झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २६ असोज । झापाको बिर्तामोड नगरपालिका–१ मा ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । बिहीबार पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख २०८३ नम्बरको ट्रकले पैदल यात्री दोलखा कालिञ्चोकका ५१ वर्षीया देविमाया थामीलाई ठक्कर दिँदा घाइते भएकी थामीको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटनामा संलग्न ट्रक र चालक सुनसरी गढी गाउँपालिका–४ का ३९ वर्षीय रमेश चौधरीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Read More

धुलाबारी, २६ असोज । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ मेचीनगर–९ द्वारा सञ्चालित ‘मागुरमाडी सिमसार तथा पर्यटकीय क्षेत्र’को सरसफाई गरी चिटिक्क पारिएको छ । अहिले यो सिमसार पर्यटकलाई पर्खिरहेको छ । उपभोक्ताको सक्रियतामा सिमसार परिसरमा बढ्दै गएको झाडी सरसफाई गरिएको हो । सिमसार क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न सरसफाई गरिएको वन समूहका अध्यक्ष अम्बरबहादुर लिम्बूले बताए । उपभोक्ताले एकैसाथ सिमसार क्षेत्र सफाइ गरेका हुन् । मागुरमाडी सिमसार भौतिक संरचना निर्माणसँगै सञ्चालनमा आइसकेको छ । यद्यपि बजेट अभावका कारण पूर्णरुपमा संरचनाहरु निर्माण हुन सकेको छैन । पाँच हेक्टर जमिनमा फैलिएको उक्त सिमसारमा दुईवटा पोखरी, वाटर फाउन्टेन, बाटोसहितको आकर्षक…

Read More

बिर्तामोड, २६ असोज । झापाको बिर्तामोड नगरपालिकामा जंगली हात्ती नियन्त्रणका लागि १३ किमी सोलार विद्युतीय तारवार (सोलार फेन्सिङ) लगाइने भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोड नगरपालिकाको वडा नं ६ स्थित देउनिया खोलाको पुल छेउवाट दक्षिण करिव १३ किमी क्षेत्रमा हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ । वन तथा वातावरण मन्त्रालयबाट सोलार फेन्सिङ कार्यक्रम सञ्चालन स्वीकृत भएको बुझिएको छ । बिर्तामोड ६,७ र ८ का नागरिकहरु हात्ती प्रभावित भएका छन् । बिर्तामोड नगरपालिकाको माग बमोजिम सभामुख देवराज घिमिरेको पहलमा सोलार फेन्सिङ कार्यक्रम स्वीकृत भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले तिहार अघि सर्भे सम्पन्न…

Read More

झापा, २६ असोज । सरकारले बजारमा मूल्य वृद्धि, कृत्रिम अभावजस्ता अराजक बजारलाई चिर्ने उद्देश्यले स्थापना भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडजस्ता संस्थामा अत्यावश्यक वस्तुका रूपमा मानिने चिनी अभाव देखिएको छ । बजारमा व्यापारीले कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाएका बेला सरकारी निकाय समन्वय गर्नुको साटो निरीह भई टुलुटुलु हेरेर बसेको पाइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले मंगलबार दिउँसोबाट कम्पनीको कुनै पनि शाखामा चिनी नरहेको बताए । उनले उपत्यकामा सञ्चालित काठमाडौंका थापाथली, रामशाहपथ तथा ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायकमा रहेको पसलमा चिनी अभाव रहेको बताए । सुवेदीले तिहारपछि…

Read More

झापा, २६ असोज । दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ताचप्पललगायतका सामानको कारोबार धेरै हुन्छ । सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दसैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान १०० प्रतिशतसम्म छुट भन्दै बिक्रीका लागि राखिएका छन् । छुट भनिएका बजारमा किन्ने उपभोक्ताको त्यत्तिकै भिड छ । दसैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि भएकाले सबै वर्गका नागरिकको बजारमा भिड लाग्छ । लत्ताकपडा र जुत्ताचप्पल लगायतका सामान बिक्री गर्ने व्यापारी चाडपर्वमा सबै वर्गका व्यक्तिले आफ्ना परिवार वा छोराछोरीका लागि नयाँ कपडा र जुत्ता किन्ने चलन पहिलेदेखि नै भएकाले…

Read More

झापा, २६ असोज । इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए । उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए । “इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म पाँच सय ५७ जनाले आफ्नो…

Read More

कनकाई, २५ असोज । झापाको कनकाई–१ स्थित प्रजापतिमा आजदेखि कनकाई नगरपालिका वडास्तरीय नकाउट फुटबल प्रतियोगिता–२०८० सुरु भएको छ । क्लबका अध्यक्ष सुवेदीको सभापतित्वमा भएको उद्घाटन खेलमा कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरलेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विशेष अतिथि वडा नं. १ का अध्यक्ष सुशीलकुमार पोखरेल, प्रजापति सामुदायिक वनका अध्यक्ष मातृका पोखरेल लगायले आ–आफ्नो धारणा राख्नुभएको थियोे । वडा नं. १ की वडा सदस्य निर्मला खड्का, दल बहादुर थापा लगायत उपस्थित रहेको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष राजेश श्रेष्ठले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका पूर्व अध्यक्ष दिपेश रिमाल र सह–सचिव जित मगरले संयुक्त रुपमा गर्नुभएको थियो । प्रजापति सामाजिक क्लबको…

Read More

बिर्तामोड, २५ असोज । झापाको बिर्तामोड–२ चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीको आँखा परीक्षण गरिएको छ । विश्व दृष्टि दिवसको अवसरमा आज संस्थाको मुख्य कार्यालयमा अभिमूखिकरणसँगै कर्मचारीको आँखा परीक्षण गरिएको हो । सहारा नेपाल साकोसको आयोजना तथा बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा ‘लभ युवर आइज एट वार्क प्लेस’ भन्ने विश्व नाराका साथ कार्यक्रम गरिएको हो । विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबर महिना को दोस्रो बिहीबार मनाइँदै आइएको छ । बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत बिनोद दाहालले कार्यालयमा काम गर्ने, लामो समय कम्प्युटर, ल्याप्टप चलाउने समूहसहित कर्मचारीलाई लक्षित गरी चेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा आँखा…

Read More

बिर्तामोड, असोज २५ । चारपानेमा आजबाट सुरु भएको दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिता झापा–११ एफसीले विजयी सुरुवात गरेको छ । बिर्तामोड–२ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा झापा–११ ले बाहुनडाँगी एफसीलाई ३–१ गोल अन्तरले हराएको हो । प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको छ । झापा ११, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र…

Read More

बिर्तामोड, २५ असोज । झापाको बिर्तामोडबाट आज ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँरकभिट्टाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बिर्तामोड–७ का ३२ वर्षीय डिल्लीबहादुर खड्का, बिर्तामोड–९ का ३० वर्षीय मोहन टुडू र सोही स्थानका ३७ वर्षीय सोम मर्डीलाई पक्राउ गरेको हो । ब्राउनसुगर सेवन तथा बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले खड्काले बिर्तामोडबाट आज दिउँसो २ बजे पक्राउ गरेको थियो । खड्काको सूचनाका आधारमा थप दुई जनालाई प्रहरीले समातेको हो । प्रहरीले उनीहरुको साथबाट ९८ ग्राम २४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । उनीहरु लागुऔषत्र प्रयोगकर्ता र कारोबारी भएको जनाइएको छ ।…

Read More