
भद्रपुर, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र) भद्रपुरले आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
नेपालीहरुको महान चाड दशैं तथा आउँदै गरेको तिहार, गरुबाँसी, छठ, नेपाल सम्बत ११४४ को अवसरमा पार्टीले आज यहाँ शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सहइञ्चार्ज सावित्रीकुमार काफ्लेले चाडपर्वको सांस्कृति, वैज्ञानिक, धार्मिक महत्वका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले सबै रुपान्तरणमा लागेर विकास र समृद्धि ल्याउनु पर्नेमा जोड दिनु ।

त्यस्तै, कार्यक्रमका विशेष अतिथि गणेश पोखरेल धार्मिक संहिष्णुतासँगै राजनीतिक सहिष्णुता हुन जरुरी रहेकाले सबै पार्टी बीच सद्भाव हुनुपर्ने बताउनुभयो । कार्यक्रममा कांग्रेस भद्रपुर नगर सभापति राम कँडेल, नेकपा एमाले दीपक अग्रवाल, एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष पदम सुब्बा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पार्टीका झापा क्षेत्र नं. ३ का क्षेत्रीय इञ्चार्ज डिल्ली घिमिरे (हिक्मत), विभिन्न दलका प्रतिनिधि, पार्टी कार्यकर्ताको आतिथ्य एवम् उपस्थिति रहेको थियो ।

पार्टीका नगर अध्यक्ष शिवराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी जिल्ला सदस्य सीतादेवी न्यौपानेले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव हंसधर राजवंशीले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



