
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
आगामी पुस १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को ट्रेलर रिलिज भएको छ। बिहीबार निर्माण टिमले युना डिजिटल युटुब च्यानलमार्फत रिलिज गरेको हो। २ मिनेट २४ सेकेन्ड लामो ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ। कथाले विस.२०५२ सालपछिको सरकार र तत्कालीन विद्रोही पक्षको चपेटामा परेका युवालाई मुगलान लखेटेको टिजरमा देख्न सकिन्छ। मुखियाको रिण तिर्नका लागि मुगलान भासिएका प्रभात पाल फर्किएर आउँदा घर रिक्त देख्छ। ताकी उसका बुबा आमा छैनन्। के भएर उनीहरू छैनन्,कसैले मारेकी कि या अपहरणमा पारियो भन्ने कुरा भने फिल्म हलमा चलेपछि नै थाहा होला। ट्रेलरमा फिल्मका मुख्य अभिनेता प्रभात पाल, अभिनेत्री…
एजेन्सी, २६ मंसिर । सन् २०२६ को फेब्रुअरी १२ मा बंगलादेशको निर्वाचन आयोगले देशको १३औं राष्ट्रिय संसदीय निर्वाचन र जनमत संग्रह हुने घोषणा गरेको छ । देशका प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले गएराति पूर्व–रेकर्ड गरिएको टेलिभिजन सम्बोधनमा यो घोषणा गर्नुभएको हो । उहाँले डिसेम्बर २९ तारिख सम्ममा मनोनयन दर्ता गर्नुपर्ने बताउनुभएको छ । जुन डिसेम्बर ३० देखि जनवरी ४ सम्म जाँच गरिनेछ । चुनाव आयोगले गएको महिना १२ करोड ७० लाख भन्दा धेरै मतदाता दर्ता भएको बताएको थियो । मुख्य सल्लाहकार मुहम्मद युनुसले अस्ति बुधवार १३औं राष्ट्रिय चुनावलाई गएको वर्ष जुलाईमा भएको जनविद्रोहपछि नयाँ बंगलादेश निर्माण गर्ने ऐतिहासिक अवसरको…
झापा, २६ मंसिर । सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको छ । आज सुन तीन हजार पाँच सय रुपैयाँले बढेर तोालाको दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार एक सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ पनि आज तोलामा एक सय रुपैयाँले बढेको छ । आज चाँदी एक सय रुपैयाँले बढेर तोलाको तीन हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार आठ सय पाँच रुपैयाँ थियो
चितवन, २६ मंसिर । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्य अनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो । लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार अहिले निकालिएको एउटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । विगतमा लागत मूल्य १६ रुपैयाँ ५६ पैसा थियो । तीन वर्षअघि सरकारी र निजी क्षेत्रका भेटेरिनरियन चिकित्सकहरुले लागत मूल्य निकालेका थिए । डा.दाहालका अनुसार दश हजार लेयर्स कुखुरापालन गरी अण्डा उत्पादन गर्दा लाग्ने अण्डाको मूल्य निकालिएको…
झापा, २६ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने जनाइएको छ । मन्त्रीमा कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् ।
पाल्पा, २६ मंसिर । पाल्पाको निस्दी गाउँपालिकामा जिप दुर्घटना भएको छ। आज बिहान मित्याल–अरुणखोला सडकखण्ड अन्तर्गत निस्दी गाउँपालिका–४ मित्याल चिउरेबास भन्ने स्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ,भने ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार मृतक र घाइतेहरूको पहिचान खुल्न सकेको छैन । जिप सडकदेखि एक सय मिटर तल खोल्सोमा खसेको छ । अरूणखोलाबाट निस्दी हुँदै रामपुर आउँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो । घाइतेहरूलाई उपचारका लागि रामपुर अस्पताल पठाइएको छ ।
काठमाडौँ, २५ मंसिर । विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनी ल्याउने उद्देश्यकासाथ ‘१३औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ आजदेखि काठमाडौँमा सुरू हुँदैछ । ‘बाल अधिकार’ भन्ने नाराका साथ यही मङ्सिर २९ गतेसम्म पाँच दिन चलचित्र विकास बोर्डको सभाहल र पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए । “हामीले २६ देशका ५० चलचित्रहरू प्रदर्शन गर्दैछौँ, महोत्सवमा छानिएका धेरैजसो चलचित्रले कान्स, बर्लिनाले, भेनिस र बुसानजस्ता प्रतिष्ठित अन्तरराष्ट्रिय महोत्सव सहभागिता जनाइसकेका छन्”, उनले भने । उनले महोत्सवमा देखाइने चलचित्रले मानवअधिकारका विषयलाई सहज र सरल रूपमा दर्शकसम्म पुर्याउने बताए । ‘कान्स फिल्म फेस्टिभल २०२५’ अन्तर्गत ‘पाल्मे डी ओर’ (लघु…
१. चानामा प्रशस्त मात्रामा पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आइरन, सोडियम तथा सेलेनियम पाउन सकिन्छ । २. चानालाई तरकारीको रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ । ३. चनामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुनाले यसको नियमित सेवनले शररिमा शक्ति प्रदान गर्छ । ४. चनाको नियमित सेवन गर्नाले शरीरमा पाचन शक्तिलाई क्रियाशील बनाउन मद्दत गर्छ । ५. चनामा भरपुर मात्रामा आइरन हुन्छ जसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढउनमा मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ ।एजेन्सी
चितवन, २५ मंसिर। अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पुस १ र २ गते गणनामा सहभागीलाई तालिम दिइदै छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंम सेवी, विद्यार्थी र संरक्षणका साझेदार तालिममा सहभागी हुँदैछन् । करिब एक…
झापा, २५ मंसिर ।सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुन एक हजार रुपैयाँले बढेर तोलाको २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार एक सय रुपैयाँ थियो । यस्तै आज चाँदी ५५ रुपैयाँले बढेर तोलाको तीन हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार सात सय ५० रुपैयाँ थियो ।