
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
खोटाङ, १८ असोन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आजदेखि पाँच दिने ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’सुरु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँको आयोजनामा जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित सो प्रदर्शनी यही असोज २१ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा क्यानभासमा लाइभ चित्र उतार्नका लागि नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभीया, लिथुआनीया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनामलगायत १४ देशका ४० जना ख्यातिप्राप्त चित्रकार खोटाङ आइपुगेका छन्। नगरपालिकाको प्रमुख प्रवेशद्वार महुरेगढीबाट सुरु भएको कार्यक्रममा सहभागी चित्रकारलाई जिल्लावासीले भव्य स्वागत गरेका छन्। महुरेगढी…
झापा, १८ असोज । झापाको माइधारमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेर स्कुटरमा सवार तीन जना गम्भीर घाइतेमध्ये एक जनाको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । स्कुटीमा तीन जना पुरुष युवक सवार थिए । दुर्घटनामा परेर झापा गाउँपालिका वडा नम्बर ७ का २० वर्षाीय भविस श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुइ घाइते सोही पालिका वडा नम्बर ७ का निशान सिवाकोटी र वडा नम्बर २ का सुसान थापाको उपचार भइरहेको छ । उनीहरूको बिएण्डसी…
झापा, १८ असोज । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ स् शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेकको छ । नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब दिन सबै शिक्षक र कर्मचारीमा सफलता मिलोस् भनी दिवसको शुभकामना दिएको छ । समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो ।
झापा, १८ असोज । मकवानपुरको बकैयामा दूध बोक्ने ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार धरान-चतरा सडक खण्डअन्तर्गत बकैया गाउँपालिका–५ तीनतलेमा दूध बोक्ने खाली ट्यांकर दुर्घटना हुदाँ हेटौंडा उपमहानगरपालिका–९ एचआइडी निवासी अन्दाजी ३४ वर्षका सिद्धान्त लामाको मृत्यु भएको हो। बुधबार हेटौंडाबाट बकैयातर्फ गइरहेको ना १ घ ५४४ नम्बरको ट्यांकर तीनतलेमा सडकबाट एक सय मिटर तल खसेको थियो। दुर्घटनामा सख्त घाइते भएका लामालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो। उपचारको क्रममा बुधबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सहचालक धादिङ जिल्ला…
फुङ्लिङ, १८ असोज । ताप्लेजुङका किसानले अलैँची भित्र्याउन थालेका छन् । बेँसीदेखि लेकाली क्षेत्रका किसानले लगाएको अलैँची टिपाइ गरेर घर भित्र्याउन थालेका हुन् । कालोसुनको उपनाम पाएको अलैँची ताप्लेजुङमा टिपाइ सुरु भएको छ । फक्ताङलुङ गाउँपालिका–६ का विर्ख लिम्बू लामो समयपछि अलैँचीको मूल्यमा सुधार आएसँगै उत्साहित छन् । उनको अलैँची बगान घरदेखि निकै टाढा पर्छ, त्यसैले केही समयसम्मलाई पुग्ने रासनपानी लिएर अलैँची टिप्न घरबाट निस्केका हुन् । अलैँची बगानमा टिप्ने, छराउने र सुकाउने काम सकाएर मात्र लिम्बू घर फर्किने योजनाका साथ अलैँची बगानमा बसेका हुन् । उनले भने, “आजदेखि बेँसीमा भएको बगानमा अलैँची टिप्न सुरु गरेको छु । अहिले सबैको…
झापा, १८ असोज । दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट दिएको कानुनी प्रावधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित पार्न कडाइ गर्न लागेको भन्सार विभागले जनाएको छ । यात्रुहरूले कानुनी व्यवस्थाविपरीत सामान ल्याएमा माल वस्तु जफत गरिने र सोको दोब्बर मूल्यबराबर जरिमाना तथा कैद सजायसमेत हुने जनाएको छ । व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र कानुनले प्रतिबन्ध गरेका मालसामान ल्याएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गरेको हो । भन्सार विभागले कानुनले…
झापा, १८ असोज । दसैँको मुखमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, चिउरा, आँटा, गेडागुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ । आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक मूल्य वृद्धिले झनै आक्रान्त बनेका छन् । पछिल्लो एक वर्षको बिचमा दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशतसम्मले मूल्य वृद्धि भएको पाइएको छ । यसबिचमा महँगो नभएको कुनै वस्तु नै छैन । चामल, दाल, गेडागुडी, आँटा, चिउरा, चिनी सबै महँगिएको छ । चिनीमा त पछिल्लो पटक कालो बजारी नै भएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार अघिल्लो वर्ष ८० रुपियाँमा पाइने जिरा मसिनो चामल अहिले बढेर प्रतिकेजीको ९५ देखि एक सय रुपियाँ पुगेको छ । रहर दाल…
भद्रपुर, १७ असोज । अस्वाभाविक पोशाक लगाएर जिल्ला प्रशासन कार्यालय (सिडिओ) झापामा आउने सेवाग्राहीलाई कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको छ । प्रशासन कार्यालयले असोज १२ गते एक सूचना जारी गर्दै सेवा लिन आउने सेवाग्राहीलाई कार्यालयमा आउँदा अनिवार्यरुपमा स्वाभाविक र सभ्य देखिने पोशाक लगाएर आउन आग्रह गरेको छ । प्रशासन शाखाबाट जारी सूचनामा पुरुषको हकमा हाफ पाइन्ट र महिलाको हकमा मिनी स्कर्टजस्ता भड्किला, असभ्य र अस्वाभाविक देखिने पोशाक लगाएर आएको खण्डमा कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको व्यहोरा उल्लेख छ । दैनिकजसो हाफ पाइन्टमा र मिनी स्कर्टमा आउने सेवाग्राहीलाई सुरक्षाकर्मीले सम्झाइ बुझाइ बाहिर पठाउने गरेका छन् । कतिपयले सूचनाका बारेमा थाहा नभएको…
शिवसताक्षी, १७ असोज । शिवसताक्षी नगरपालिकाले झरीका बीच पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । बुधबार शिवसताक्षी वडा नं. ७ स्थित चन्द्रडाँगी बजार अनुगमन गरेको हो । नगर उपप्रमुख नरमाया कार्कीको टोलीले चन्द्रडाँगीका अधिकांश पसलबाट म्याद गुज्रिएका खाद्य बस्तु जफत गरेको छ । शिवसताक्षी नगरपालिका भित्रका पसलहरुमा म्याद गुज्रिएका खाद्य बस्तु विक्री वितरण गरेको स्थानीयको गुनासो सँगै नगरपालिका एक्सनमा उत्रिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । बुधबार चन्द्रडाँगी बजारमा खाने तेल, कोक, फेन्टा, पापड, टुप्पेस, चिप्स लागत विभिन्न खाद्य सामाग्रीहरु म्याद गुज्रिएका फेला परेको उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । अनुगमनका क्रममा ७० प्रतिशत पसलहरु स्थानीयतह दर्ता तथा नविकरण नगरी चलाएको…
शिवसताक्षी, १७ असोज । झापाको शिवसताक्षी वडा नं. ७ मा प्रथम शिवसताक्षी वडा स्तरीय फुटबल प्रतियोगिता २०८० हुने भएको छ । वडा नं. ७ को शुक्र माध्यमिक विद्यालयको खेल मैदानमा आगामी असोज २० गतेबाट कार्तिक ४ गतेसम्म वडास्तरीय फुटबल प्रतियोगिता हुने आयोजक वडा नं. ७ को खेलकुद विकास समितिले एक कार्यक्रम गरी जानकारी गराएको छ । स्थानीय स्तरमा खेलाडीहरुलाई खेल प्रति अभिबृद्धि र खेलाडी उत्पादन गर्ने उद्देश्यले वडास्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष विक्रम योङ्याले जानकारी दिए । प्रतियोगितामा १२ ओटा टिमले सहभागीता जनाउने अध्यक्ष योङ्याले जानकारी दिए । जसमा ११ वटा वडाका एक एक टिम र…