
बिर्तामोड, २५ असोज । झापाको बिर्तामोड–२ चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीको आँखा परीक्षण गरिएको छ । विश्व दृष्टि दिवसको अवसरमा आज संस्थाको मुख्य कार्यालयमा अभिमूखिकरणसँगै कर्मचारीको आँखा परीक्षण गरिएको हो ।
सहारा नेपाल साकोसको आयोजना तथा बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा ‘लभ युवर आइज एट वार्क प्लेस’ भन्ने विश्व नाराका साथ कार्यक्रम गरिएको हो । विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबर महिना को दोस्रो बिहीबार मनाइँदै आइएको छ । बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत बिनोद दाहालले कार्यालयमा काम गर्ने, लामो समय कम्प्युटर, ल्याप्टप चलाउने समूहसहित कर्मचारीलाई लक्षित गरी चेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा आँखा अस्पतालका प्रशासन विभाग प्रमुख भरत सापकोटा, प्राविधिक जुनु नेपाली र भावना गनगाईले कर्मचारीहरुको आँखा परीक्षण गरेका हुन् । संस्थाको जीवन बरदान कार्यक्रम स्वास्थ्य युनिटको पहलमा विश्व दृष्टि दिवसको अवसर पारेर कार्यक्रम गरिएको संयोजक भक्तबहादुर खड्काले जानकारी दिए ।

कार्यक्रममा साकोसका कोषाध्यक्ष डम्बर देउजा, सञ्चालक सदस्य भोला धिताल, निर्देशक लक्ष्मण खतिवडा, उप–निर्देशक दिनेशबहादुर निरौला लगायत संस्थाका कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन साकोसका तालिम अधिकृत मात्रिका सुवेदीले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


