झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ४ कात्तिक । मोफसलको चर्चित फुटबल टोली झापा ११ एफसीले दोस्रो संस्करणको एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । बिर्तामोड–२ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा झापा एफसीलाई २–० गोल अन्तरले हराउँदै झापा ११ ले उपाधि रक्षा गरेको हो । जितसँगै झापा ११ ले नगद १ लाख ११ हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेतामा सीमित झापा एफसीले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर झापा ११ का सन्दीप लिम्बू, उत्कृष्ट डिफेन्डर झापा ११ का सुमन मगर, उत्कृष्ट मिडफिल्डर झापा एफसीका आयुष…

Read More

भद्रपुर, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र) भद्रपुरले आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नेपालीहरुको महान चाड दशैं तथा आउँदै गरेको तिहार, गरुबाँसी, छठ, नेपाल सम्बत ११४४ को अवसरमा पार्टीले आज यहाँ शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सहइञ्चार्ज सावित्रीकुमार काफ्लेले चाडपर्वको सांस्कृति, वैज्ञानिक, धार्मिक महत्वका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले सबै रुपान्तरणमा लागेर विकास र समृद्धि ल्याउनु पर्नेमा जोड दिनु । त्यस्तै, कार्यक्रमका विशेष अतिथि गणेश पोखरेल धार्मिक संहिष्णुतासँगै राजनीतिक सहिष्णुता हुन जरुरी रहेकाले सबै पार्टी बीच सद्भाव हुनुपर्ने बताउनुभयो । कार्यक्रममा कांग्रेस भद्रपुर नगर सभापति राम…

Read More

झापा, ३ कात्तिक । सहारा नेपालको २८ औं वार्षिक उत्सव सम्पन्न भएको छ । बिर्तामोड–२ स्थित चारपानेमा केन्द्रीय कार्यालय रहेको संस्थाले विभिन्न व्यक्तित्वलाई सम्मान तथा विद्यालयलाई आर्थिक सहयोग गरेर २८ औं वाषिकोत्सव मनाएको छ । नेपालका ३४ वटा जिल्लामा कार्यसम्पादन गरिसकेको संस्थाले ६६ वटा परियोजना सम्पन्न गरेको संस्थाका सचिव महेन्द्र कुमार गिरीले बताए । जस अन्तरगत जलवायु परिर्वतन, सामुदायिक स्वास्थ्य तथा सरसफाई, विपन्न वर्गलाई आवास, स्वरोजगार तथा उद्यमशीलता, जिविकोपार्जन, सौर्य ऊर्जा, सरकारसँग साझेदारी, वित्तीय पहुँच, संस्थागत विकासका लागि सामाजिक व्यवसाय, कृषिको दिगो विकास लगायतका योजनाहरुमा रहेर ६६ वटा परियोजना सम्पन्न गरिसकेको गिरीले बताए । कार्यक्रमकाबीच ह्याविट्याड फर ह्युमानिटीलाई सम्मान गरिएको…

Read More

झापा, ३ कात्तिक । सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ जसो सिंहदबार आसपासका कार्यालयमा नै घुम्ने गरेका छन् । पुहँचविहीन कर्मचारी भने दुर्गम जिल्लामा नै बसेर सेवा प्रवाह गर्न बाध्य छन् । निजामती सेवा नियमावालीमा दुई वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरेपछि सरुवा गर्न मिल्ने व्यवस्था छ तर पहुँचवाला कर्मचारीलाई भने उक्त नियम लागु हुने गरेको छैन । पहुँचवाला कर्मचारी भने १० देखि १७ वर्षसम्म पनि सरुवा नभई एउटै कार्यालयमा जरोकिलो गाढेर बसेको राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ । १० वर्षभन्दा बढी एउटै कार्यालमा बस्ने कर्मचारीमा प्रशासन, लेखा, इन्जिनियरिङ, कृषि, वन, योजना तथा तथ्याङ्क, विविध, न्याय सेवा, शिक्षा, स्वास्थ्यलगायतका सेवाका…

Read More

झापा, ३ कात्तिक । दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीलाई कारागारबाहिर राख्ने मिल्ने गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो । कात्तिक १ गतेदेखि उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । अब दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीले तोकिएको सर्तसहित स्वतन्त्ररूपमा बाहिरै बसेर जीवनयापन गर्न पाउने छन् । २०७५ भदौ १ गतेदेखि नयाँ ऐन लागु भए पनि त्यसको पाँच वर्षपछि प्यारोलको व्यवस्था कार्यान्वयनमा आएको हो । अब न्यायाधीशले मुद्दा फैसलाकै क्रममा यस्तो सुविधा पाउने वा नपाउने पनि खुलाउनुपर्ने छ । परम्परागत दण्ड प्रणालीको सट्टा सुधारात्मक प्रणाली अवलम्बन गर्दै प्यारोललगायतको सुविधा…

Read More

झापा, ३ कात्तिक । दूषित मासु खाँदा झाडापखाला, इकोलाई, क्षयरोग, रेबिज, पीपीआर, बु्रसेला, एन्थ्रास, जुका पर्ने, आउ रगतमासी, चर्मरोग, वान्ता आउने, पातलो दिशा लाग्ने र खान मन नलाग्ने, छाला चिलाउने, फुस्रो हुने, घाउखटिरा आउने र पाक्ने, ब्रेनसिस्ट, दमलगायतका रोग लाग्ने सक्ने भन्दै चेकजाँच गरिबएका चौपायाको मासु खान आग्रह गरेकोछ । चेकजाँच नगरी चौपायाको बिक्री गर्दा मानिसमा प्राणघातक रोग सर्न सक्ने सम्भावना रहेको जनाउँदै हाइजेनिक मासु खुवाउन उपत्यका भित्रने पशु चौपायाको स्वास्थ्य परीक्षण गरेको हो । केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक खितबहादुर श्रेष्ठले उपत्यकावासीलाई ताजा मासु खुवाउने रणनीतिसहित पशु चौपायाको स्वास्थ्य परीक्षण गरिएको बताए । उनले भने– ‘हामीले मासु खाँदा…

Read More

झापा, ३ कात्तिक । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा…

Read More

बिर्तामोड, ३ कात्तिक । झापाको बिर्तामोडमा सम्पन्न चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड वडा नम्बर १० ले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा बिहीबार भएको फाइनल खेलमा विर्तामोड वडा नम्बर ५ लाई २–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड–१० ले उपाधि उचालेको हो । उपाधि जितेसंगै बिर्तामोड १० ले नगद १ लाख, मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता बनेको बिर्तामोड–५ ले नगद ५० हजार, मेडल, ट्रफी तथा प्रमाण–पत्रमा चित्त बुझाएकोे छ । प्रतियोगिताको‘म्यान अफ दी सिरिज’को पुरस्कार बिर्तामोड १० का सौरभ लिम्बूले हात पारे । उनले ट्रफी र नगद १३ हजार १ सय पाए…

Read More

भद्रपुर, ३ कात्तिक । भद्रपुर कला साहित्य तथा संगीत प्रतिष्ठानको आयोजनामा चन्द्रगढीमा एक दिवसीय बृहद कविता गोष्ठी सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको सभापतित्व तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कोशी प्रदेशका अग्रज कविहरू सहभागी भइ गोष्ठी सम्पन्न गरिएको हो । गोष्ठीमा भद्रपुर नगरपालिका भित्र रहेका १० वटै वडाबाट छानिएर आएका बाल कविहरूले प्रतिष्पर्धात्मक कविता वाचन गरेका थिए भने नगरका, जिल्लाका र बाहिरी जिल्लाका दुई दर्जन बढी कविहरूले मन छुने कविता प्रस्तुत गरेका थिए । कवितामा देश दुखेको, सिमाना मिचिएको, परदेशिनु परेको पीडा, मृतृत्व भावको खोजी, पिताको दायित्व र राजनीतिको विकृतिमाथिको प्रहार जस्ता पक्षलाई शसक्त भाव…

Read More

दमक, ३ कात्तिक । झापाको दमक–५ स्थित सुकुम्बासी टोलबाट प्रहरीले चार जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । प्रहरीले बिहीबार दिउँसो दमक–५ का २४ वर्षीय समिर गजमेर, दमक–६ का २९ वर्षीय रोशल बुढाथोकी, दमक–५ का २४ वर्षीय रोशन माझी र इलामको चुलाचुली गाउँपालिका–४ का २३ वर्षीय सागर लिम्बुलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा शंका लागेर समिर गजमेरको घरको कोठामा रहेका उनीहरुलाई चेकजाँच गर्दा गर्दा ३ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More