झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ साउन । राजस्व अनुसन्धान विभागले बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा बढी सुन बरामद गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ । विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उहाँले बताउनुभयो । उहाँले सुन हङ्कङबाट आएको खुलेको जानकारी दिनुभयो । थप अनुसन्धान जारी रहेकाले बिहीबारसम्ममा धेरै कुराहरु खुल्ने पनि उहाँले बताउनुभयो ।

Read More

झापा, ४ साउन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि (एनएमसी) ले सदस्यको खाताबाट कल्याणकारी कोषका लागि झिकेको रकम फिर्ता गर्ने निर्णय गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले एक प्रेस विज्ञप्ति जारी गरी उक्त जानकारी दिनुभयो । एनएमसीले केही दिन यता आफ्ना सदस्यको खाताबाट रु ७०० कल्याणकारी कोषमा योगदान स्वरुप झिकेको जानकारी गराएपछि सदस्यहरु असन्तुष्ट भएका थिए । उप्रेतीले उक्त कोष बारेमा भविष्यमा सदस्यहरुसँग आवश्यक छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यस्तो छ विज्ञप्ति

Read More

झापा, ४ साउन । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०७९–८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ । आव २०७८–७९ मा सोही अवधिमा रु चार अर्ब ७६ लाख ४३ हजार ८९ हजार मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४३ केजी अलैँची भारत निकासी भएको थियो । गत आवको तुलनामा आव २०७९र८० मा अलैँचीको निर्यात ४२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका बताउनुभयो । तुलनात्मक रुपमा रु तीन अर्ब ४७ करोड ७१ लाख २४ हजार मूल्य बराबरको अलैँची…

Read More

झापा, ४ साउन । कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव २०७९/८० मा तीन हजार पाँच सय १० सवारीसाधन दुर्घटना हुँदा चार सय १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी आठ सय १० जना गम्भीर तथा चार हजार सात सय ९७ जना सामान्य घाइते भएका थिए । आव २०७८/७९ मा प्रदेशमा तीन हजार आठ सय २० सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनाबाट पाँच सय ३१ जनाको…

Read More

झापा, ४ साउन । काठमाडौं–रक्सौल विद्युतीय रेलको निर्माण लागत करिब ४ खर्ब लाग्ने अध्ययनले देखाएको छ। भारतले तयार गरेको फाइनल लोकेसन सर्भे (एफएलएस) को प्रतिवेदनले उक्त रेलको लागत ४ खर्ब रुपैयाँ देखाएको हो। भारतले काठमाडौंबाट सीधा रक्सौल जोड्ने गरी विद्युतीय ब्रोडगेज रेलको फाइनल लोकेसन सर्भेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। भारतको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सर्भे सम्पन्न भएको हो। २०७८ सालको असोजमा १८ महिनाभित्र सकाउने गरी नेपाल र भारतबीच द्विपक्षीय समझदारी भएको थियो। यसअघि भारतको आर्थिक सहयोगमै सन् २०१९ मा रेलमार्गको ‘प्रिलिमिनरी इन्जिनियरिङ कम ट्राफिक’ ९पीईटी० सर्वेक्षण सम्पन्न गरी नेपाललाई बुझाएको थियो। उक्त प्रतिवेदनले रेलमार्गको लागत करिब साढे २…

Read More

झापा, ४ साउन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको छ। त्रिविले सबैभन्दा पहिला २०७१–७२ सालदेखि व्यवस्थापन सङ्कायबाट स्नातक तहलाई चारवर्षे बनाउन सुरु गरेको थियो। मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा चारवर्षे प्रावधान लागु भएको एक चक्र पनि पूरा भएको छैन। चारवर्षे पढाइका लागि प्रथम ब्याचमा भर्ना भएका यस सङ्कायका विद्यार्थीले अहिले तेस्रो वर्षको परीक्षा दिइरहेका छन्। विश्वविद्यालयको गत असार १४ गते बसेको प्राज्ञिक समितिको बैठकमा स्नातकलाई तीन वर्षमै झार्नुपर्ने सुझाव विभिन्न सङ्कायका डिनले दिनुभएको थियो। परीक्षा नियन्त्रण कार्यालयले समेत…

Read More

बिर्तामोड, ३ साउन । झापाको बिर्तामोडस्थित मुक्तिचोकमा परेका खाल्डा खुल्डि पुरिएको छ । मुक्तिचोक स्थित भद्रपुरोडमा परेको खाल्डा खुल्डि पुरिएको हो । लामो समयदेखि कालोपत्रे उप्किएर परेको खाल्डाका कारण यात्रु तथा सवारी साधनलाई असहज हुँदै आएको थियो । जसका कारण दुर्घटनाको जोखिम रहेको थियो । सोही समस्यालाई मध्यनजर गर्दै निर्माण व्यवसायी केदार गिरीले आफ्नो पहलमा खाल्डो परेको सडक मर्मतपछि कालोपत्रे गरिदिएका हुन् । साथै उनले बिर्तामोड भद्रपुर रोड सडक खण्ड अन्तरगत बिर्ताबजारचोकमा बिग्रिएको सडक पेटीको पनि मर्मत गरेका छन् । साथै, विद्युत् प्राधिकरण अघि परेको खाल्डो पनि मर्मत गरिएको छ । बिग्रिएको सडकका कारण पैदल यात्रुसँगै सवारी आवत–जावतमा समस्या उत्पन्न…

Read More

दमक, ३ साउन । दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सोविन न्यौपानेले जानकारी दिए । प्रतियोगिताका लागि सहभागी टिमहरुको टुंगो लागिसकेको छ भने फिक्स्चर पनि सार्वजनिक भइसकेको छ । प्रतियोगितामा २१ वटा क्याम्पसले प्रतिस्पर्धा गर्ने छन् । न्यौपानेका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसहरुले सहभागिता जनाउने छन् । दर्शकका लागि फुटसल कोर्ट वरिपरि बाँसको अस्थायी प्यारापिट निर्माणको काम सकिन लागेको न्यौपानेले बताए । विपन्न…

Read More

झापा, ३ साउन । झापामा जननायक विश्वेश्वरप्रसाद कोइराला (वीपी) को प्रजातान्त्रिक समाजवादको चर्चा गरिएको छ । वीपीको ४१ औं स्मृति दिवसको अवसरमा आज नेपाली कांग्रेस बिर्तामोड नं. ५ वडा समितिको आयोजनामा जिल्ला पार्टी कार्यालयमा भएको विचार गोष्ठीमा कांग्रेस संस्थापक नेता वीपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादका विषयमा चर्चा गरिएको हो । विचार गोष्ठीमा वीपीको राजनीतिक तथा साहित्यिक व्यक्तित्व, नेपालमा प्रजातन्त्र स्थापनाका लागि जीवनभर गर्नुभएको संघर्ष, अनुयायीहरुले अपनाउनुपर्ने जीवनशैली लगायतका विषयमा चर्चा–परिचर्चा गरियो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि तेजप्रसाद चौलागाईंले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा वीपीको विचार र व्यक्तित्व उत्तिकै लोकप्रिय रहेको बताउनुभयो । वीपीले आमनागरिकको जीवनस्तर सुधारका लागि ल्याउनुभएको नीति समयानुकूल परिमार्जन गर्दै कार्यान्वयन गर्नुपर्नेमा उहाँले…

Read More

झापा, ३ साउन । आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो । वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले शुल्क लगानी असुल गर्नुपर्नेछ”, कार्यविधिमा भनिएको छ, “फर्म वा कम्पनीले व्यवसाय प्रवद्र्धनका सिलसिलामा आफुसम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च रकममा लेखाङ्कनका बखत पाँच प्रतिशतका दरले…

Read More