सवालहरुले जहिल्यै काँग्रेसले अगुवाई गर्दै आएको बताउनु भयो ।
नेपाल बहुजातीय, बहु सांस्कृतिक, बहु भाषिक, र बहुधार्मिक बिविधताले भरिएको मुलु भएको हुँदा नेपाली काँग्रेसले सबैको समान रुपमा संसक्षण र सम्मान गर्ने पनि हुमागाँईले बताउनु भयो ।
कार्यक्रमका बिशेष अतिथि नेपाली काँग्रेस झापा क्षेत्र नं. २ का सभापति खगेन्द्र मैनालीले धर्म, संस्कार, संस्कृतिका बिषयमा अनावश्यक बिवाद खडा गराएर देशमा जात–जातिका बीचमा भगडा लगाउन केही तत्वले दुष्प्रयास गरिरहेको तर्फ संकेत गर्दै सदियौंदेखि मिलेर बसेका नेपालीहरुबीच फाटो ल्याउन खोज्नेहरुसँग सबै चनाखो हुनुपर्ने बताउनु भयो ।
नेपाली काँग्रेस जात्रुबारी टोल समितिका सभापति रुपा राजबंशीको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधिसिता पौड्याल, जिल्ला सदस्य पुष्पलाल चौधरी, बिर्तामोड नगर सभापति भोजराज सिटौला, अधिवक्ता हेमकला कट्टेल, नेकपा एमाले जिल्ला सदस्य सुरेन राजबंशी, माओवादीका देबीचरण रेग्मी, एमालेका घनश्याम गिरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



